प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh पृ. २०४-पृ. २०५ अनु. ४
  • साँचो ख्रीष्टियनहरू उपासना गर्दा किन क्रस चलाउँदैनन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो ख्रीष्टियनहरू उपासना गर्दा किन क्रस चलाउँदैनन्‌?
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका साक्षीहरू उपासना गर्दा किन क्रस प्रयोग गर्दैनन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • क्रस
    ब्यूँझनुहोस्‌!—२०१७
बाइबलले वास्तवमा के सिकाउँछ?
bh पृ. २०४-पृ. २०५ अनु. ४

अतिरिक्‍त लेख

साँचो ख्रीष्टियनहरू उपासना गर्दा किन क्रस चलाउँदैनन्‌?

लाखौं मानिस क्रसको उपासना र आदर गर्छन्‌। दी इन्साइक्लोपीडिया ब्रिटानिका-ले क्रसलाई “ख्रीष्टियन धर्मको प्रमुख चिह्न” भन्छ। तर साँचो ख्रीष्टियनहरू उपासना गर्दा क्रस चलाउँदैनन्‌। किन?

एउटा प्रमुख कारण हो, येशू ख्रीष्टलाई क्रसमा मारिएको थिएन। ग्रीक शब्द स्टाउरोस-लाई साधारणतया “क्रस” भनी अनुवाद गरिन्छ। यसले “ठाडो खम्बा वा काठलाई” बुझाउँछ। द कमप्यानियन बाइबल यसो भन्छ: “[स्टाउरोस] शब्दले एउटा काठमाथि अर्को काठलाई कुनै कोण बन्‍नेगरि खप्ट्याउनु भन्‍ने अर्थ कहिल्यै बुझाउँदैन। . . . ग्रीक भाषाको [नयाँ नियममा] दुई टुक्रा काठलाई बुझाउने कुनै शब्द प्रयोग गरिएको छैन।”

येशूलाई मृत्युदण्ड दिन प्रयोग गरिएको साधनलाई बुझाउन बाइबल लेखकहरूले केही पदमा अर्कै शब्द चलाएका छन्‌। त्यो हो, ग्रीक शब्द जाइलन। (प्रेषित ५:३०; १०:३९; १३:२९; गलाती ३:१३; १ पत्रुस २:२४) यस शब्दको अर्थ केवल “काठ” वा “छडी, लट्ठी वा रूख” हो।

मृत्युदण्ड दिन एउटा साधारण खम्बा किन प्रयोग गरिन्थ्यो, त्यसबारे क्रस र क्रसमा टाँग्ने विधिसम्बन्धी एउटा किताबका लेखक हर्मान फुल्दाले यस्तो लेखे: “सार्वजनिक रूपमा मृत्युदण्ड दिन जुन ठाउँ छानिन्थ्यो, तीमध्ये कतिपय ठाउँमा रूख पाइँदैनथ्यो। त्यसैले एउटा ठाडो थाम भुइँमा गाडिन्थ्यो र अपराधीहरूको हातलाई मास्तिर तन्काएर त्यसमा बाँधिन्थ्यो वा कीला ठोकिन्थ्यो। प्रायजसो अवस्थामा तिनीहरूको खुट्टा पनि बाँधिन्थ्यो वा त्यसमा कीला ठोकिन्थ्यो।”

तर सबैभन्दा चित्तबुझ्दो प्रमाण परमेश्‍वरको वचनमा पाइन्छ। येशूका चेला पावलले यसो भने: “ख्रीष्टले हामीलाई किन्‍नुभयो र हाम्रो सट्टामा आफै श्रापित हुनुभएर हामीलाई मोशाको व्यवस्थाको श्रापबाट छुटाउनुभयो किनभने यस्तो लेखिएको छ: ‘खम्बामा [“काठमा,” RV] टाँगिएको हरेक मानिस श्रापित होस्‌।’” (गलाती ३:१३) यहाँ पावलले व्यवस्था २१:२२, २३ उद्धरण गरेका छन्‌, जहाँ स्पष्टगरि क्रस नभई रूखबारे बताइएको छ। झुन्ड्याएर मारिने व्यक्‍ति “श्रापित” हुने भएकोले ख्रीष्टलाई झुन्ड्याइएको चित्र तथा मूर्तिहरू ख्रीष्टियनहरूले आफ्नो घरमा सजाएर राख्नु हुँदैन।

ख्रीष्टको मृत्यु भएको ३०० वर्षसम्म पनि ख्रीष्टियनहरूले उपासना गर्दा क्रस प्रयोग गरेको कुनै प्रमाण भेटिंदैन। तर चौथो शताब्दीमा रोमका सम्राट्‌ कन्स्टान्टिनले ख्रीष्टियन भनौदाहरूको धर्म अँगाले, जुन धर्म ख्रीष्टको शिक्षाअनुसार चल्दैनथ्यो। ती सम्राट्‌ले क्रसलाई ख्रीष्टियन धर्मको चिह्न बनाउन बढावा दिए। कन्स्टान्टिनको मनसाय जस्तोसुकै भए तापनि येशू ख्रीष्टसित क्रसको कुनै सम्बन्ध थिएन। वास्तवमा क्रसको सुरुवात मूर्तिपूजासित सम्बन्धित छ। न्यु क्याथोलिक इन्साइक्लोपीडिया यसो भन्छ: “येशूको समयभन्दा पहिलेका धर्महरूमा र गैर-ख्रीष्टियन धर्ममा क्रसको प्रयोग पाइन्छ।” अरू विभिन्‍न आधिकारिक किताबअनुसार क्रसको सम्बन्ध प्रकृतिको उपासना र झूटो धर्मको प्रजनन रीतिरिवाजसित छ।

त्यसोभए यस गैर-ख्रीष्टियन चिह्नको प्रयोग गर्न किन बढावा दिइयो? गैर-ख्रीष्टियनहरूलाई “झूटो ख्रीष्टियन धर्म” अँगाल्न सजिलो होस्‌ भनेर यसो गरिएको हुनुपर्छ। तर कुनै पनि गैर-ख्रीष्टियन चिह्नको उपासना गर्नुलाई बाइबलमा निन्दा गरिएको छ। (२ कोरिन्थी ६:१४-१८) बाइबलले सबै प्रकारको मूर्तिपूजा निषेध गरेको छ। (प्रस्थान २०:४, ५; १ कोरिन्थी १०:१४) त्यसकारण साँचो ख्रीष्टियनहरू उपासना गर्दा क्रस चलाउँदैनन्‌।a

a क्रससम्बन्धी विस्तृत छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित पवित्र बाइबल—नयाँ संसार अनुवाद, अतिरिक्‍त लेख ६, पृष्ठ ६०४-६०६ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने