प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wt chap. १४ pp. १२८-१३५
  • यहोवाले आफ्नो संगठनलाई कसरी डोऱ्‍याउनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले आफ्नो संगठनलाई कसरी डोऱ्‍याउनुहुन्छ?
  • एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • संगठनको दृश्‍य भागलाई चिन्‍ने
  • ईश्‍वरतान्त्रिक संरचना
  • यहोवाले आफ्नो सङ्‌गठनलाई कसरी डोऱ्‍याउनु हुन्छ?
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • परमेश्‍वरको दृश्‍य सङ्‌गठन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरको संगठनको भाग हुनुहोस्‌ र सुरक्षा पाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • ख्रीष्ट र उहाँका विश्‍वासी दासप्रति वफादार हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
wt chap. १४ pp. १२८-१३५

अध्याय चौध

यहोवाले आफ्नो संगठनलाई कसरी डोऱ्‍याउनुहुन्छ?

१. बाइबलले यहोवाको संगठनबारे कस्तो जानकारी दिन्छ अनि यो हाम्रोलागि किन महत्त्वपूर्ण छ?

के परमेश्‍वरको आफ्नो संगठन छ? प्रेरित धर्मशास्त्रले उहाँको संगठन छ भनेर बताउँछ। आफ्नो वचनमा उहाँले हामीलाई त्यस संगठनको विस्मयकारी स्वर्गीय भागको झलक दिनुहुन्छ। (इजकिएल १:१, ४-१४; दानियल ७:९, १०, १३, १४) हुन त हामी परमेश्‍वरको संगठनको अदृश्‍य भाग देख्न सक्दैनौं तर यसले आज साँचो उपासनामा ठूलो असर पार्छ। (२ राजा ६:१५-१७) यहोवाको संगठनको पृथ्वीमा दृश्‍य भाग पनि छ। बाइबलले हामीलाई यो के हो र यहोवाले यसलाई कसरी डोऱ्‍याउनुहुन्छ भनेर बुझ्न मदत गर्छ।

संगठनको दृश्‍य भागलाई चिन्‍ने

२. परमेश्‍वरले कुन नयाँ मण्डली स्थापना गर्नुभयो?

२ लगभग १,५४५ वर्षको लागि इस्राएल राष्ट्र परमेश्‍वरको मण्डली थियो। (प्रेरित ७:३८) तर इस्राएलले परमेश्‍वरको व्यवस्था पालन गरेन र उहाँको पुत्रलाई इन्कार गऱ्‍यो। फलस्वरूप, यहोवाले उक्‍त मण्डलीलाई त्याग्नुभयो। येशूले यहूदीहरूलाई यसो भन्‍नुभयो: “हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड छोडिनेछ।” (मत्ती २३:३८) त्यसपछि परमेश्‍वरले नयाँ मण्डली स्थापना गर्नुभयो र यसैसित नयाँ करार बाँध्नुभयो। यस मण्डलीमा परमेश्‍वरले छान्‍नुभएका १,४४,००० सामेल हुनुका साथै तिनीहरू स्वर्गमा पुत्रसित एकतामा हुने थिए।—प्रकाश १४:१-४.

३. परमेश्‍वरले अब नयाँ मण्डलीलाई चलाइरहनुभएको छ भन्‍ने स्पष्ट प्रमाण दिन सा.यु. ३३ पेन्तिकोसमा के भयो?

३ त्यस नयाँ मण्डलीका प्रथम व्यक्‍तिहरूलाई सा.यु. ३३ पेन्तिकोसमा यहोवाले पवित्र आत्माद्वारा अभिषेक गर्नुभएको थियो। त्यस उल्लेखनीय घटनाबारे हामी यस्तो विवरण पढ्‌छौं: “जब पेन्तिकोसको दिन आइपुगेको थियो, तब तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। अनि अचानक स्वर्गबाट ठूलो बतास चलेको जस्तो हरूरूरू शब्द आयो, र त्यसले तिनीहरू बसेको घर जम्मै भरिदियो। औ आगोको जस्तो चिरा चिरा परेका जिब्राहरू तिनीहरूकहाँ देखा परे, र ती तिनीहरू एक एक माथि बसे। अनि तिनीहरू सबै पवित्र आत्माले भरिए।” (प्रेरित २:१-४) तसर्थ, परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्न स्वर्गमा हुनुहुने येशू ख्रीष्टको नेतृत्वमा यी मानिसहरूको समूहलाई नै चलाउनुहुनेथियो भनेर परमेश्‍वरको आत्माले स्पष्ट प्रमाण दियो।

४. अहिले यहोवाको दृश्‍य संगठनमा को-को सामेल छन्‌?

४ आज, १,४४,००० का शेष जन मात्र पृथ्वीमा बाँकी छन्‌। तर बाइबल भविष्यवाणीको पूर्तिअनुरूप लाखौंको संख्यामा पुगेको ‘अरू भेडाका’ “ठूलो भीड,” शेष जनसित एकतामा बाँधिएका छन्‌। असल गोठालो, येशूले यी अरू भेडालाई शेष जनसित गाभ्नुभएर एउटै गोठालोमुनि एउटै बगालमा राख्नुभएको छ। (प्रकाश ७:९; यूहन्‍ना १०:११, १६) यी सबै मिलेर एउटा एकताबद्ध मण्डली अर्थात्‌ यहोवाको दृश्‍य संगठन बनेको छ।

ईश्‍वरतान्त्रिक संरचना

५. परमेश्‍वरको संगठनलाई कसले डोऱ्‍याउँछ र कसरी?

५ “जीवित परमेश्‍वरको मण्डली” भन्‍ने धर्मशास्त्रीय अभिव्यक्‍तिले यस संगठनलाई कसले डोऱ्‍याइरहेको छ भनेर स्पष्ट पार्छ। यो ईश्‍वरतान्त्रिक अथवा परमेश्‍वरको शासनअनुसार चल्ने संगठन हो। मण्डलीको अदृश्‍य शिर हुन नियुक्‍त हुनुभएको येशू र उहाँको आफ्नै प्रेरित वचन बाइबलद्वारा यहोवाले मानिसहरूलाई डोऱ्‍याउनुहुन्छ।—१ तिमोथी ३:१४, १५; एफिसी १:२२, २३; २ तिमोथी ३:१६, १७.

६. (क) प्रथम शताब्दीका मण्डलीमा स्वर्गबाट डोऱ्‍याइ पाएको कसरी प्रस्ट भयो? (ख) येशू अझै पनि मण्डलीको शिर हुनुहुन्छ भनेर कुन कुराले देखाउँछ?

६ त्यस्तो डोऱ्‍याइ पेन्तिकोसमा स्पष्ट देखियो। (प्रेरित २:१४-१८, ३२, ३३) यहोवाको स्वर्गदूतले अफ्रिकामा सुसमाचार प्रचार गर्ने निर्देशन दिंदा, येशूले टार्ससको शावलको धर्म परिवर्तनको बेला निर्देशन दिनुहुँदा र पत्रुसले अन्यजातिहरूलाई प्रचार गर्न थाल्दा यो कुरा प्रस्ट भयो। (प्रेरित ८:२६, २७; ९:३-७; १०:९-१६, १९-२२) तर समय बित्दै जाँदा स्वर्गबाट त्यस्ता आवाजहरू आउन बन्द भए, स्वर्गदूतहरू देखा पर्न छोडे, पवित्र आत्माका अद्‌भुत आशिष्‌हरू बर्साउन रोकिए। यद्यपि, येशूले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:२०; १ कोरिन्थी १३:८) आज, यहोवाका साक्षीहरूले येशूको निर्देशन स्वीकार्छन्‌। त्यसो नहुँदो हो त, क्रूर सतावटको सामना गर्नुपर्दा राज्य सन्देश घोषणा गर्न सम्भव हुने थिएन।

७. (क) ‘विश्‍वासी र बुद्धिमान दासमा’ को-को सामेल छन्‌ र किन? (ख) यस “दास[लाई]” कस्तो जिम्मेवारी सुम्पिएको थियो?

७ आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले आफ्ना चेलाहरूलाई “विश्‍वासी र बुद्धिमान दास[बारे]” बताउनुभयो, जसलाई उहाँले मालिकको हैसियतमा विशेष जिम्मेवारी सुम्पनुहुने थियो। प्रभु स्वर्गमा जानुहुँदा ती “दास” पृथ्वीमै हुनुका साथै ख्रीष्ट राज्य शक्‍तिमा अदृश्‍य तवरमा फर्किनुहुँदा तिनीहरूले सक्रिय सेवा पुऱ्‍याइरहेका हुने थिए। त्यस्तो विवरण एक जना व्यक्‍तिलाई मात्र भनिएको पटक्कै हुन सक्दैन तर ख्रीष्टको अभिषिक्‍त मण्डलीसित त्यो विवरण मिल्छ। येशूले त्यसलाई आफ्नो रगतले किन्‍नुभएको कारण आफ्नो “दास” भन्‍नुभयो। उहाँले यसका सदस्यहरूलाई चेला बनाउने अनि क्रमबद्ध ढंगमा ‘ठीक ठीक समयमा [आध्यात्मिक] खाना’ दिनू भन्‍ने आज्ञा दिनुभयो।—मत्ती २४:४५-४७; २८:१९; यशैया ४३:१०; लूका १२:४२; १ पत्रुस ४:१०.

८. (क) अहिले दास वर्गसित कस्तो जिम्मेवारी छ? (ख) परमेश्‍वरले आफ्नो माध्यममार्फत दिनुहुने निर्देशन स्वीकार्नु किन महत्त्वपूर्ण छ?

८ सन्‌ १९१४ मा मालिक अदृश्‍य रूपमा फर्कनुहुँदा दास वर्ग वफादार भई उहाँको काम गरिरहेको हुँदा १९१९ मा यसलाई थप जिम्मेवारीहरू दिइयो भन्‍ने प्रमाण पाइन्छ। त्यस बेलादेखि यता परमेश्‍वरको राज्यबारे विश्‍वव्यापी तवरमा साक्षी दिइएको छ र महासंकष्ट पार गर्ने यहोवाका उपासकहरूको ठूलो भीड जम्मा भइरहेको छ। (मत्ती २४:१४, २१, २२; प्रकाश ७:९, १०) यिनीहरूलाई पनि आध्यात्मिक भोजन चाहिन्छ र यो आध्यात्मिक भोजन दास वर्गले प्रबन्ध गरिरहेको छ। यहोवालाई खुसी तुल्याउन उहाँले यस माध्यममार्फत दिनुहुने निर्देशन हामीले स्वीकार्नुपर्छ र त्यसैअनुरूप व्यवहार गर्नुपर्छ।

९, १०. (क) प्रथम शताब्दीमा सिद्धान्तहरूसम्बन्धी उत्पन्‍न विवाद सुल्झाउन अनि सुसमाचार प्रचारकार्यको निर्देशन दिन कस्तो प्रबन्ध गरिएको थियो? (ख) आज यहोवाका साक्षीहरूको क्रियाकलापबीच समन्वय मिलाउन कस्तो प्रबन्ध छ?

९ कहिलेकाहीं सिद्धान्त तथा प्रक्रियाको सन्दर्भमा प्रश्‍नहरू खडा हुन्छन्‌। त्यस्तो बेला के गर्ने? प्रेरित अध्याय १५ ले धर्मपरिवर्तन गर्ने अन्यजातिहरूसित सम्बन्धित विवाद कसरी सुल्झाइयो भनी बताउँछ। यो मामिला केन्द्रिय परिचालक निकायको हैसियतमा सेवा गरिरहेका यरूशलेमका प्रेरित तथा बूढा प्रधानसमक्ष पुऱ्‍याइयो। ती पुरुषहरू भूल पटक्कै नगर्ने मानिसहरू थिएनन्‌ तर परमेश्‍वरले तिनीहरूलाई चलाउनुभयो। तिनीहरूले यस मामिलामा धर्मशास्त्र अनि अन्यजातिको क्षेत्र खुला गर्न परमेश्‍वरको आत्मा कसरी परिचालन भयो भन्‍ने प्रमाण केलाए। त्यसपछि तिनीहरूले निर्णय सुनाए। परमेश्‍वरले यस्तो प्रबन्धलाई आशिष्‌ दिनुभयो। (प्रेरित १५:१-२९; १६:४, ५) त्यही केन्द्रिय निकायबाट विभिन्‍न मानिसहरू राज्य प्रचारकार्य गर्न ठाउँ ठाउँमा पठाइए।

१० हाम्रो समयमा यहोवाको दृश्‍य संगठनको परिचालक निकायमा विभिन्‍न मुलुकका आत्मा-अभिषिक्‍त भाइहरू छन्‌ र यो यहोवाका साक्षीहरूको मुख्यालयमा अवस्थित छ। येशू ख्रीष्टको शिरत्वको अधीनमा परिचालक निकायले सबै मुलुकमा शुद्ध उपासनाको बढवा गर्छ, यहोवाका साक्षीहरूको हजारौं मण्डलीहरूमा प्रचारकार्यको समन्वय मिलाउँछ। परिचालक निकायका सदस्यहरूले पावलको जस्तै दृष्टिकोण राख्छन्‌, जसले सँगी मसीहीहरूलाई यस्तो लेखेका थिए: “तिमीहरूका विश्‍वासमा हाम्रो प्रभुत्व भएको होइन, तर तिमीहरूका आनन्दका सहयोगी हौं, किनकि विश्‍वासबाटनै तिमीहरू स्थिर छौ।”—२ कोरिन्थी १:२४.

११. (क) प्राचीन तथा सेवकाई सेवकहरू कसरी नियुक्‍त हुन्छन्‌? (ख) हामीले यी नियुक्‍त जनहरूलाई किन पूरा सहयोग गर्नुपर्छ?

११ संसारभरिका यहोवाका साक्षीहरू परिचालक निकायमा भर पर्छन्‌। परिचालक निकायले योग्य भाइहरूको छनौट गर्छ अनि ती योग्य भाइहरूले मण्डलीको हेरचाह गर्न प्राचीन तथा सेवकाई सेवकहरू नियुक्‍त गर्छन्‌। यसरी नियुक्‍त हुनेहरूमा हुनुपर्ने आवश्‍यकता बाइबलमा दिइएको छ र ती पुरुषहरू सिद्ध होइनन्‌ अनि तिनीहरूबाट गल्ती हुन सक्छ भनेर मानिलिन्छन्‌। यसरी सिफारिस गर्ने तथा नियुक्‍त गर्ने प्राचीनहरूले परमेश्‍वरसमक्ष गम्भीर जिम्मेवारी वहन गर्छन्‌। (१ तिमोथी ३:१-१०, १२, १३; तीतस १:५-९) यसर्थ, तिनीहरू परमेश्‍वरको आत्माको लागि प्रार्थना गर्छन्‌ अनि उहाँको प्रेरित वचनबाट डोऱ्‍याइ खोज्छन्‌। (प्रेरित ६:२-४, ६; १४:२३) हामीलाई “विश्‍वासको . . . एकता” प्राप्त गर्न मदत गर्ने यी “पुरुषहरूमध्ये वरदानप्रति” कृतज्ञता देखाऔं।—एफिसी ४:८, ११-१६, NW.

१२. यहोवाले ईश्‍वरतान्त्रिक प्रबन्धमा स्त्रीहरू कसरी प्रयोग गर्नुहुन्छ?

१२ धर्मशास्त्रले मण्डलीको सुपरिवेक्षण गर्ने जिम्मा पुरुषहरूलाई सुम्पेको छ। यस प्रबन्धले स्त्रीहरूलाई होच्याउँदैन किनभने कोही-कोही स्त्रीहरू स्वर्गको राज्यका सहशासकहरू भएका छन्‌ अनि तिनीहरूले प्रचारकार्यको अधिकांश काम गर्छन्‌। (भजन ६८:११) साथै, आफ्नो पारिवारिक जिम्मेवारी पूरा गर्न लगनशील हुँदै स्त्रीहरूले मण्डलीको असल नाउँ राख्न योगदान पुऱ्‍याउँछन्‌। (तीतस २:३-५) तर मण्डलीभित्र शिक्षा दिने कार्य भने यी नियुक्‍त पुरुषहरूले नै गर्छन्‌। —१ तिमोथी २:१२, १३.

१३. (क) बाइबलले प्राचीनहरूलाई आफ्नो ओहदाबारे कस्तो दृष्टिकोण राख्न आग्रह गर्छ? (ख) हामी सबैले कुन सुअवसरमा भाग लिन सक्छौं?

१३ संसारमा प्रतिष्ठित ओहदा भएको व्यक्‍तिलाई महत्त्वपूर्ण ठानिन्छ तर परमेश्‍वरको संगठनभित्र यस्तो नियम लागू हुन्छ: “तिमीहरू सबैमा जो सबैभन्दा सानो छ, त्यही ठूलो हुन्छ।” (लूका ९:४६-४८; २२:२४-२६) धर्मशास्त्रले प्राचीनहरूलाई परमेश्‍वरको सम्पत्तिमाथि हैकम जमाउने होइन तर बगालको लागि उदाहरण बन्‍ने सल्लाह दिन्छ। (१ पत्रुस ५:२, ३) छानिएका दुई चार जना मात्र नभई यहोवाका सबै साक्षीहरू, पुरुष होस्‌ या स्त्री, सबैले ब्रह्‍माण्डको सार्वभौमको प्रतिनिधित्व गर्दै उहाँको नाउँ र उहाँको राज्यबारे सबै मानिसहरूलाई नम्र भई बताउने सुअवसर पाएका छन्‌।

१४. उल्लिखित शास्त्रपदहरू प्रयोग गरेर अनुच्छेदको अन्तमा दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌।

१४ हामीले आफैलाई यी प्रश्‍नहरू सोध्नु बेस हुनेछ: ‘यहोवाले आफ्नो दृश्‍य संगठनलाई कसरी डोऱ्‍याइरहनुभएको छ भनेर के मैले साँच्चै बुझेको छु? के यो मेरो मनोवृत्ति, बोली र काममा झल्कन्छ? निम्न बुँदाहरूमा मनन गरेर हामी प्रत्येकले आफ्नो मनोवृत्ति जाँच्न सक्छौं।

मण्डलीको शिर ख्रीष्ट हुनुहुन्छ भनेर म साँच्चै उहाँको अधीनमा बसें भने, निम्न शास्त्रपदहरूमा दिइएझैं मैले के गरिरहेको हुनेछु? (मत्ती २४:१४; २८:१९, २०; यूहन्‍ना १३:३४, ३५)

मैले दास वर्ग र यसको परिचालक निकायद्वारा दिइने आध्यात्मिक प्रबन्ध कृतज्ञ भई स्वीकार्दा कसलाई आदर देखाइरहेको हुन्छु? (लूका १०:१६)

मण्डलीमा सबैले तर विशेष गरी प्राचीनहरूले एकअर्कासित कस्तो व्यवहार गर्नुपर्छ? (रोमी १२:१०)

१५. (क) यहोवाको दृश्‍य संगठनप्रति आफ्नो मनोवृत्तिले हामी के देखाइरहेका हुन्छौं? (ख) दियाबललाई झूटो साबित गरेर यहोवाको हृदयलाई आनन्दित तुल्याउने हामीसित कस्ता मौकाहरू छन्‌?

१५ यहोवाले आज हामीलाई ख्रीष्टको अधीनमा रहेको दृश्‍य संगठनमार्फत डोऱ्‍याइरहनुभएको छ। यस प्रबन्धप्रति आफ्नो मनोवृत्तिले सार्वभौमिकताको विवादबारे हामीलाई कस्तो लाग्छ भनेर देखाइरहेका हुन्छौं। (हिब्रू १३:१७) शैतानले हामी आफ्नै कुरामा मात्र चासो राख्छौं भन्‍ने दाबी गर्छ। हामीले उचित ढंगमा सेवा गऱ्‍यौं र आफैतिर मात्र अनावश्‍यक ध्यानाकर्षण गर्ने कुराहरूबाट अलग्गै बस्यौं भने शैतानलाई झूटा साबित गर्छौं। हामीहरूका अगुवाहरूलाई प्रेम र आदर गरेर ‘लाभको खातिर मानिसको पक्षपात गर्न’ इन्कार गऱ्‍यौं भने यहोवालाई आनन्दित तुल्याइरहेका हुन्छौं। (यहूदा १६; हिब्रू १३:७) यहोवाको संगठनप्रति वफादार भएर हामी यहोवा हाम्रो परमेश्‍वर हुनुहुन्छ र हामी उहाँको उपासनामा एक छौं भनेर देखाइरहेका हुन्छौं।—१ कोरिन्थी १५:५८.

पुनरावृत्ति छलफल

• आज यहोवाको दृश्‍य संगठन के हो? यसको उद्देश्‍य के हो?

• मण्डलीको नियुक्‍त शिर को हुनुहुन्छ र कस्तो दृश्‍य प्रबन्धद्वारा उहाँले हामीलाई मायालु निर्देशन दिनुहुन्छ?

• यहोवाको संगठनमा भएकाहरूप्रति हामीले कस्तो उचित दृष्टिकोण विकास गर्नुपर्छ?

[पृष्ठ १३३-मा भएको चित्र]

यहोवाले ख्रीष्टको नेतृत्वको अधीनमा भएको आफ्नो दृश्‍य संगठनद्वारा हामीलाई डोऱ्‍याउनुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने