तिनीहरू के विश्वास गर्छन्?
यहोवाका साक्षीहरू स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वशक्तिमान् परमेश्वर, यहोवा हुनुहुन्छ भनेर विश्वास गर्छन्। ब्रह्माण्डमा एकदमै जटिल संरचना भएका आश्चर्यका कामहरू हेर्दा यी सबै बनाउने असाध्यै बुद्धिमान् तथा शक्तिशाली सृष्टिकर्ता हुनुहुन्छ भन्ने प्रमाण दिन्छ। मानिसहरूका कार्यले तिनीहरूको गुण झल्काएझैं यी सृष्टिले यहोवा परमेश्वरको गुण झल्काउँछ। बाइबलले “उहाँको अदृश्य गुण, . . . सारा सृष्टिदेखि बनिएका . . . उहाँको कामद्वारा बुझ्न” सकिन्छ भनी बताउँछ। साथै, कुनै आवाज वा शब्दविना “आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ।”—रोमी १:२०; भजन १९:१-४.
मानिसहरूले विना कुनै उद्देश्य माटाको भाँडो वा टेलिभिजन वा कम्प्युटर बनाउँदैनन्। यी कुराहरूभन्दा पृथ्वी अनि बोटबिरुवा तथा अन्य जीवहरू निकै अद्भुत छन्। मानव शरीर अनि यसमा भएका खरबौं-खरब कोषहरू, हाम्रो दिमागले भ्याउने कुरा होइन। यी सबै कुराहरू सोच्न सक्ने हाम्रो दिमाग पनि बुझ्नै नसकिने जटिल छ! मानिसले कुनै कुरा आविष्कार गर्नुको त उद्देश्य हुन्छ भने, यहोवा परमेश्वरले यी अद्भुत सृष्टि गर्नुमा पक्कै पनि उद्देश्य थियो! उहाँको उद्देश्य थियो भनेर हितोपदेश १६:४ यसो भन्छ: “परमप्रभुले हरेक कुरा त्यसको प्रयोजनसहित बनाउनुभएको छ।”
यहोवाले पृथ्वी बनाउनुमा उद्देश्य थियो। त्यसैकारण उहाँले प्रथम मानव दम्पतीलाई यसो भन्नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८) तिनीहरू अनाज्ञाकारी भएको हुँदा यी दम्पतीले पृथ्वी तथा यसका बोटबिरुवा तथा प्राणीहरूको मायालु हेरचाह गर्ने धर्मी परिवारहरूले भर्न सकेनन्। तर तिनीहरू असफल हुँदैमा यहोवाको उद्देश्य पनि विफल हुँदैन। हजारौं वर्षपछि यस्तो लेखिएको थियो: ‘परमेश्वर जसले पृथ्वी रच्नुभयो . . . उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन।’ यो नाश हुनेछैन तर “सदा सर्वदै रहिरहन्छ।” (यशैया ४५:१८; उपदेशक १:४) परमेश्वरले पृथ्वीको लागि जुन उद्देश्य राख्नुभएको थियो, त्यो अवश्य पूरा हुनेछ: “मेरो उद्देश्य ठहर्नेछ, र म आफ्नो सबै इच्छा पूरा गर्नेछु।”—यशैया ४६:१०.
यसर्थ, यहोवाका साक्षीहरू यो पृथ्वी सधैंभरि रहिरहनेछ अनि मरेका तथा जीवित सबै मानिसहरू, जो जो यहोवाले प्रतिज्ञा गर्नुभएको सुन्दर प्रमोदवनमा रहन योग्य हुन्छन्, तिनीहरू सदा सर्वदा बाँच्नेछन् भनी विश्वास गर्छन्। सारा मानवजातिले आदम र हव्वाबाट पाप पाएका छन् र अतः सबै पापी भएका छन्। (रोमी ५:१२) बाइबल हामीलाई यसो भन्छ: “पापको ज्याला मृत्यु हो।” “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्।” “जसले पाप गर्छ, त्यही मर्छ।” (रोमी ६:२३; उपदेशक ९:५; इजकिएल १८:४, २०) त्यसोभए तिनीहरू पृथ्वीमा पाइने आशिष्हरूको आनन्द उठाउन कसरी जिउनेछन्? यो ख्रीष्ट येशूको छुडौतीको बलिदानद्वारा मात्र सम्भव हुनेछ किनभने उहाँले यसो भन्नुभयो: “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्वास गर्ने मऱ्यो भने पनि बाँच्नेछ।” “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्। . . . [र] निस्किआउनेछन्।”—यूहन्ना ५:२८, २९; ११:२५; मत्ती २०:२८.
यो कसरी हुनेछ? यो येशू पृथ्वीमा हुनुहुँदा घोषणा गर्नुभएको “राज्यको सुसमाचार[मा]” बताइएको छ। (मत्ती ४:१७-२३) तर आज यहोवाका साक्षीहरूले एकदमै विशेष ढंगमा सुसमाचार प्रचार गरिरहेका छन्।
[पृष्ठ १२-मा भएको तालिका]
यहोवाका साक्षीहरू के विश्वास गर्छन्
विश्वास धर्मशास्त्रीय कारण
बाइबल, परमेश्वरको वचन र सत्य हो २ तिमो. ३:१६, १७; २ पत्रु. १:२०, २१; यूह. १७:१७
बाइबल, मानव परम्पराभन्दा भरपर्दो छ मत्ती १५:३; कल. २:८
परमेश्वरको नाउँ यहोवा हो भज. ८३:१८; यशै. २६:४; ४२:८; प्रस्था. ६:३, NW
ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ र परमेश्वरको अधीनमा बस्नुहुन्छ मत्ती ३:१७; यूह. ८:४२; १४:२८; २०:१७; १ कोरि. ११:३; १५:२८
ख्रीष्ट परमेश्वरको सृष्टिको जेठो हुनुहुन्छ कल. १:१५; प्रका. ३:१४
ख्रीष्ट क्रूसमा होइन, शूलीमा मर्नुभयो गला. ३:१३; प्रेरि. ५:३०
ख्रीष्टको मानव जीवन आज्ञाकारी मानिसहरूको लागि छुडौतीको मोल थियो मत्ती २०:२८; १ तिमो. २:५, ६; १ पत्रु. २:२४
ख्रीष्टको एउटा बलिदान पर्याप्त थियो रोमी ६:१०; हिब्रू ९:२५-२८
ख्रीष्ट आत्मिक प्राणीको रूपमा बिउँताइनुभयो १ पत्रु. ३:१८; रोमी ६:९; प्रका. १:१७, १८
ख्रीष्टको उपस्थिति आत्मिक रूपमा हुन्छ यूह. १४:१९; मत्ती २४:३; २ कोरि. ५:१६; भज. ११०:१, २
अहिले हामी ‘अन्तको समयमा’ छौं मत्ती २४:३-१४; २ तिमो. ३:१-५; लूका १७:२६-३०
ख्रीष्टले शासन गर्ने परमेश्वरको राज्यअन्तर्गत पृथ्वीमा धार्मिकता अनि शान्ति छाउनेछ यशै. ९:६, ७; ११:१-५; दानि. ७:१३, १४; मत्ती ६:१०
परमेश्वरको राज्यले पृथ्वीमा जीवन बिताउन उत्तम अवस्था ल्याउनेछ भज. ७२:१-४; प्रका. ७:९, १०, १३-१७; २१:३, ४
पृथ्वी कहिल्यै विनाश हुनेछैन न त मानिसविहीन हुनेछ उप. १:४; यशै. ४५:१८; भज. ७८:६९
परमेश्वरले आरमागेडोनको युद्धमा वर्तमान रीतिरिवाजको सर्वनाश गर्नुहुनेछ प्रका. १६:१४, १६; सप. ३:८; दानि. २:४४; यशै. ३४:२; ५५:१०, ११
दुष्टहरू सदाको लागि नाश हुनेछन् मत्ती २५:४१-४६; २ थिस्स. १:६-९
परमेश्वरले अनुमोदन गर्नुहुने मानिसहरूले अनन्त जीवन पाउनेछन् यूह. ३:१६; १०:२७, २८; १७:३; मर्कू. १०:२९, ३०
जीवनतर्फ लैजाने बाटो एउटा मात्रै छ मत्ती ७:१३, १४; एफि. ४:४, ५
आदमको पापले गर्दा मानिसहरू मर्छन् रोमी ५:१२; ६:२३
मृत्युपछि मानव प्राणको अस्तित्त्व रहँदैन इज. १८:४; उप. ९:१०; भज. ६:५; १४६:४; यूह. ११:११-१४
पाताल भनेको मानिसहरूको साझा चिहान हो अय्यू. १४:१३; प्रका. २०:१३, १४
मरेकाहरूको निम्ति आशा पुनरुत्थान हो १ कोरि. १५:२०-२२; यूह. ५:२८, २९; ११:२५, २६
आदमको पापले गर्दा भएको मृत्यु नामेट हुनेछ १ कोरि. १५:२६, ५४; प्रका. २१:४; यशै. २५:८
जम्मा १,४४,००० को सानो बगाल मात्र स्वर्ग गएर ख्रीष्टसित शासन गर्नेछ लूका १२:३२; प्रका. १४:१-३; १ कोरि. १५:४०-५३; प्रका. ५:९, १०
यी १,४४,००० परमेश्वरका आत्मिक पुत्रहरूको हैसियतमा फेरि जन्मन्छन् १ पत्रु. १:२३; यूह. ३:३; प्रका. ७:३, ४
आत्मिक इस्राएलसित नयाँ करार बाँधिन्छ यर्मि. ३१:३१; हिब्रू ८:१०-१३
ख्रीष्टको मण्डलीको जग येशू आफै हुनुहुन्छ एफि. २:२०; यशै. २८:१६; मत्ती २१:४२
प्रार्थनाहरू ख्रीष्टमार्फत यहोवालाई मात्र गर्नुपर्छ यूह. १४:६, १३, १४; १ तिमो. २:५
उपासनामा मूर्तिको प्रयोग गर्नुहुँदैन प्रस्था. २०:४, ५; लेवी २६:१; १ कोरि. १०:१४; भज. ११५:४-८
प्रेतवादबाट अलग्गै बस्नुपर्छ व्यव. १८:१०-१२; गला. ५:१९-२१, लेवी १९:३१
शैतान यस संसारको अदृश्य शासक हो १ यूह. ५:१९; २ कोरि. ४:४; यूह. १२:३१
मसीहीले अन्तरविश्वाससम्बन्धी कुनै पनि गतिविधिहरूमा भाग लिनुहुँदैन २ कोरि. ६:१४-१७; ११:१३-१५; गला. ५:९; व्यव. ७:१-५
मसीहीहरू संसारबाट अलग बस्नुपर्छ याकू. ४:४; १ यूह. २:१५; यूह. १५:१९; १७:१६
परमेश्वरको व्यवस्थासित नबाझिने मानव नियमहरू पालन गर्नुपर्छ मत्ती २२:२०, २१; १ पत्रु. २:१२; ४:१५
मुख वा नसाबाट रगत लिंदा परमेश्वरको व्यवस्था भंग हुन्छ उत्प. ९:३, ४; लेवी १७:१४; प्रेरि. १५:२८, २९
नैतिकतासम्बन्धी बाइबलको नियम पालन गर्नुपर्छ १ कोरि. ६:९, १०; हिब्रू १३:४; १ तिमो. ३:२; हितो. ५:१-२३
विश्राम दिन पालन गर्नुपर्ने नियम इस्राएललाई मात्र दिइएको थियो अनि मोशाको व्यवस्था सँगसँगै त्यसको अन्त भयो व्यव. ५:१५; प्रस्था. ३१:१३; रोमी १०:४; गला. ४:९, १०; कल. २:१६, १७
पादरी वर्ग तथा विशेष पदवीहरू उचित होइनन् मत्ती २३:८-१२; २०:२५-२७; अय्यू. ३२:२१, २२
मानिसको उत्पत्ति विकासवादबाट होइन तर सृष्टि गरिएको थियो यशै. ४५:१२; उत्प. १:२७; मत्ती १९:४
परमेश्वरको सेवा गर्ने सन्दर्भमा ख्रीष्टले बसाल्नुभएको उदाहरण पालन गर्नुपर्छ १ पत्रु. २:२१; हिब्रू १०:७; यूह. ४:३४; ६:३८
चुर्लुम्मै डुबेर बप्तिस्मा लिनु समर्पणको प्रतीक हो मर्कू. १:९, १०; यूह. ३:२३; प्रेरि. १९:४, ५
मसीहीहरूले खुसीसाथ धर्मशास्त्रीय सत्यको जनसाक्षी दिन्छन् रोमी १०:१०; हिब्रू १३:१५; यशै. ४३:१०-१२
[पृष्ठ १२-मा भएको चित्र]
पृथ्वी . . . यहोवाले सृष्टि गर्नुभएको . . . मानिसले हेरचाह गरेको . . . सदाको लागि आबाद गरिएको