प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. २३ पृ. ६०-पृ. ६१ अनु. ५
  • येसु कफर्नहुममा ठूलठूला कामहरू गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु कफर्नहुममा ठूलठूला कामहरू गर्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • कफर्नहुममा अझ बढी चमत्कारहरू
    सबैभन्दा महान्‌ पुरुष
  • गालिलमा उहाँ आफ्नो सेवाको काम विस्तार गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • पाठकहरूका प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • येसु प्रेतले सताएको केटालाई निको पार्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. २३ पृ. ६०-पृ. ६१ अनु. ५
बिरामीहरू पत्रुसको घरमा जम्मा हुन्छन्‌ र येसु तिनीहरूलाई निको पार्नुहुन्छ

अध्याय २३

येसु कफर्नहुममा ठूलठूला कामहरू गर्नुहुन्छ

मत्ति ८:१४-१७ मर्कुस १:२१-३४ लुका ४:३१-४१

  • येसु प्रेतलाई धपाउनुहुन्छ

  • पत्रुसकी सासू निको हुन्छिन्‌

येसुले चार जना चेला—पत्रुस, अन्द्रियास, याकुब र युहन्‍नालाई मानिसहरूको जलारी हुन बोलाउनुभएको छ। अब उहाँहरू विश्रामदिनमा कफर्नहुमको एउटा सभाघरमा जानुहुन्छ। येसु सभाघरमा सिकाउनुहुन्छ र त्यहाँ पनि उहाँको सिकाउने तरिका देखेर मानिसहरू छक्क पर्छन्‌। उहाँ शास्त्रीहरूले जस्तो होइन तर अख्तियार पाएको व्यक्‍तिले जस्तो गरी सिकाउनुहुन्छ।

त्यहाँ प्रेतले सताएको एक जना मानिस पनि छ। त्यो मानिस यसो भन्दै चिच्याउँछ: “हे नासरी येसु, तपाईँको हामीसित के सरोकार? के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईँ परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!” त्यो मानिसलाई वशमा राखेको प्रेतलाई हप्काउँदै येसु यसो भन्‍नुहुन्छ: “चुप लाग्‌ र ऊबाट बाहिर निस्केर आइज!”—मर्कुस १:२४, २५.

त्यतिकैमा प्रेतले त्यो मानिसलाई अँठ्‌याएर भुइँमा पछार्छ र त्यो प्रेत चर्को स्वरमा चिच्याउँछ। अनि त्यस मानिसलाई “कुनै चोट नपुऱ्‍याई” त्यो बाहिर निस्कन्छ। (लुका ४:३५) यो देखेर सभाघरमा आएकाहरू तीनछक पर्छन्‌ र यसो भन्‍न थाल्छन्‌: “यो के हो? . . . उहाँले प्रेतहरूलाई समेत अख्तियार पाएको व्यक्‍तिले जस्तो आदेश दिनुहुन्छ र तिनीहरू उहाँले भनेको मान्दा रहेछन्‌।” (मर्कुस १:२७) उहाँले गर्नुभएको यो अचम्मको कामको चर्चा गालिलभरि फैलिन्छ।

त्यसपछि येसु र उहाँका चेलाहरू सभाघरबाट निस्केर सिमोन अर्थात्‌ पत्रुसको घरमा जानुहुन्छ। त्यहाँ पत्रुसकी सासू ज्वरोले थलिएकी छिन्‌। तिनीहरूले उनलाई निको पारिदिन येसुलाई बिन्ती गर्छन्‌। त्यसैले उहाँ गएर उनको हात समात्नुहुन्छ र उनलाई उठाउनुहुन्छ। तुरुन्तै उनी निको हुन्छिन्‌ अनि येसु र उहाँका चेलाहरूको सेवा गर्न थाल्छिन्‌; सायद उहाँहरूको लागि खाना पकाउँछिन्‌।

साँझ घाम डुबिसकेपछि चारैतिरका मानिसहरू बिरामीहरूलाई लिएर पत्रुसको घरमा आउँछन्‌। पूरै सहर घरको ढोकामा जम्मा हुन्छ। किन? सबै मानिस निको हुन चाहन्छन्‌। वास्तवमा ‘मानिसहरूले विभिन्‍न किसिमका रोगले ग्रस्त बिरामीहरूलाई उहाँकहाँ ल्याउँछन्‌। उहाँले तिनीहरू हरेकमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्नुहुन्छ।’ (लुका ४:४०) हो, तिनीहरूलाई जस्तोसुकै रोगले सताएको भए तापनि भविष्यवाणी गरिएझैँ उहाँ तिनीहरूलाई निको पार्नुहुन्छ। (यसैया ५३:४) प्रेतले सताएका मानिसहरूलाई समेत उहाँ निको पार्नुहुन्छ। प्रेतहरू बाहिर निस्कँदा तिनीहरू यसो भनेर चिच्याउँछन्‌: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ।” (लुका ४:४१) तर येसु तिनीहरूलाई हप्काउनुहुन्छ र बोल्न दिनुहुन्‍न। तिनीहरूलाई येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर थाह छ तर तिनीहरूले साँचो परमेश्‍वरको सेवा गरेको ढोँग रचेको उहाँ चाहनुहुन्‍न।

प्रेतहरूले सताउँदा

कुनै मानिसलाई प्रेत वा प्रेतहरूले सताउँदा धेरै गाह्रो हुन सक्छ। (मत्ति १७:१४-१८) तर प्रेतहरूबाट मुक्‍त भएपछि उक्‍त मानिस मानसिक र शारीरिक रूपमा सामान्य अवस्थामा फर्कन्छ। परमेश्‍वरको पवित्र शक्‍तिको मदतले प्रेतहरूलाई पटक-पटक धपाएर येसुले तिनीहरूमाथि आफ्नो शक्‍ति देखाउनुभयो।—लुका ८:३९; ११:२०.

  • विश्रामदिनमा कफर्नहुमको सभाघरमा के हुन्छ?

  • सभाघरबाट निस्केर येसु कहाँ जानुहुन्छ र त्यहाँ उहाँ के गर्नुहुन्छ?

  • येसुले गर्नुभएका कामहरूबारे थाह पाएपछि मानिसहरू के गर्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने