प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ७६ p. १८०-p. १८१ par. २
  • येसु मन्दिर सफा गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु मन्दिर सफा गर्नुहुन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशू मन्दिर सफा बनाउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येसु साँचो उपासनाको लागि जोस देखाउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • यहोवाको उपासनाका लागि जोस
    सबैभन्दा महान्‌ पुरुष
  • मन्दिरलाई फेरि शुद्ध पार्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ७६ p. १८०-p. १८१ par. २
कोर्रा चलाएर येसु मन्दिरबाट भेडा र गाईवस्तु लघार्नुहुन्छ अनि पैसा साट्‌नेहरूको टेबुल पल्टाइदिनुहुन्छ

पाठ ७६

येसु मन्दिर सफा गर्नुहुन्छ

इस्वी संवत्‌ ३० को वसन्त ऋतुमा येसु यरुसलेम जानुभयो। निस्तार चाड मनाउन त्यहाँ धेरै मानिस आएका थिए। निस्तार चाडमा मानिसहरू पशुहरू बलि चढाउने गर्थे। कसैले पशुहरू आफूसँगै ल्याउने गर्थे भने कसैले यरुसलेममै किन्‍ने गर्थे।

येसु मन्दिरभित्र जानुहुँदा मानिसहरूले पशुहरू बेचिरहेको देख्नुभयो। यहोवा परमेश्‍वरको उपासना गर्ने ठाउँमै तिनीहरूले व्यापार गरिरहेका थिए! त्यो देखेर येसु एकदमै रिसाउनुभयो। उहाँले डोरीको कोर्रा बनाएर भेडा र गाईवस्तुलाई मन्दिरबाट लघार्नुभयो। उहाँले पैसा साट्‌नेहरूको सिक्का छरपस्ट पारिदिनुभयो र तिनीहरूको टेबुल पल्टाइदिनुभयो। ढुकुर बेचिरहेकाहरूलाई यसो भन्‍नुभयो: “यी सब यहाँबाट लगिहाल! मेरो बुबाको घरलाई व्यापारको थलो बनाउन छोड!”

यो देखेर मन्दिरमा भएका मानिसहरू छक्क परे। तर उहाँका चेलाहरूले मसीहबारे गरिएको यो भविष्यवाणी सम्झे: ‘यहोवाको घरको लागि म जोसले भरिनेछु।’

पछि इस्वी संवत्‌ ३३ मा येसुले दोस्रो चोटि मन्दिर सफा गर्नुभयो। उहाँले कसैलाई पनि आफ्नो बुबाको घरको अनादर हुने काम गर्न दिनुहुने थिएन।

“तिमीहरू परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ।”—लुका १६:१३

प्रश्‍नहरू: मानिसहरूले मन्दिरमा पशुहरू बेचिरहेको देखेपछि येसुले के गर्नुभयो? येसुले किन त्यसो गर्नुभयो?

मत्ति २१:१२, १३; मर्कुस ११:१५-१७; लुका १९:४५, ४६; युहन्‍ना २:१३-१७; भजन ६९:९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने