प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh p. १९७-p. १९९ par. २
  • मसीह देखा पर्ने समयबारे दानियलको भविष्यवाणी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मसीह देखा पर्ने समयबारे दानियलको भविष्यवाणी
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • मिल्दोजुल्दो सामग्री
  • मसीह देखापर्ने समयबारे दानियलले गरेको भविष्यवाणी
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मसीहको आगमनको समय प्रकट गरियो
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • “हामीले मसीहलाई भेट्टाएका छौं!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • निर्वासनमा रहेका भविष्यवक्‍ताले भविष्यको दर्शन पाउँछन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
बाइबलले वास्तवमा के सिकाउँछ?
bh p. १९७-p. १९९ par. २

अतिरिक्‍त लेख

मसीह देखा पर्ने समयबारे दानियलको भविष्यवाणी

भविष्यवक्‍ता दानियल येशूभन्दा ५०० वर्षअघि जन्मिएका थिए। यहोवाले दानियललाई दिनुभएको जानकारीको आधारमा येशू कहिले मसीहको रूपमा नियुक्‍त हुनुहुने थियो भनेर ठ्याक्कै थाह पाउन सकिन्थ्यो। दानियलले यस्तो लेखे: ‘यो जान र बुझ, यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण हुनेछ भन्‍ने वचन निस्केको समयदेखि एक अभिषेक जन देखा परेको समयसम्म सात हप्ता र बासट्ठी हप्ता बित्नेछ।’—दानियल ९:२५.

मसीह देखा पर्ने समय थाह पाउन हामीले दानियलको भविष्यवाणी कहिलेदेखि पूरा हुन थाल्यो, त्यो पत्ता लगाउनुपर्छ। “यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण हुनेछ भन्‍ने वचन निस्केको समयदेखि” त्यो भविष्यवाणी पूरा हुन थाल्यो। तर त्यो “वचन निस्केको” कहिले हो? बाइबलका एक जना लेखक नहेम्याहअनुसार यरूशलेमको पर्खाल पुनर्निर्माण हुनेछ भन्‍ने वचन “आर्ट-जारसेज राजाको बीसौं वर्ष”-मा निस्कियो। (नहेम्याह २:१, ५-८) इतिहासकारहरूअनुसार फारसका राजा आर्टजारसेजको शासन ईसापूर्व ४७५ मा सुरु भयो। त्यसैले ईसापूर्व ४५५ तिनको शासनको २० औं वर्ष थियो। दानियलले मसीहबारे गरेको भविष्यवाणी ईसापूर्व ४५५ देखि सुरु हुन थाल्यो।

दानियलको भविष्यवाणीले ‘सात हप्ता र बासट्ठी हप्ता’ अर्थात्‌ जम्मा ६९ हप्ता बितेपछि “अभिषेक जन” अर्थात्‌ मसीह देखा पर्नेछ भनेर सङ्‌केत गर्छ। यो कति लामो समय हो? थुप्रै बाइबल अनुवादक एक दिन बराबर एक वर्ष मानेर ६९ हप्ताको गणना गर्नुपर्छ भन्छन्‌। यसको अर्थ एक हप्ताले सात वर्षलाई बुझाउँछ। यहूदीहरूले हरेक सात-सात दिनमा विश्राम दिन मनाएझैं हरेक सात-सात वर्षमा विश्राम वर्ष मनाउँथे। त्यसकारण एक हप्ताले सात दिनलाई बुझाएजस्तै एक हप्ताले सात वर्षलाई बुझाउँछ भनेर पनि यहूदीहरूलाई थाह थियो। (प्रस्थान २३:१०, ११) त्यसैले ६९ हप्ताले ६९ गुना ७ वर्ष अर्थात्‌ जम्मा ४८३ वर्षलाई बुझाउँछ।

अब हामीले ईसापूर्व ४५५ देखि ४८३ वर्षसम्म गन्दै लग्यौं भने इस्वी संवत्‌ २९ मा पुग्छौं। ठीक यसै वर्ष येशूको बप्तिस्मा भयो र उहाँ मसीह नियुक्‍त हुनुभयो!a (लूका ३:१, २, २१, २२) बाइबल भविष्यवाणीको कति आश्‍चर्यजनक पूर्ति!

Chart: The prophecy of the seventy weeks in Daniel 9 foretells the arrival of the Messiah

a ईसापूर्व ४५५ देखि ईसापूर्व १ सम्म ४५४ वर्ष हुन्छ। अनि ईसापूर्व १ देखि इस्वी संवत्‌ १ सम्म एक वर्ष हुन्छ। इस्वी संवत्‌ १ देखि इस्वी संवत्‌ २९ सम्ममा २८ वर्ष हुन्छ। यी तीनैवटा सङ्‌ख्यालाई (४५४+१+२८) जोड्यौं भने जम्मा ४८३ वर्ष हुन्छ। भविष्यवाणीअनुसारै ७० औं हप्तामा अर्थात्‌ इस्वी संवत्‌ ३३ मा येशूलाई ‘हटाइयो’ अर्थात्‌ उहाँको मृत्यु भयो। (दानियल ९:२४, २६) यहोवाका साक्षीहरूद्वारा प्रकाशित दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! किताबको अध्याय ११ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने