प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg lesson ७ ques. १-५
  • परमेश्‍वरको राज्य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्य के हो?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्य के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरको राज्य के हो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg lesson ७ ques. १-५

पाठ ७

परमेश्‍वरको राज्य के हो?

१. परमेश्‍वरको राज्य के हो?

१. स्वर्गमा परमेश्‍वरको राज्य; २. येसुले कुष्ठरोगीलाई निको पार्दै

येसु राजा हुन किन योग्य हुनुहुन्छ?—मर्कुस १:४०-४२.

परमेश्‍वरको राज्य स्वर्गमा स्थापना भएको सरकार हो। यसले पृथ्वीका सबै सरकारलाई हटाउनेछ। यही सरकारमार्फत स्वर्गमा अनि पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा हुनेछ। परमेश्‍वरको राज्यबारे यो कुरा सुसमाचार हो। परमेश्‍वरको राज्यले मानिसहरूको असल सरकारको आवश्‍यकता पूरा गर्नेछ। पृथ्वीमा बस्ने सबैलाई यस राज्यले एकताबद्ध बनाउनेछ।—दानिएल २:४४; मत्ति ६:९, १०; २४:१४ पढ्‌नुहोस्‌।

यहोवा परमेश्‍वरले आफ्नो छोरा येसु ख्रिष्टलाई आफ्नो राज्यको राजा नियुक्‍त गर्नुभएको छ।—प्रकाश ११:१५ पढ्‌नुहोस्‌।

परमेश्‍वरको राज्य के हो? भन्‍ने भिडियो हेर्नुहोस्‌

२. येसु राजा हुन किन योग्य हुनुहुन्छ?

येसु राजा हुन योग्य हुनुहुन्छ किनभने उहाँ दयालु हुनुहुन्छ र सही कुराको लागि दृढ अडान लिनुहुन्छ। (मत्ति ११:२८-३०) उहाँसँग मानिसहरूलाई मदत गर्न सक्ने शक्‍ति पनि छ किनभने उहाँले स्वर्गबाट पृथ्वीमा शासन गर्नुहुनेछ। उहाँ मृत्युबाट जीवित हुनुभएपछि स्वर्ग जानुभयो र यहोवाको दाहिने हाततर्फ पर्खेर बस्नुभयो। (हिब्रू १०:१२, १३) अन्तमा यहोवाले येसुलाई शासन गर्ने अधिकार सुम्पनुभयो।—दानिएल ७:१३, १४ पढ्‌नुहोस्‌।

३. येसुसँगै क-कसले शासन गर्नेछन्‌?

बाइबलमा “पवित्र जनहरू” भनेर चिनाइएको समूहले येसुसँगै शासन गर्नेछन्‌। (दानिएल ७:२७) सुरुमा छानिएका पवित्र जनहरू येसुका वफादार प्रेषितहरू थिए। यहोवाले अहिले पनि वफादार पुरुष तथा स्त्रीहरूलाई पवित्र जनहरूको रूपमा छानिरहनुभएको छ। तिनीहरू पनि येसुजस्तै अदृश्‍य शरीरमा मृत्युबाट ब्युँताइन्छन्‌।—युहन्‍ना १४:१-३; १ कोरिन्थी १५:४२-४४ पढ्‌नुहोस्‌।

कति जना स्वर्ग जानेछन्‌? स्वर्ग जानेहरूलाई येसुले “सानो बगाल” भन्‍नुभयो। (लुका १२:३२) तिनीहरूको जम्मा सङ्‌ख्या १ लाख ४४ हजार हुनेछ। तिनीहरूले येसुसँगै पृथ्वीमाथि शासन गर्नेछन्‌।—प्रकाश १४:१ पढ्‌नुहोस्‌।

४. येसुले शासन गर्न थाल्नुभएपछि के भयो?

बाइबल अध्ययन

परमेश्‍वरको राज्यले इस्वी संवत्‌ १९१४ देखि शासन गर्न सुरु गऱ्‍यो।a राजा भएपछि येसुले सबैभन्दा पहिला सैतान र त्यसका प्रेतहरूलाई तल पृथ्वीमा फ्याँक्नुभयो। सैतान असाध्यै रिसायो र संसारभरि सबैलाई दुःख दिन थाल्यो। (प्रकाश १२:७-१०, १२) त्यतिबेलादेखि मानिसहरूको दुःख अचाक्ली बढेको छ। युद्ध, अनिकाल, महामारी र भूकम्पजस्ता घटनाहरू परमेश्‍वरको राज्यले पृथ्वीका मामिलाहरूमा चाँडै हस्तक्षेप गर्नेछ भन्‍ने “चिन्ह”-का भाग हुन्‌।—लुका २१:७, १०, ११, ३१ पढ्‌नुहोस्‌।

५. परमेश्‍वरको राज्यले अहिले के गर्दै छ र भविष्यमा के गर्नेछ?

संसारभरि भइरहेको प्रचारकार्यमार्फत परमेश्‍वरको राज्यले सबै राष्ट्रबाट एउटा ठूलो भीडलाई जम्मा गर्न थालिसकेको छ। लाखौँ नम्र मानिस परमेश्‍वरको राज्यको प्रजा बनिरहेका छन्‌। परमेश्‍वरको राज्यले यस दुष्ट युगको विनाश गर्दा यसले तिनीहरूलाई भने बचाउनेछ। त्यसैले परमेश्‍वरको राज्यबाट लाभ उठाउन चाहनेहरू सबैले येसुको आज्ञाकारी प्रजा हुन सिक्नुपर्छ।—प्रकाश ७:९, १४, १६, १७ पढ्‌नुहोस्‌।

पार्थिव प्रमोदवनमा परमेश्‍वरको राज्यका प्रजाहरू

हजार वर्षीय शासनको दौडान यस राज्यले मानिसजातिको लागि परमेश्‍वरले सुरुमा राख्नुभएको उद्देश्‍य पूरा गर्नेछ। पूरै पृथ्वी प्रमोदवन हुनेछ। अन्तमा येसुले यो राज्य फेरि आफ्नो बुबालाई सुम्पनुहुनेछ। (१ कोरिन्थी १५:२४-२६) परमेश्‍वरको राज्यबारे तपाईँ कसलाई बताउन चाहनुहुन्छ?—भजन ३७:१०, ११, २९ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय ८ र ९ हेर्नुहोस्‌।

a बाइबलमा इस्वी संवत्‌ १९१४ बारे गरिएको भविष्यवाणीबारे विस्तृत जानकारी पाउन बाइबलले हामीलाई के सिकाउँछ? किताबको नोट २२ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने