प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ ४ पृ. ६-७
  • तपाईं परमेश्‍वरबारे कसरी सिक्न सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं परमेश्‍वरबारे कसरी सिक्न सक्नुहुन्छ
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर को हुनुहुन्छ?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मायालु परमेश्‍वरबाट पाएको चिठ्ठी
    महान्‌ शिक्षकबाट सिकौं
  • परमेश्‍वर को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वर–उहाँ को हुनुहुन्छ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ ४ पृ. ६-७

पाठ ४

तपाईं परमेश्‍वरबारे कसरी सिक्न सक्नुहुन्छ

तपाईंले बाइबल पढेर यहोवाबारे सिक्न सक्नुहुन्छ। धेरै समयअघि परमेश्‍वरले आफ्ना विचारहरू लेख्न लगाउन केही खास मानिसहरू नियुक्‍त गर्नुभयो। ती लेखोटहरूलाई नै बाइबल भनिन्छ। आज हामी बाइबल पढेर परमेश्‍वरबारे सिक्नसक्छौं। बाइबलमा यहोवाको वचन वा सन्देश भएकोले यसलाई परमेश्‍वरको वचन पनि भनिन्छ। हामी बाइबलमा भनिएको कुरामा विश्‍वास गर्नसक्छौं किनभने यहोवा कहिल्यै झूट बोल्नुहुन्‍न। “परमेश्‍वरलाई झूट बोल्न असम्भव छ।” (हिब्रू ६:१८) परमेश्‍वरको वचनमा सत्य छ।—यूहन्‍ना १७:१७.

एउटा परिवार सँगै मिलेर बाइबल पढ्‌दै

बाइबल, परमेश्‍वरले हामीलाई दिनुभएको सबैभन्दा अमूल्य वरदानहरूमध्ये एक हो। यो एक मायालु पिताले आफ्नो छोराछोरीलाई लेखेको पत्रजस्तै हो। यसमा पृथ्वीलाई सुन्दर ठाउँ अर्थात्‌ प्रमोदवनमा परिणत गर्ने परमेश्‍वरको प्रतिज्ञाबारे बताइएको छ। यसमा परमेश्‍वरले आफ्ना विश्‍वासी छोराछोरीको निम्ति विगतमा के गर्नुभयो, अहिले के गर्नु हुँदैछ र भविष्यमा के गर्नुहुनेछ भनी बताइएको छ। यसले हामीलाई आफ्ना समस्याहरू समाधान गर्न र आनन्द पाउन पनि मदत गर्छ।—२ तिमोथी ३:१६, १७.

यहोवाका साक्षीहरू परमेश्‍वरका मित्र हुन्‌; तिनीहरूले तपाईंलाई बाइबलले सिकाउने कुराहरू बुझ्न मदत गर्नेछन्‌। तिनीहरूलाई तपाईं बाइबल अध्ययन गर्न चाहनुहुन्छ भनेर बताए पुग्छ। तिनीहरूले तपाईंलाई निश्‍शुल्क सिकाइ दिनेछन्‌। (मत्ती १०:८) यसबाहेक, तपाईं मसीही सभाहरू धाउन सक्नुहुन्छ। यी, राज्यभवन भनिने उपासना थलोहरूमा सञ्चालन हुन्छन्‌। तपाईं मसीही सभाहरूमा उपस्थित हुनुभयो भने, परमेश्‍वरको ज्ञानबारे थुप्रै कुराहरू सिक्न सक्नुहुनेछ।

परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरूबाट तपाईं उहाँबारे सिक्न सक्नुहुन्छ। उदाहरणका लागि, बाइबल यसो भन्छ: “परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) यहोवाले “आकाश” सृष्टि गर्नुहुँदा सूर्य पनि बनाउनुभयो। अब यसबाट हामी परमेश्‍वरबारे के सिक्नसक्छौं? यहोवा एकदमै शक्‍तिशाली हुनुहुन्छ भनेर थाह पाउनसक्छौं। उहाँले मात्र सूर्यजस्तो शक्‍तिशाली कुरा बनाउन सक्नुहुन्छ। यसले, यहोवा बुद्धिमान्‌ हुनुहुन्छ भनेर पनि बताउँछ किनभने ताप र प्रकाश दिने तथा कहिल्यै भस्म नहुने सूर्य बनाउन बुद्धि चाहिन्छ।

यहोवाले हामीलाई प्रेम गर्नुहुन्छ भनेर उहाँको सृष्टिले देखाउँछ। पृथ्वीमा भएका थरिथरिका फलफूलबारे विचार गर्नुहोस्‌। यहोवाले हामीलाई एकै प्रकारको फलफूल वा एउटै पनि नदिनुभए पनि हुन्थ्यो। त्यसको सट्टा यहोवाले हामीलाई विभिन्‍न आकार, रंग र स्वादका फलफूलहरू दिनुभएको छ। यसले यहोवा मायालु परमेश्‍वर मात्र नभई उदार, विचारशील र दयालु पनि हुनुहुन्छ भनेर देखाउँछ।—भजन १०४:२४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने