प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wt chap. २० pp. १७५-१८३
  • यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌
  • एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चिह्न देखेर सतर्क हुनुहोस्‌
  • मानिसहरू छुट्याउने
  • भविष्यमा के हुनेछ?
  • यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुने
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • प्रेषितहरू चिन्ह माग्छन्‌
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
wt chap. २० pp. १७५-१८३

अध्याय बीस

यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌

१. यस पुरानो रीतिरिवाजको दुःखकष्टबाट छुटकारा नजिकै छ भनेर पहिलो चोटि सुन्‍नुहुँदा तपाईंलाई कस्तो लाग्यो?

यहोवाले सारा पृथ्वीलाई प्रमोदवन बनाउने उद्देश्‍य राख्नुभएको छ भन्‍ने कुरा तपाईंले बाइबलबाट सुरु सुरुमा सिक्नुभएका कुराहरूमध्ये एउटा थियो। त्यस नयाँ संसारमा युद्ध, अपराध, गरिबी, बिरामी, दुःखकष्ट अनि मृत्यु केही पनि हुनेछैन। मरेकाहरू पनि बिउँताइनेछन्‌। कस्तो अद्‌भुत प्रत्याशा! यी कुराहरू चाँडै हुनेछन्‌ भन्‍ने प्रमाण, सन्‌ १९१४ मा ख्रीष्ट अदृश्‍य रूपमा उपस्थित हुनुभएर राजाको हैसियतमा शासन गर्न थाल्नु अनि यस दुष्ट संसारको आखिरी दिन सुरु हुनु हो। यी आखिरी दिनको अन्तमा यहोवाले यस वर्तमान रीतिरिवाजलाई नाश गर्नुभएर प्रतिज्ञा गरिएको नयाँ संसार स्थापना गर्नुहुनेछ।

२. “यहोवाको दिन” भनेको के हो?

२ बाइबलले यो आउँदै गरेको विनाशलाई “प्रभुको [“यहोवाको,” NW] दिन” भनेको छ। (२ पत्रुस ३:१०) यो शैतानको संसार विरुद्ध “परमप्रभुको रीसको दिन” हो। (सपन्याह २:३) यो “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” अर्थात्‌ “हिब्रू भाषामा आरमागेडोन भन्‍ने ठाउँमा” चरमोत्कर्षमा पुग्नेछ जहाँ “जम्मै पृथ्वीका राजाहरू जम्मा” गरेर नाश पारिनेछन्‌। (प्रकाश १६:१४, १६) यो “परमप्रभुको दिन” नजिकै छ भन्‍ने कुरामा तपाईं विश्‍वस्त हुनुहुन्छ भनी के तपाईंको जीवन शैलीले देखाउँछ?—सपन्याह १:१४-१८; यर्मिया २५:३३.

३. (क) यहोवाको दिन कहिले आउनेछ? (ख) यहोवाले “त्यस दिन कि घडीको विषयमा” केही नबताउनु कसरी लाभकारी साबित भएको छ?

३ शैतानको रीतिरिवाजमाथि न्याय कार्यान्वयन गर्ने व्यक्‍तिको हैसियतमा येशू आउनुहुने समय हामीलाई बाइबलले तोकेरै बताएको छैन। येशूले यसो भन्‍नुभयो, “त्यस दिन कि त्यस घडीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन—नता स्वर्गमा हुने स्वर्गदूतहरूले, न पुत्रले।” (मर्कूस १३:३२) यदि कसैले यहोवालाई साँचो प्रेम गर्दैन भने उहाँको दिनलाई अलि पछि सारेर अन्य सांसारिक दौडधूपको पछि लाग्ने झुकाव हुन सक्छ। तर यहोवालाई साँच्चै प्रेम गर्नेहरूले यस दुष्ट रीतिरिवाजको अन्त जुनसुकै बेला आए तापनि पूरा तनमनले यहोवाको सेवा गर्नेछन्‌।—भजन ३७:४; १ यूहन्‍ना ५:३.

४. सतर्क गराउँदै येशूले के भन्‍नुभयो?

४ यहोवालाई प्रेम गर्नेहरूलाई सतर्क गराउँदै येशू यसो भन्‍नुहुन्छ: “होशियार रहो, जागा बस . . . किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ।” (मर्कूस १३:३३-३७) उहाँले हामीलाई खाने पिउने वा “जीवनको फिक्री[मा]” चुर्लुम्मै डुबेर अहिले हामी बाँचिरहेको समयको गम्भीरता बुझ्न आग्रह गर्नुहुन्छ।—लूका २१:२४-३६; मत्ती २४:३७-४२.

५. पत्रुसले वर्णन गरेअनुसार यहोवाको दिनले के ल्याउनेछ?

५ त्यसरी नै पत्रुस हामीलाई यस्तो सल्लाह दिन्छन्‌, “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै [बस्नु], . . . जुन कारणबाट आगलागी भएको आकाश पग्लिहाल्नेछ, र तत्त्वहरू चाहिं उखुम गर्मीले गलिहाल्नेछ।” सबै मानव सरकारको चित्रण गर्ने “आकाश,” दुष्ट मानव समाजको चित्रण गर्ने “पृथ्वी” र यसका “तत्त्वहरू” अर्थात्‌ परमेश्‍वरबाट स्वतन्त्र अनि अनैतिक तथा भौतिकवादी जीवन शैलीले भरिएको यस दुष्ट संसारको सोचाइ तथा गतिविधि सबै नाश हुनेछन्‌। यसको बदलामा “नयाँ स्वर्ग [परमेश्‍वरको स्वर्गीय राज्य] र नयाँ पृथ्वी [नयाँ पार्थिव समाज]” हुनेछ जहाँ “धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१०-१३) विश्‍व नै हल्लाउने यी घटनाहरू कसैले नचिताएको दिन र घडीमा अकस्मात्‌ सुरु हुनेछन्‌।—मत्ती २४:४४.

चिह्न देखेर सतर्क हुनुहोस्‌

६. (क) येशूले आफ्ना चेलाहरूलाई दिनुभएको जवाफ, यहूदी रीतिरिवाजको अन्तमा कुन हदसम्म लागू भयो? (ख) येशूको जवाफको कुन अंशले १९१४ पछि भएका घटना तथा मनोवृत्तिबारे प्रस्ट पार्छ?

६ अहिले हामी बाँचिरहेको समयलाई विचार गर्दा “जगत्‌को अन्त” अर्थात्‌ आखिरी दिनलाई चिनाउने मिश्रित चिह्नका विवरणहरू हामीलाई राम्ररी थाह हुनुपर्छ। मत्ती २४:३ मा उल्लेख गरिएअनुसार येशूले आफ्ना चेलाहरूको प्रश्‍नको जवाफ दिनुहुँदा पद ४ देखि २२ सम्म वर्णन गरिएका केही विवरणहरू सा.यु. ३३ देखि ७० बीच यहूदी रीतिरिवाजमा सानो पूर्ति भयो। तर १९१४ देखि ख्रीष्टको उपस्थिति र जगत्‌को अन्तको समयमा उक्‍त भविष्यवाणीको प्रमुख पूर्ति भइरहेको छ। मत्ती २४:२३-२८ ले सा.यु. ७० देखि ख्रीष्टको उपस्थितिबीच हुने घटनाहरूबारे बताउँछ। मत्ती २४:२९–२५:४६ मा वर्णन गरिएका घटनाक्रम अन्तको समयमा हुन्छ।

७. (क) वर्तमान घटनाहरूले चिह्न पूरा भइरहेको देखाउँदा हामी व्यक्‍तिगत तवरमा किन सजग हुनुपर्छ? (ख) यो अनुच्छेदको अन्तमा दिइएका प्रश्‍नहरूको जवाफ दिंदै १९१४ देखि चिह्न कसरी पूरा भइरहेको छ भनेर देखाउनुहोस्‌।

७ चिह्नको पूर्ति हुने घटना तथा मनोवृत्तिप्रति हामी व्यक्‍तिगत तवरमा सजग हुनुपर्छ। यी कुराहरू बाइबल भविष्यवाणीहरूसित मिलान गर्दा हामीले यहोवाको दिनलाई विचार गर्दै अघि बढ्‌ने मदत पाउनेछौं। अनि हामी अरूलाई त्यो दिन कति नजिक छ भनी जोडदार ढंगमा चेतावनी दिन पनि सक्षम हुनेछौं। (यशैया ६१:१, २) यी कुराहरू मनमा राख्दै आउनुहोस्‌ हामी मत्ती २४:७ र लूका २१:१०, ११ मा लिपिबद्ध चिह्नका केही बुँदाहरू प्रकाश पार्ने निम्न प्रश्‍नहरूमा ध्यान देऔं।

“जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ” भन्‍ने भविष्यवाणी १९१४ देखि कस्तो असामान्य ढंगामा पूरा भइरहेको छ? युद्धहरूको सन्दर्भमा त्यतिबेलादेखि के भइरहेको छ?

सन्‌ १९१८ मा कुन रूढीले प्रथम विश्‍वयुद्धमा भन्दा बढी मानिसहरूको ज्यान लियो? चिकित्साजगत्‌मा भएको प्रगतिको बावजुद कस्ता रोगहरूले अझै लाखौंको ज्यान लिइरहेको छ?

गत शताब्दीमा भएका वैज्ञानिक उपलब्धिको बावजुद अनिकालले पृथ्वीमा कस्तो असर पारेको छ?

दोस्रो तिमोथी ३:१-५, १३ ले सुरुदेखि जस्तै गरी चलिआएका घटनालाई नभई आखिरी दिनमा खराब परिस्थिति झन्‌-झन्‌ खराब हुँदै गइरहेको कुरा बताउँछ भनेर तपाईं कसरी विश्‍वस्त हुन सक्नुहुन्छ?

मानिसहरू छुट्याउने

८. (क) मत्ती १३:२४-३०, ३६-४३ मा वर्णन गरिएको अरू कुन कुरा येशूले जगत्‌को अन्तमा हुनेछ भन्‍नुभयो? (ख) येशूले भन्‍नुभएको उखानको अर्थ के हो?

८ जगत्‌को अन्तसित सम्बन्धित अन्य उल्लेखनीय घटनाहरूबारे पनि येशूले बताउनुभयो। एउटा हो, “राज्यका सन्तान” र “दुष्टका सन्तान” छुट्याउने। येशूले यसबारे गहुँको खेतमा शत्रुले सामा छरेको उखानमा बताउनुभयो। उहाँले बताउनुभएको उखानमा “गहुँ” भनेको साँचो अभिषिक्‍त मसीहीहरू हुन्‌। “सामा” भनेको मसीही हुँ भनी दाबी गर्ने तर संसारको शासक दियाबलप्रति आसक्‍त भएर आफू “दुष्टका सन्तान” भएको प्रमाणित गर्नेहरू हुन्‌। यिनीहरूलाई “[परमेश्‍वरको] राज्यका सन्तान[बाट]” छुट्याएर विनाशको लागि चिह्न लगाइन्छन्‌। (मत्ती १३:२४-३०, ३६-४३) के यो कार्य साँच्चै सुरु भइसक्यो?

९. (क) प्रथम विश्‍वयुद्धपछि मसीही भनौंदाहरूमाझ कस्तो ठूलो छुट्याउने कार्य भयो? (ख) अभिषिक्‍त मसीहीहरूले आफू परमेश्‍वरको राज्यका साँचो सेवक हुन्‌ भनेर कसरी प्रमाण दिए?

९ मसीही हुँ भनी दाबी गर्ने सबैलाई प्रथम विश्‍वयुद्धपछि दुइटा वर्गमा छुट्याइयो: (१) मसीहीजगत्‌का पादरीवर्ग तथा तिनीहरूका अनुयायीहरू आफ्नो राष्ट्रप्रति वफादार हुनुका साथै तिनीहरूले राष्ट्रसंघको (अहिले संयुक्‍त राष्ट्रसंघ) पनि जोडतोडले समर्थन गरे अनि (२) युद्धपश्‍चात्‌का साँचो मसीहीहरूले संसारका राष्ट्रहरूलाई नभई परमेश्‍वरको मसीही राज्यलाई पूर्णतया समर्थन गरे। (यूहन्‍ना १७:१६) यिनीहरूले सारा संसारमा “राज्यको यो सुसमाचार” प्रचार गरेर आफूलाई परमेश्‍वरको राज्यका साँचो सेवक प्रमाणित गरे। (मत्ती २४:१४) परिणाम कस्तो भएको छ?

१०. परमेश्‍वरको राज्य प्रचार कार्यको पहिलो परिणाम कस्तो भयो?

१० सर्वप्रथम, स्वर्गीय राज्यमा ख्रीष्टसित सहभागी हुने आशा भएका अनि परमेश्‍वरको आत्माद्वारा अभिषिक्‍त भएका शेष जनहरू जम्मा गर्ने कार्य भयो। त्यस्ता जनहरू विभिन्‍न राष्ट्रहरूमा छरिएका भए तापनि तिनीहरूलाई संगठनात्मक एकतामा बाँधियो। यी अभिषिक्‍त जनहरू सबैलाई छाप लगाउने काम पूरा हुने समय नजीकै छ।—प्रकाश ७:३, ४.

११. (क) जम्मा गर्ने कस्तो कार्य भइरहेको छ र यो कुन भविष्यवाणीअनुरूप हो? (ख) यस भविष्यवाणीको पूर्तिले कुन कुराको संकेत दिन्छ?

११ त्यसपछि, ख्रीष्टको निर्देशनमा “हरेक जातिबाटको र सबै कुलको र मानिसको र भाषा भाषाहरूको एक ठूलो भीड” जम्मा गर्ने कार्य सुरु भयो। यी “महा संकष्टबाट” बचेर परमेश्‍वरको नयाँ संसारमा प्रवेश गर्ने “अरू भेडा” हुन्‌। (प्रकाश ७:९, १४; यूहन्‍ना १०:१६) परमेश्‍वरको राज्यको प्रचारकार्य अन्त आउनुअघि अहिलेसम्म चलिरहेको छ। अहिले लाखौंको संख्यामा पुगिसकेको अरू भेडाको ठूलो भीड वफादार भई राज्यको सन्देश घोषणा गर्ने यस अत्यावश्‍यक कार्यमा अभिषिक्‍त शेष जनहरूलाई मदत गरिरहेका छन्‌। यो सन्देश सारा संसारभरि सुनाइँदैछ।

भविष्यमा के हुनेछ?

१२. यहोवाको दिन आउनुअघि अझ कति धेरै प्रचारकार्य गर्न बाँकी छ?

१२ माथि उल्लिखित सबै कुराहरूले हामी आखिरी दिनको अन्त नजिकै छौं र यहोवाको दिन सँघारमै छ भनेर संकेत गर्छ। तर के त्यस भयानक दिन सुरु हुनुअघि पूरा हुनुपर्ने भविष्यवाणीहरू छन्‌? छन्‌। एउटा हो, राज्यको पक्ष र विपक्षमा रहने मानिसहरू को हुन्‌ भनेर छुट्याउने कार्य पूरा भइसकेको छैन। वर्षौंदेखि कठोर सतावट भोग्दै आएका कुनै-कुनै मुलुकमा अहिले नयाँ चेलाहरूको संख्यामा निकै वृद्धि भएको छ। मानिसहरूले सुसमाचार सुन्‍न इन्कार गर्ने ठाउँहरूमा समेत हाम्रो साक्षी कार्यद्वारा यहोवाको कृपा प्रदर्शित भइरहेको छ। त्यसकारण, यो काम अघि बढ्‌दैछ! यो काम पूरा भएपछि अन्त आउनेछ भनी येशू हामीलाई आश्‍वासन दिनुहुन्छ।

१३. पहिलो थिस्सलोनिकी ५:२, ३ मा बताइएअनुसार कुन उल्लेखनीय घटना हुन बाँकी छ र त्यसले हाम्रोलागि कस्तो अर्थ राख्नेछ?

१३ अर्को अत्यन्तै महत्त्वपूर्ण बाइबल भविष्यवाणी यसो भन्छ: “जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्‌, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्‌।” (१ थिस्सलोनिकी ५:२, ३) “शान्ति र सुरक्षित” भन्‍ने घोषणाले कस्तो रूप लिनेछ, हेर्न बाँकी नै छ। तर यसको मतलब संसारका नेताहरूले मानिसजातिको समस्या समाधान गरिसकेका हुनेछन्‌ भन्‍ने होइन। यहोवाको दिनको बाटो हेर्दै अघि बढ्‌नेहरू यो घोषणाको बहकाउमा पर्नेछैनन्‌। तिनीहरूलाई थाह छ, यो घोषणाको तुरुन्तैपछि अकस्मात्‌ विनाश आउनेछ।

१४. महासंकष्टको बेला कस्ता घटनाहरू हुनेछन्‌ अनि घटनाक्रम कस्तो हुनेछ?

१४ महासंकष्टको सुरुमा संसारका शासकहरू झूटो धर्मको विश्‍वसाम्राज्य, महान्‌ बेबिलोन विरुद्ध खडा भएर त्यसलाई विनाश गर्न अग्रसर हुनेछन्‌। (मत्ती २४:२१; प्रकाश १७:१५, १६) त्यसपछि, यहोवाको सार्वभौमिकता उच्च पार्नेहरू विरुद्ध राष्ट्रहरू जाइलाग्नेछन्‌ अनि राजनैतिक सरकार तथा त्यसका समर्थकहरू विरुद्ध यहोवाको क्रोध दन्किएर तिनीहरूलाई भस्म पार्नेछ। त्यो महासंकष्टको चरमोत्कर्ष आरमागेडोन हुनेछ। तब, शैतान र त्यसका प्रेतहरू अगाध खाँदमा थुनिनेछ र त्यसले मानिसहरूलाई बहकाउन पाउनेछैन। यसरी यहोवाको दिनको अन्तमा उहाँको नाउँ उच्च पारिनेछ।—इजकिएल ३८:१८, २२, २३; प्रकाश १९:११–२०:३.

१५. यहोवाको दिन धेरै टाढा छ भन्‍ने तर्क गर्नु किन बुद्धिमानी हुनेछैन?

१५ यस रीतिरिवाजको अन्त परमेश्‍वरको तालिकाअनुसार तोकिएको समयमै आउनेछ। यसले ढिलो गर्नेछैन। (हबकूक २:३) नबिर्सनुहोस्‌, यहूदीहरूले आशा नगरेको र खतरा टरिसक्यो भन्ठानेको बेला सा.यु. ७० मा यरूशलेमको विनाश भयो। अनि पुरातन बेबिलोन नि? यो शक्‍तिशाली, निर्धक्क अनि विशाल पर्खालहरूले सुरक्षित शहर थियो। तर एकै रातमा यसको पतन भयो। त्यसरी नै वर्तमान दुष्ट रीतिरिवाजमाथि अकस्मात्‌ विनाश आइपर्नेछ। त्यो दिन आउँदा हामी यहोवाको दिनको बाटो हेर्दै साँचो उपासनामा एकताबद्ध रहिरहन सकौं।

पुनरावृत्ति छलफल

• यहोवाको दिनको बाटो हेर्नु किन अत्यावश्‍यक छ? हामी कसरी यसो गर्न सक्छौं?

• मानिसहरूलाई छुट्याउने अहिले भइरहेको कार्यबाट व्यक्‍तिगत तवरमा हामी कसरी प्रभावित छौं?

• यहोवाको दिन सुरु हुनुअघि अझ के हुनेछ? त्यसकारण, व्यक्‍तिगत तवरमा हामीले के गरिरहेको हुनुपर्छ?

[पृष्ठ १८०-मा भएको चित्र]

शैतानको रीतिरिवाजको विनाश हुँदा अन्तिम दिनको अन्त पनि चाँडै हुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने