प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq lesson ६ pp. १२-१३
  • परमेश्‍वरको राज्य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्य के हो?
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरको राज्य के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरको राज्य के हो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq lesson ६ pp. १२-१३

पाठ ६

परमेश्‍वरको राज्य के हो?

परमेश्‍वरको राज्य कहाँ छ? (१)

त्यो राज्यको राजा को हुनुहुन्छ? (२)

के राजासँगै शासन गर्ने अरू व्यक्‍तिहरू पनि छन्‌? छन्‌ भने, कति? (३)

हामी आखिरी दिनमा बाँचिरहेका छौं भनेर कुन कुराले देखाउँछ? (४)

परमेश्‍वरको राज्यले भविष्यमा मानिसजातिका लागि के गर्नेछ? (५-७)

१. पृथ्वीमा हुनुहुँदा येशूले आफ्ना अनुयायीहरूलाई परमेश्‍वरको राज्यका लागि प्रार्थना गर्न सिकाउनुभयो। राज्य भनेको राजाको नेतृत्वमा चल्ने सरकार हो। परमेश्‍वरको राज्य एउटा विशेष सरकार हो। स्वर्गमा बसालिएको त्यो राज्यले पृथ्वीमा शासन गर्नेछ। त्यसले परमेश्‍वरको नाउँलाई शुद्ध वा पवित्र पार्नेछ। त्यसले स्वर्गमा जस्तै पृथ्वीमा पनि परमेश्‍वरको इच्छा पूरा गर्नेछ।—मत्ती ६:९, १०.

२. परमेश्‍वर आफैले येशू उहाँको राज्यको राजा हुनुहुनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो। (लूका १:३०-३३) पृथ्वीमा हुनुहुँदा येशूले दयालु, न्यायी र सिद्ध राजामा हुनुपर्ने खुबी प्रमाणित गरेर देखाउनुभयो। तर स्वर्ग जाने बित्तिकै उहाँ परमेश्‍वरको राज्यको राजा हुनुभएन। (हिब्रू १०:१२, १३) सन्‌ १९१४ पुगेपछि मात्र यहोवाले येशूलाई आफ्नो प्रतिज्ञाबमोजिम अख्तियार दिनुभयो। त्यस उप्रान्त यहोवाद्वारा नियुक्‍त राजाको हैसियतमा येशू स्वर्गमा शासन गर्दै हुनुहुन्छ।—दानियल ७:१३, १४.

३. यहोवाले स्वर्गमा लैजान पृथ्वीबाट केही विश्‍वासी पुरुष तथा स्त्रीहरूलाई पनि छान्‍नुभएको छ। तिनीहरूले येशूसँगै मानिसजातिको राजा, न्यायकर्ता र पूजाहारीको हैसियतमा शासन गर्नेछन्‌। (लूका २२:२८-३०; प्रकाश ५:९, १०) आफ्नो राज्यका यी सहशासकहरूलाई येशूले “सानो बगाल” भन्‍ने नाउँ दिनुभयो। तिनीहरू १,४४,००० जना छन्‌।—लूका १२:३२; प्रकाश १४:१-३.

४. राजा हुने बित्तिकै येशूले शैतान तथा त्यसका दुष्ट स्वर्गदूतहरूलाई स्वर्गबाट पृथ्वीमा झार्नुभयो। त्यसैकारण सन्‌ १९१४ देखि यता समय झन्‌ झन्‌ खराब हुँदै आएको हो। (प्रकाश १२:९, १२) युद्ध, अनिकाल, रूढी, बढ्‌दो अधर्म—यी सबै येशूले शासन गर्दै हुनुहुन्छ अनि यो रीतिरिवाजको आखिरी दिन सुरु भइसकेको छ भन्‍ने “चिह्न” हो।—मत्ती २४:३, ७, ८, १२; लूका २१:१०, ११; २ तिमोथी ३:१-५.

५. अब चाँडै येशूले मानिसहरूको न्याय गर्नुहुनेछ र गोठालोले भेडा र बाख्रा छुट्याएझैं तिनीहरूलाई छुट्याउनुहुनेछ। त्यतिञ्जेल आफूलाई येशूका वफादार प्रजा प्रमाणित गरिसक्ने मानिसहरू “भेड़ाहरू” हुन्‌। तिनीहरूले यसै पृथ्वीमा अनन्त जीवन पाउनेछन्‌। परमेश्‍वरको राज्य इन्कार गर्नेहरू चाहिं “बाख्राहरू” हुन्‌। (मत्ती २५:३१-३४, ४६) येशूले निकट भविष्यमा बाख्राखाले सबै मानिसहरूलाई नाश गर्नुहुनेछ। (२ थिस्सलोनिकी १:६-९) तपाईं येशूको “भेड़ा” हुन चाहनुहुन्छ भने उहाँको राज्यको समाचार सुन्‍नुका साथै आफूले सिकेका कुराहरूअनुरूप चल्नैपर्छ।—मत्ती २४:१४.

६. अहिले पृथ्वी विभिन्‍न देशहरूमा टुक्रिएको छ। हरेक देशको आ-आफ्नै सरकार छ। अनि यी राष्ट्रहरू आपसमा प्रायः लडिरहन्छन्‌। तर परमेश्‍वरको राज्यले यी सबै मानव सरकारहरूलाई हटाउनेछ र एउटै सरकारको रूपमा पूरै पृथ्वीमा राज्य गर्नेछ। (दानियल २:४४) त्यसपछि युद्ध, अपराध र हिंसा हुनेछैनन्‌। सबै मानिसहरू आपसमा शान्तिपूर्वक मिलेर बस्नेछन्‌।—मीका ४:३, ४.

७. येशूको हजार वर्षीय राज्यको दौडान विश्‍वासी मानिसहरू सिद्ध हुनेछन्‌ र पूरै पृथ्वी प्रमोदवनमा परिवर्तन हुनेछ। अनि हजार वर्षको अन्तसम्ममा परमेश्‍वरले भन्‍नुभएबमोजिम सबै कुरा येशूले पूरा गरिसक्नुभएको हुनेछ। त्यसपछि उहाँले पितालाई राज्य सुम्पनुहुनेछ। (१ कोरिन्थी १५:२४) परमेश्‍वरको राज्यले के के गर्नेछ, त्यसबारे आफ्नो साथी वा प्रिय जनहरूलाई भने कसो होला?

[पृष्ठ १३-मा भएको चित्र]

येशूले शासन गर्नुहुँदा घृणा वा पूर्वाग्रह हुनेछैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने