प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt chap. १०१
  • बेथानीमा सिमोनको घरमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बेथानीमा सिमोनको घरमा
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • बेथानिमा सिमोनको घरमा खाना खानुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येसु लाजरसलाई जीवित पार्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येशूले मनाउनुहुने अन्तिम निस्तार-चाड नजिक छ
    सबैभन्दा महान्‌ पुरुष
  • येशूले पृथ्वीमा बिताउनुभएका अन्तिम दिनहरू फेरि सम्झने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt chap. १०१

अध्याय १०१

बेथानीमा सिमोनको घरमा

यरिहो छाडेपछि येशू बेथानीतर्फ लाग्नुहुन्छ। उन्‍नाइस किलोमिटर उकालो र अप्ठ्यारो बाटो भएकोले त्यहाँ पुग्न दिनभरि लाग्छ। यरिहो समुद्री सतहभन्दा २५० मिटरमुनि छ र बेथानीचाहिं समुद्री सतहदेखि करिब ७६० मिटरको उचाइमा छ। तपाईंलाई सम्झना होला कि लाजरस र उसकी दिदीहरूको घर बेथानीमै छ। यो सानो गाउँ यरूशलेमदेखि करिब ३ किलोमिटर टाढा, जैतुन डाँडाको पूर्वपट्टिको भीरमा बसालिएको छ।

निस्तार-चाडका निम्ति धेरै मानिसहरू यरूशलेममा आइसकेका छन्‌। आफूलाई विधिपूर्वक शुद्ध पार्न भनी तिनीहरू अलि पहिले नै आएका हुन्‌। सायद तिनीहरूले मुर्दा छोएका होलान्‌ अथवा अशुद्ध हुने कुनै काम गरेका होलान्‌। यसैकारण निस्तार-चाड ग्रहणयोग्य ढङ्‌गमा मनाउन शुद्ध पार्ने सबै प्रक्रियाहरू पालन गर्दै आफूलाई शुद्ध पार्छन्‌। जसै यी पहिले आउनेहरू मन्दिरमा जम्मा हुन्छन्‌, निस्तार-चाड मनाउन येशू आउनु हुन्छ कि हुन्‍न भनी धेरैले अड्‌कल काट्‌छन्‌।

येशूबारे सबैभन्दा विवाद हुने ठाउँ नै यरूशलेम हो। धर्म-गुरुहरू येशूलाई पक्रेर मार्न चाहन्छन्‌ भन्‍ने कुरा सबैलाई थाह छ। यथार्थमा येशू कहाँ हुनुहुन्छ भनेर पत्ता लगाउ नेले धर्म-गुरुहरूलाई खबर गर्नू भनी तिनीहरूले आदेश दिएका छन्‌। झुप्रोबासको चाड, समर्पणको चाड र लाजरसको पुनर्जीवनलगायत — जम्मा तीन पटक हालै यी नेताहरूले उहाँलाई मार्ने प्रयास गरिसकेका छन्‌। त्यसैकारण फेरि पनि के येशू बाहिर आम रूपमा देखा पर्नुहोला र? भनी मानिसहरू सोचमा परेका छन्‌। तिनीहरू एक अर्कालाई सोध्छन्‌: “तिमीहरूलाई कस्तो लाग्छ?”

यसै बेला अर्थात्‌ यहूदीहरूको तिथिपात्रअनुसार नीसान १४ मा पर्ने निस्तार-चाडभन्दा ६ दिनअघि नै येशू बेथानीमा आइपुग्नुहुन्छ। येशू बेथानीमा शुक्रबारको साँझतिर आइपुग्नुहुन्छ अर्थात्‌ नीसान ८ को सुरुमै। उहाँ बेथानीमा शनिबार आइपुग्नुभएन होला किनभने यहूदीहरूको नियमअनुसार विश्राम-दिनमा अर्थात्‌ शुक्रबारको सूर्यास्त पछिदेखि शनिबारको सूर्यास्तसम्म यात्रा गर्नु हुँदैन। पहिलेजस्तै यस पटक पनि येशू सायद लाजरसकै घरमा जानुहुन्छ र शुक्रबारको रात त्यहीं बिताउनुहुन्छ।

तथापि शनिबार बेलुकीको भोजनका लागि बेथानीका एक जना अर्को बासिन्दाले येशू र उहाँका साथीहरूलाई निम्तो दिन्छन्‌। उनी सायद सिमोन भन्‍ने पहिलेका कुष्ठरोगी हुन्‌ जसलाई येशूले निको पार्नुभएको थियो। जाँगरिलो स्वभावकी मार्था अतिथिहरूका सेवामा व्यस्त छिन्‌। तर मरियमचाहिं यस पटक विवाद उठाउने ढङ्‌गबाट येशूको खातिरदारी गरिरहेकी छन्‌।

मरियम सङ्‌गमरमरको भाँडो खोल्छिन्‌, जसमा आधा किलो जति “सुगन्धित जटामसीको” तेल अट्‌छ। यो तेल साह्रै किम्मती छ। वास्तवमा यसको मोल एक वर्षको ज्याला बराबर छ! मरियमले सो तेल येशूको शिर र पाउमा हाल्छिन्‌ र आफ्नो केशले उहाँका पाउ पुछ्‌दा सारा घर मगमग बास्नाले भरिन्छ।

चेलाहरू रिसाउँछन्‌ र सोध्छन्‌: “किन यत्रो नोक्सानी?” अनि यहूदा इस्करियोत भन्छन्‌: “यो सुगन्धित तेल तीन सय दिनारमा बेचेर गरिबहरूलाई किन दिइएन?” तर यहूदा गरिबहरूको ख्याल राख्ने खालका मानिस होइनन किनकि चेलाहरूले राख्ने पैसाको कन्तुरबाट उनी चोर्ने गर्थे।

येशू मरियमको पक्ष लिनुहुन्छ। उहाँ यसरी आदेश दिनुहुन्छ, “तिमीहरू किन यस स्त्रीलाई दुःख दिन खोज्छौ? किनकि उसले मेरो लागि असल काम गरेकी छे। गरिबहरू त तिमीहरूसित सधैंभरि हुन्छन्‌ तर म तिमीहरूसित सधैंभरि हुँदिनँ। किनकि यस स्त्रीले मेरो शरीरमा यो सुगन्धित तेल लगाइदिएर मेरो मृत्युपछि मलाई गाड्‌न तयारी गरेकी हो। म तिमीहरूलाई साँचो-साँचो भन्छु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ-त्यहाँ यस स्त्रीले गरेकी कुरा पनि उसको सम्झनामा सुनाइनेछ।”

येशूले बेथानीमा २४ घण्टाभन्दा बढी समय बिताइसक्नुभएको छ र उहाँ त्यहाँ हुनुहुन्छ भन्‍ने समाचार चारैतिर फैलिन्छ। त्यसकारण येशूलाई हेर्न धेरै जना सिमोनका घरमा आउँछन्‌ तर त्यहाँ उपस्थित धेरै जना लाजरसलाई हेर्न पनि आउँछन्‌। अतः मुख्य पुजारीहरू येशूलाई मात्र नभएर लाजरसलाई समेत मार्ने सल्लाह गर्छन्‌ किनभने मरेको मानिसलाई ब्यूँताएको देखेर पनि मानिसहरूले येशूमाथि विश्‍वास गर्न थालेका छन्‌! साँच्चै नै, यी धर्म-गुरुहरू कत्ति दुष्ट छन्‌! यूहन्‍ना ११:५५–१२:११; मत्ती २६:६-१३; मर्कूस १४:३-९; प्रेषित १:१२.

▪ यरूशलेमको मन्दिरमा के छलफल चलिरहेको छ र किन?

▪ बेथानीमा येशू शनिबारको सट्टा शुक्रबारका दिन किन आइपुग्नुभएको हुनुपर्छ?

▪ येशू बेथानी आइपुगेपछि विश्राम-दिन सम्भवतः कहाँ बिताउनुहुन्छ?

▪ मरियमको कुनचाहिं कामले विवाद खडा गर्छ र येशूले कसरी तिनको पक्ष लिनुहुन्छ?

▪ मुख्य पुजारीहरूको महा-दुष्टता कसरी देखिन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने