प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ८६ p. २००-p. २०१ par. १
  • येसु लाजरसलाई जीवित पार्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु लाजरसलाई जीवित पार्नुहुन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • मरेपछि हामीलाई के हुन्छ?
    महान्‌ शिक्षकबाट सिकौं
  • “मैले विश्‍वास गरेकी छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ”
    येसु—बाटो, सत्य र जीवन
  • मरिसकेकाहरूका लागि आशा—पुनर्जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ८६ p. २००-p. २०१ par. १
फेरि जीवित भएका लाजरस र तिनका दिदीहरू मरियम र मार्था

पाठ ८६

येसु लाजरसलाई जीवित पार्नुहुन्छ

येसुका तीन जना मिल्ने साथीहरू थिए र तिनीहरू बेथानीमा बस्थे। तिनीहरू लाजरस र तिनका दिदीहरू मरियम र मार्था थिए। एकदिन येसु यर्दन नदीको पारिपट्टि हुनुहुँदा मरियम र मार्थाले उहाँलाई यस्तो जरुरी खबर पठाए: ‘लाजरस धेरै बिरामी छ। कृपया, चाँडै आउनुहोस्‌!’ तर येसु खबर पाउनेबित्तिकै आउनुभएन। उहाँले अझै दुई दिन पर्खनुभयो। त्यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो: ‘आओ, हामी बेथानी जाऔँ। लाजरस सुतिरहेका छन्‌। म तिनलाई ब्युँझाउन जाँदै छु।’ प्रेषितहरूले भने: ‘लाजरस सुतिरहेका छन्‌ भने त ठीक हुन्छन्‌ होला।’ तब येसुले तिनीहरूलाई सीधै भन्‍नुभयो: “लाजरस मरिसकेका छन्‌।”

येसु बेथानी पुग्नुहुँदा लाजरसको मृत्यु भएको चार दिन भइसकेको थियो। धेरै मानिस मार्था र मरियमलाई सान्त्वना दिन आएका थिए। येसु आउनुभएको छ भनेर सुनेपछि मार्था दौडेर उहाँलाई भेट्‌न गइन्‌। तिनले भनिन्‌: “हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” येसुले तिनलाई भन्‍नुभयो: ‘तिम्रो भाइ फेरि जीवित हुनेछ। मार्था के तिमी यो कुरामा विश्‍वास गर्छ्यौ?’ तिनले भनिन्‌: ‘ऊ फेरि ब्युँतनेछ भनेर म विश्‍वास गर्छु।’ येसुले तिनलाई भन्‍नुभयो: “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ।”

तब मार्थाले मरियमकहाँ गएर भनिन्‌: ‘येसु आउनुभएको छ।’ मरियम दौडेर येसुकहाँ गइन्‌ र मानिसहरू पनि उनको पछिपछि लागे। उनी येसुको पाउमा घोप्टो परिन्‌ र रोइरहिन्‌। उनले भनिन्‌: ‘प्रभु, तपाईँ यहाँ हुनुभएको भए हाम्रो भाइ जीवितै हुने थियो!’ उनी दुःखी भएको देखेर येसु पनि रुन थाल्नुभयो। उहाँ रुनुभएको देखेर मानिसहरूले भने: ‘येसु लाजरसलाई कत्ति माया गर्नुहुँदो रहेछ।’ तर कोही-कोहीले यस्तो सोचे: ‘उसले आफ्नो साथीलाई चाहिँ किन बचाएन त?’ अब येसुले के गर्नुहुने थियो?

येसु चिहाननजिकै जानुभयो, जसको मुखमा ठूलो ढुङ्‌गा राखिएको थियो। उहाँले यस्तो आदेश दिनुभयो: “ढुङ्‌गा हटाओ।” मार्थाले भनिन्‌: ‘प्रभु, चार दिन भइसक्यो! अब त गन्हाउन थालिसक्यो होला।’ तैपनि तिनीहरूले ढुङ्‌गा हटाए र येसुले यसरी प्रार्थना गर्नुभयो: ‘हे बुबा, मेरो प्रार्थना सुन्‍नुभएकोमा धन्यवाद छ। मलाई थाह छ, तपाईँ सधैँ मेरो प्रार्थना सुन्‍नुहुन्छ तर यी मानिसहरूले तपाईँले नै मलाई पठाउनुभएको हो भनेर विश्‍वास गर्न सकून्‌ भनेर मैले ठूलो स्वरमा बोलेको हुँ।’ त्यसपछि उहाँले ठूलो स्वरमा भन्‍नुभयो: “ए लाजरस, बाहिर आऊ!” अनि एउटा अचम्मलाग्दो कुरा भयो: लाजरस तिनको हातखुट्टा कपडाले बेरिएकै अवस्थामा चिहानबाट निस्केर आए। येसुले भन्‍नुभयो: “उसलाई फुकाइदेओ र जान देओ।”

यो देखेका धेरैले येसुमाथि विश्‍वास गरे। तर केहीले फरिसीहरूकहाँ गएर सबै कुरा बताइदिए। त्यस दिनदेखि उसो फरिसीहरूले लाजरस र येसुलाई मार्न खोजे। बाह्र प्रेषितमध्ये एक जना यहुदा इस्करियोतले सुटुक्क फरिसीहरूकहाँ गएर भने: ‘मैले येसुलाई पक्रिन तपाईँहरूलाई मदत गरेँ भने तपाईँहरू मलाई कति पैसा दिनुहुन्छ?’ तिनीहरूले ३० टुक्रा चाँदी दिने वाचा गरे। त्यतिबेलादेखि यहुदाले येसुलाई फरिसीहरूको हातमा सुम्पिने मौका खोज्न थाले।

“साँचो परमेश्‍वर हामीलाई छुटकारा दिनुहुने परमेश्‍वर हुनुहुन्छ; ब्रह्‍माण्डका मालिक यहोवाले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।”—भजन ६८:२०

प्रश्‍नहरू: लाजरस कसरी फेरि जीवित भए, बताऊ। लाजरसबारे सुनेपछि फरिसीहरूले के गर्न खोजे?

मत्ति २६:१४-१६; युहन्‍ना ११:१-५३; १२:१०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने