प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ५१
  • जन्मोत्सवको भोजमा हत्या

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जन्मोत्सवको भोजमा हत्या
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • जन्मोत्सवको भोजमा हत्या
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • जन्मदिनको भोजमा हत्या
    येसु—बाटो, सत्य र जीवन
  • के सबै भोजले परमेश्‍वरलाई खुसी बनाउँछ?
    महान्‌ शिक्षकबाट सिकौं
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ५१

अध्याय ५१

जन्मोत्सवको भोजमा हत्या

आफ्ना प्रेषितहरूलाई उपदेश दिइसकेपछि येशूले तिनीहरूलाई प्रचार गर्ने इलाकामा दुई-दुई जना गर्दै पठाउनुहुन्छ। हुन सक्छ, दाजुभाइ पर्ने पत्रुस र अन्द्रियास एकसाथ गए होलान्‌। साथै याकूब र यूहन्‍ना, फिलिप र बारथोलोमाइ, थोमा र मत्ती, याकूब र थेदियस अनि सिमोन र यहूदा इस्करियोत सँगै गए होलान्‌। सुसमाचार प्रचारकहरूका यी ६ जोडी सबैतिर राज्यको सुसमाचार प्रचार गर्दै र चमत्कारहरूद्वारा मानिसहरूलाई निको पार्दै हिंड्‌छन्‌।

यतिन्जेल, बप्तिस्मा गराउने यूहन्‍ना झ्यालखानामै छन्‌। तिनी त्यहाँ करिब दुई वर्षदेखि छन्‌। हेरोद एन्टिपासले आफ्नै भाइकी पत्नी राख्नु गलत हो भनेर यूहन्‍नाले सबैका सामुन्‍ने घोषणा गरेको तपाईंलाई यादै होला। हेरोद एन्टिपासले मोशाको व्यवस्थानुसार हिंड्‌ने दाबी गरेकोले यूहन्‍नाले यो अनुचित सम्बन्धको पर्दाफास गर्नु उचित थियो। त्यसो गरेकोमा सायद हेरोदियासको लहलहैमा लागेर हेरोदले यूहन्‍नालाई झ्यालखानामा हाल्न लगाए।

यूहन्‍ना परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिस हुन्‌ भनी हेरोदलाई थाह छ। उनले यूहन्‍नाका कुराहरू खुसीसाथ सुन्‍ने पनि गर्छन्‌। यसैकारण, तिनलाई के गर्ने हो भनी हेरोद अन्योलमा परेका छन्‌। तर हेरोदियासले यूहन्‍नालाई घृणा गर्छे र तिनको हत्या गर्ने मौका खोजी रहन्छे। आखिरमा जुन मौका ऊ पर्खिरहेकी छे, त्यो मौका आउँछ।

इस्वी संवत्‌ ३२ सालको निस्तार-चाडको केही समयअघि आफ्नो जन्मोत्सव मनाउन हेरोदले एउटा विशाल भोज आयोजना गर्छन्‌। यस भोजमा हेरोदका सबै उच्च पदाधिकारीहरू, सेनापतिहरू र गालीलका गण्यमान्यहरू भेला भएका छन्‌। जसै रात छिप्पिंदै जान्छ, हेरोदियासको प्रथम पति, फिलिपबाट जन्मेकी तरुणी छोरी सलोमीलाई पाहुनाहरूका सामुन्‍ने नाच्न बोलाइन्छ। त्यहाँ उपस्थित पुरुषहरू सलोमीको मन लोभ्याउने नाच हेरेर मोहित हुन्छन्‌।

हेरोद पनि सलोमीसँग अति नै खुसी हुन्छन्‌। “तिमीलाई जे इच्छा लाग्छ, मसित माग र त्यो म तिमीलाई दिनेछु” भन्दै हेरोदले सबैका अगाडि घोषणा गर्छन्‌। तिनले कसमसमेत खाँदै यसो भन्छन्‌: “तिमीले मसित जे मागे पनि म तिमीलाई दिनेछु, मेरो आधै राज्यसमेत।”

जवाफ दिनुभन्दा अघि सलोमी बाहिर आफ्नी आमासँग साउती गर्न जान्छे। “म के मागूँ?” भनेर आमासित सोध्छे।

मौका बल्ल आयो! हेरोदियासले नहिचकिचाइकन भन्छे: “बप्तिस्मा गराउने यूहन्‍नाको टाउको।”

तुरुन्तै सलोमी हेरोदकहाँ फर्केर आउँछे र बिन्ती गर्छे: “बप्तिस्मा गराउने यूहन्‍नाको टाउको एउटा किस्तीमा राखेर मलाई अहिल्यै दिनुहोस्‌ भन्‍ने मेरो इच्छा छ।”

हेरोद धेरै नै दुःखी हुन्छन्‌। तर आफूले कसम खाएको सबै पाहुनाले सुनेको हुनाकारण दिएको वचन पूरा नगरेमा आफ्नै अपमान होला भनेर उनी डराउँछन्‌। निर्दोष मानिसको हत्या गर्नु परे तापनि उनले आफ्नो वचन पूरा गर्ने फैसला गर्छन्‌। तुरुन्तै उनको त्यो भयानक आदेश पूरा गर्न एक जना मानिसलाई झ्यालखानामा पठाइन्छ। केही समयपछि नै त्यो मानिस बप्तिस्मा गराउने यूहन्‍नाको टाउको किस्तीमा लिएर फर्कन्छ र उसले त्यो सलोमीलाई दिन्छ। सलोमीले फेरि त्यो लगेर आफ्नी आमालाई दिन्छे। यूहन्‍नाका चेलाहरूले यसबारे समाचार पाएपछि तिनीहरू आएर यूहन्‍नाको लास लगेर गाडिदिन्छन्‌ र यसबारे येशूलाई खबर दिन्छन्‌।

केही समयपछि, येशूले मानिसहरूलाई निको पार्नुभएको र दुष्ट स्वर्गदूतहरू धपाउनुभएको समाचार सुनेर हेरोद भयभीत हुन्छन्‌। उनले येशूलाई फेरि ब्यूँतेर आएका यूहन्‍ना भन्ठान्छन्‌। त्यसपछि उनले येशूलाई हेर्ने ठूलो इच्छा गर्छन्‌। येशूले प्रचार गर्नुभएको समाचार सुन्‍नलाई होइन तर आफ्नो डर आधारहीन हो वा होइन भनी निश्‍चित गर्न। मत्ती १०:१-५; ११:१; १४:१-१२; मर्कूस ६:१४-२९; लूका ९:७-९.

▪ यूहन्‍ना झ्यालखानाभित्र किन छन्‌ र हेरोदले तिनलाई किन मार्न चाहँदैनन्‌?

▪ अन्तमा हेरोदियासले यूहन्‍नालाई मार्न लाउने मौका कसरी पाउँछे?

▪ यूहन्‍नाको मृत्युपश्‍चात हेरोद येशूसँग किन भेट्‌न चाहन्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने