प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh p. २१८-p. २१९
  • प्रधान दूत माइकल को हुन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रधान दूत माइकल को हुन्‌?
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • मिल्दोजुल्दो सामग्री
  • प्रधान-स्वर्गदूत माइकल को हुनुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रधान दूत माइकल को हुन्‌?
    ब्यूँझनुहोस्‌!—२००२
  • स्वर्गदूतहरूबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh p. २१८-p. २१९

अतिरिक्‍त लेख

प्रधान दूत माइकल को हुन्‌?

माइकल नाम गरेका स्वर्गदूतबारे बाइबलमा धेरै चोटि उल्लेख गरिएको पाइँदैन। तर तिनीबारे उल्लेख गरिंदा तिनी कुनै न कुनै काममा सक्रिय भई लागिरहेका हुन्छन्‌। दानियलको किताबमा माइकल दुष्ट स्वर्गदूतहरूसित लड्‌दै गरेको विवरण पाइन्छ। यहूदाको पत्रमा तिनी सैतानसँग विवाद गर्दै गरेको अनि प्रकाशको किताबमा सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूसित लडाइँ गर्दै गरेको विवरण पाइन्छ। यहोवाको शासनको पक्षमा खडा हुँदै र उहाँका शत्रुहरूसित लड्‌दै माइकल आफ्नो नामअनुसारकै काम गर्छन्‌। तिनको नामको अर्थ हो, “परमेश्‍वरजस्तो को छ?” तर को हुन्‌ माइकल?

कोही-कोही व्यक्‍ति धेरै नामले चिनिन्छन्‌। उदाहरणका लागि, कुलपिता याकूबलाई इस्राएल अनि प्रेषित पत्रुसलाई सिमोन पनि भनिन्थ्यो। (उत्पत्ति ४९:१, २; मत्ती १०:२) त्यसैगरि येशू ख्रीष्ट पृथ्वीमा आउनुअघि र स्वर्ग फर्केपछिको नाम माइकल हो भनी बाइबलले सङ्‌केत गर्छ। हामी यस्तो निष्कर्षमा किन पुग्न सक्छौं, बाइबलबाट केही प्रमाण जाँचेर हेरौं।

प्रधान दूत: परमेश्‍वरको वचनमा माइकललाई “प्रधान दूत” भनिएको छ। (यहूदा ९) याद गर्नुहोस्‌, बाइबलमा “प्रधान दूत” भन्‍ने शब्द बहुवचनमा नभई सधैं एकवचनमा मात्र प्रयोग गरिएको छ। यसबाट प्रधान दूत एक जना मात्र छ भनी स्पष्ट हुन्छ। साथै बाइबलमा येशू र प्रधान दूत एउटै हुनुहुन्छ भन्‍ने सङ्‌केत पाइन्छ। पुनर्जीवित भएका प्रभु येशू ख्रीष्टबारे १ थिस्सलोनिकी ४:१६ यसो भन्छ: “प्रभु स्वयम्‌ ठूलो सोर, प्रधान दूतको आवाज अनि परमेश्‍वरको बिगुलको आवाजसहित स्वर्गबाट ओर्लनुहुनेछ।” यहाँ येशूको सोरलाई प्रधान दूतको आवाज भनिएको छ। त्यसकारण यस शास्त्रपदबाट येशू नै प्रधान दूत माइकल हुनुहुन्छ भनेर स्पष्ट हुन्छ।

सेनापति: ‘माइकल र उनका स्वर्गदूतहरूले त्यस अजिङ्‌गरसित अनि त्यसका स्वर्गदूतहरूसित युद्ध गरे’ भनी बाइबल बताउँछ। (प्रकाश १२:७) अतः माइकल वफादार स्वर्गदूतहरूका सेनापति हुनुहुन्छ। येशू वफादार स्वर्गदूतहरूको सेनाका नेता हुनुहुन्छ भनेर पनि प्रकाशको किताबमा वर्णन गरिएको छ। (प्रकाश १९:१४-१६) अनि प्रेषित पावलले “प्रभु येशू” र ‘उहाँका शक्‍तिशाली स्वर्गदूतहरू’ भनेर तोकेरै उल्लेख गरेका छन्‌। (२ थिस्सलोनिकी १:७) त्यसैले बाइबलमा माइकल र ‘तिनका स्वर्गदूतहरू’ अनि येशू र ‘उहाँका स्वर्गदूतहरू’ दुवैबारे बताइएको छ। (मत्ती १३:४१; १६:२७; २४:३१; १ पत्रुस ३:२२) माइकलको नेतृत्वमा एउटा सेना अनि येशूको नेतृत्वमा अर्कै सेना छ भनी बाइबलमा कतै पनि उल्लेख गरिएको छैन। त्यसैले माइकल अरू कोही नभई स्वर्गमा विशेष भूमिका निभाइरहेका येशू ख्रीष्ट हुनुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने