प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt chap. १०३
  • मन्दिरमा फेरि जानुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मन्दिरमा फेरि जानुहुन्छ
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • मन्दिरलाई फेरि शुद्ध पार्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • “बेला आइपुगेको छ!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येशूले पृथ्वीमा बिताउनुभएका अन्तिम दिनहरू फेरि सम्झने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • येसु मन्दिर सफा गर्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt chap. १०३

अध्याय १०३

मन्दिरमा फेरि जानुहुन्छ

यरिहोबाट आएदेखि येशूले आफ्ना चेलाहरूका साथ बेथानीमा तीन रात बिताइसक्नुभएको छ। अब सोमबार बिहान नीसान १० को मिरमिरे उज्यालोमा उहाँहरू यरूशलेमतर्फ लाग्नुहुन्छ। येशू भोकै हुनुहुन्छ। त्यसकारण पात पलाएको एउटा अन्जीरको रूख देखेर कतै त्यसमा केही फल पाइन्छ कि भनेर त्यसको नजिक जानुहुन्छ।

रूखमा मौसमभन्दा पहिले नै पात पलाएको छ। अन्जीर फल्ने समय जून महिनादेखि हो। तर अहिले मार्च महिनाको अन्त मात्र हो। तथापि पातहरू पहिले नै पलाएकोले सम्भवतः फल पनि होला कि भनी येशू ठान्‍नुहुन्छ। तर उहाँ निराश हुनुहुन्छ। पातहरूको कारण रूखले एउटा छली रूप धारण गरेको छ। तब येशूले यसो भन्दै त्यस रूखलाई सराप दिनुहुन्छ: “तेरो फल अबदेखि कसैले कहिल्यै खान नपाओस्‌।” येशूको त्यस कार्यको परिणाम र महत्त्व भोलिपल्ट बिहान थाह हुन्छ।

येशू आफ्ना चेलाहरूका साथ अगाडि बढ्‌दै चाँडै यरूशलेम पुग्नुहुन्छ। उहाँ मन्दिरमा जानुहुन्छ जसको निरीक्षण उहाँले हिजो दिउँसो गर्नुभएको थियो। तथापि तीन वर्षअघि इस्वी संवत्‌ ३० मा निस्तार-चाडका लागि आएको बेलामा गरेझैं यस पटक पनि उहाँ कारबाही गर्नुहुन्छ। मन्दिरमा बेच्ने र किन्‍नेहरूलाई येशूले बाहिर निकालिदिनुहुन्छ र पैसा साट्‌नेहरूका टेबुलहरू र ढुकुर बेच्नेहरूका बेन्च पल्टाइदिनुहुन्छ। उहाँ कसैलाई कुनै भाँडाकुँडा बोकेर मन्दिरको बाटो भएर जानसमेत दिनुहुन्‍न।

मन्दिरमा पैसा साट्‌नेहरू र जनावर बेच्नेहरूको निन्दा गर्दै उहाँ भन्‍नुहुन्छ: “ ‘मेरो घर सबै जातिका लागि प्रार्थनाको घर कहलाइनेछ’ भनेर के धर्मशास्त्रमा लेखिएको छैन र? तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।” तिनीहरू डाँकु हुन्‌ किनभने मन्दिरमा चढाउन चाहिने जनावर किन्‍न बाध्य हुनेहरूलाई तिनीहरू अचाक्ली बढी मोल माग्छन्‌। त्यसकारण येशू यसप्रकारको व्यापारलाई एक प्रकारले मानिसहरूलाई धुतेको अथवा तिनीहरूमाथि डाँका गरेसरह ठान्‍नुहुन्छ।

मुख्य पुजारीहरू, शास्त्रीहरू अनि जनताका मुख्य-मुख्य मानिसहरूले येशूले गर्नुभएका कुरा सुनेपछि उहाँलाई मार्ने उपाय फेरि खोज्छन्‌। यसप्रकार तिनीहरू सुधार्न नसकिने खालका छन्‌ भनी तिनीहरू स्वयम्‌ साक्षी दिन्छन्‌। तर पनि येशूलाई कसरी मार्ने भनी जान्दैनन्‌ किनकि उहाँको कुरा सुन्‍न सारा भीडले चारैतिरबाट उहाँलाई घेरिरहेका छन्‌।

निस्तार-चाड मनाउन यहूदीहरूबाहेक अन्यजातिका मानिसहरू पनि आएका छन्‌। यिनीहरू धर्म परिवर्तन गरेर यहूदी मत स्वीकार्नेहरू हुन्‌। धर्म परिवर्तन गरेका ग्रीकहरू फिलिपकहाँ गएर येशूलाई भेट्‌ने इच्छा प्रकट गर्छन्‌। यसप्रकारको भेट उचित होला र? यो सोध्न फिलिप सायद अन्द्रियासकहाँ जान्छन्‌। येशू अहिलेसम्म मन्दिरमै हुनुहुन्छ जस्तो छ, जहाँ ग्रीकहरूले उहाँलाई देख्न सक्छन्‌।

अब आफू थोरै दिन मात्र बाँच्ने कुरा येशूलाई थाह छ। अतः उहाँ आफ्नो स्थितिलाई राम्रोसँग दृष्टान्तद्वारा बताउनुहुन्छ: “मानिसको छोरा गौरवान्वित हुने बेला आइपुगेको छ। तिमीहरूलाई म साँच्चै भन्छु, जमिनमा खसेर नमरुन्जेल गहुँको एउटा गेडा एउटै मात्र रहन्छ; तर त्यो मऱ्‍यो भने त्यसले धेरै फल फलाउँछ।”

गहुँको एउटा गेडाको मोल धेरै कम हुन्छ। त्यसलाई माटोमा हालेपछि बीउको रूपमा त्यसको जीवन अन्त हुन्छ, त्यो मर्छ। तापनि यसपछि त्यसलाई के हुन्छ? त्यो फेरि पलाउँछ र समयमा मूल डाँठ भएर बढ्‌छ, जसबाट गहुँका धेरै गेडा पैदा हुन्छन्‌। त्यसै प्रकार येशू एक जना त्रुटिरहित पुरुष हुनुहुन्छ। तर उहाँ परमेश्‍वरप्रति विश्‍वासी भएर मर्नुभयो भने उहाँजस्तै आत्म-त्यागको भावना भएका विश्‍वासीहरूलाई अनन्त जीवन दिने उहाँ माध्यम हुनुहुनेछ। त्यसकारण येशू भन्‍नुहुन्छ: “जसले आफ्नो ज्यानलाई प्यारो ठान्छ, उसले त्यो नाश गर्छ तर जसले यस संसारमा आफ्नो ज्यानलाई घृणा गर्छ, उसले अनन्त जीवनको लागि त्यसको रक्षा गर्नेछ।”

निश्‍चय पनि येशू आफूबारे मात्र सोचिरहनुभएको छैन किनकि उहाँ अझै भन्‍नुहुन्छ: “यदि कोही मेरो सेवा गर्न चाहन्छ भने ऊ मेरो पछि लागोस्‌ अनि म जहाँ हुन्छु, मेरो सेवक पनि त्यहीं हुनेछ। यदि कोही मेरो सेवा गर्न चाहन्छ भने मेरो बुबाले उसको आदर गर्नुहुनेछ।” येशूको पछि लाग्ने र उहाँको सेवा गर्नेहरूका लागि कत्रो महान्‌ इनाम! राज्यमा ख्रीष्टसँग सम्मिलित हुन पाउने त्यो प्रतिष्ठा बुबाबाट पाइने इनाम हो।

आफूमाथि आइपर्ने दुःखद र कष्टकर मृत्युबारे सम्झेर येशू अगाडि भन्‍नुहुन्छ: “अब म विचलित भएको छु, त्यसैले म के भनूँ? हे बुबा, यस घडीबाट मलाई जोगाउनुहोस्‌।” आफूमाथि आइपर्ने कुरा टार्न सकिए पनि हुन्थ्यो! तर यसो गर्न सकिंदैन किनकि उहाँ भन्‍नुहुन्छ: “यसैको लागि म यस घडीसम्म आइपुगेको हुँ।” आफ्नो बलिदानरूपी मृत्युलयायत परमेश्‍वरको सारा प्रबन्धमा पनि येशूको सहमति छ। मत्ती २१:१२, १३, १८, १९; मर्कूस ११:१२-१८; लूका १९:४५-४८; यूहन्‍ना १२:२०-२७.

▪ बेलै नहुँदा येशूले अन्जीरको फलको आशा किन गर्नुहुन्छ?

▪ मन्दिरमा सामान बेच्नेहरूलाई येशूले “डाँकुहरू” किन भन्‍नुहुन्छ?

▪ येशू कुन प्रकारले मरेर जाने गहुँको एउटा गेडाजस्तै हुनुहुन्छ?

▪ आफूमाथि आउने दुःख र मृत्युबारे येशूलाई कस्तो लाग्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने