प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq lesson १२ pp. २४-२५
  • जीवन र रगतप्रति आदर देखाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र रगतप्रति आदर देखाउने
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • जीवनको कदर गर्नुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
  • जीवनप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • रगतको प्रयोग द्वारा जीवन बचाउने–कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • ७. के तपाईँ परमेश्‍वरले जस्तै जीवनलाई अनमोल ठान्‍नुहुन्छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq lesson १२ pp. २४-२५

पाठ १२

जीवन र रगतप्रति आदर देखाउने

हामीले जीवनलाई कुन दृष्टिले हेर्नुपर्छ? (१) गर्भपातलाई? (१)

मसीहीहरूले आफ्नो र अरूको सुरक्षाको कसरी ख्याल गर्छन्‌? (२)

के जनावरहरूलाई मार्नु गलत हो? (३)

जीवनप्रति आदर नदेखाउने केही बानी के के हुन्‌? (४)

परमेश्‍वरले रगतबारे के नियम दिनुभएको छ? (५)

के त्यसमा रक्‍तक्षेपण समावेश छ? (६)

१. यहोवा जीवनको स्रोत हुनुहुन्छ। सबै जीवित वस्तुहरूले परमेश्‍वरबाटै जीवन पाउँछन्‌। (भजन ३६:९) परमेश्‍वरको दृष्टिमा जीवन पवित्र छ। गर्भमा भएको बच्चालाई समेत यहोवा अमूल्य सम्झनुहुन्छ। गर्भभित्र हुर्कंदै गरेको बच्चाको जानाजानी हत्या गर्नु परमेश्‍वरको दृष्टिमा गलत हो।—प्रस्थान २१:२२, २३; भजन १२७:३.

२. साँचो मसीही आफ्नो अनि अरूको सुरक्षालाई ध्यानमा राख्छन्‌। तिनीहरू आफ्नो गाडी अनि घर सुरक्षित छ कि छैन, पक्का गर्छन्‌। (व्यवस्था २२:८) परमेश्‍वरका सेवकहरू आनन्द वा रोमाञ्चका लागि आफ्नो जीवनसित खेलवाड गर्दैनन्‌। त्यसैकारण जानाजानी अरूलाई हानि पुऱ्‍याउने हिंसात्मक खेलहरूमा तिनीहरू भाग लिंदैनन्‌। साथै हिंसा गर्न सुऱ्‍याउने मनोरञ्जनदेखि पनि अलग बस्छन्‌।—भजन ११:५; यूहन्‍ना १३:३५.

३. सृष्टिकर्ताको दृष्टिमा जनावरको जीवन पनि पवित्र छ। भोजन, वस्त्रका लागि अनि आफूलाई रोग वा खतराबाट जोगाउन मसीहीले जनावरहरू मार्नसक्छन्‌। (उत्पत्ति ३:२१; ९:३; प्रस्थान २१:२८) तर खेल वा आनन्दका लागि जनावरहरूलाई दुःख दिनु वा मार्नु चाहिं गलत हो।—हितोपदेश १२:१०.

४. मसीहीहरू आनन्दका लागि धूम्रपान गर्ने, सुपारी चपाउने अनि लागू पदार्थ सेवन गर्ने गर्दैनन्‌। त्यस्ता बानीहरू गलत हुन्‌। किनभने (१) त्यसले हामीलाई वशमा पार्छ, (२) हाम्रो शरीरलाई हानि गर्छ र (३) त्यसले हामीलाई फोहरी बनाउँछ। (रोमी ६:१९; १२:१; २ कोरिन्थी ७:१) त्यस्ता कुलतहरू त्याग्नु असाध्यै गाह्रो हुनसक्छ। तर यहोवालाई प्रसन्‍न तुल्याउन हामीले त्यस्ता कुलतहरू त्याग्नैपर्छ।

५. परमेश्‍वरको दृष्टिमा रगत पनि पवित्र छ। परमेश्‍वरले प्राणीको प्राण वा जीवन रगतमा हुन्छ भन्‍नुभएको छ। त्यसैकारण रगत खानु गलत हो। राम्ररी रगत ननिथारिएको जनावरको मासु खानु पनि गलत हो। घाँटी अँठ्याएर मारेको वा पासोमै मरेको जनावरको मासु पनि खानु हुँदैन। जनावरलाई भाला वा गोली हानेर मारेको हो भने मार्ने बित्तिकै त्यसको रगत बगाइएमा मात्र त्यसको मासु खान मिल्छ।—उत्पत्ति ९:३, ४; लेवी १७:१३, १४; प्रेरित १५:२८, २९.

६. के रक्‍तक्षेपण स्वीकार्नु गलत हो? नबिर्सनुहोस्‌, हामी रगतदेखि अलग बसोस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। मतलब, हाम्रो शरीरभित्र अरू व्यक्‍तिको रगत कुनै तरिकामा पनि पठाउनु हुँदैन। आफ्नै रगत पहिल्यै संकलन गरेको छ भने पनि त्यो प्रयोग गर्नु हुँदैन। (प्रेरित २१:२५) त्यसैकारण साँचो मसीहीहरू रक्‍तक्षेपण स्वीकार्दैनन्‌। तिनीहरू रगत वा रगत भएको उपचारबाहेक अन्य सबै प्रकारका उपचार स्वीकार्छन्‌। तिनीहरू बाँच्न चाहन्छन्‌ तर परमेश्‍वरको नियम उल्लंघन गरेर आफ्नो जीवन बचाउने कोसिस गर्दैनन्‌।—मत्ती १६:२५.

[पृष्ठ २५-मा भएको चित्र]

परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन हामी रक्‍तक्षेपण, फोहर बानी अनि अनावश्‍यक खतरा मोल्नदेखि अलग बस्नैपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने