प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ५ pp. ४-५
  • स्वर्गदूतहरूबारे सत्य कुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्गदूतहरूबारे सत्य कुरा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • स्वर्गदूत
    ब्यूँझनुहोस्‌!—२०१७
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ५ pp. ४-५
प्रधान दूत र अरू करोडौं स्वर्गदूतहरू

आवरण लेख | स्वर्गदूतहरू—तिनीहरू साँच्चै छन्‌? हामीलाई कस्तो प्रभाव पार्छन्‌?

स्वर्गदूतहरूबारे सत्य कुरा

के तपाईं स्वर्गदूतहरूबारे सत्य कुरा बुझ्न चाहनुहुन्छ? जस्तै, तिनीहरू को हुन्‌, कसरी अस्तित्वमा आए र के गर्छन्‌? यी प्रश्‍नहरूको भरपर्दो जवाफ परमेश्‍वरको वचन बाइबलमा पाइन्छ। (२ तिमोथी ३:१६) आउनुहोस्‌, बाइबल के भन्छ, जाँचौं।

  • परमेश्‍वरजस्तै स्वर्गदूतहरू पनि अदृश्‍य प्राणी हुन्‌। तिनीहरूको “हाड र मासु” हुँदैन। वफादार स्वर्गदूतहरू परमेश्‍वरसँगै स्वर्गमा बस्छन्‌।—लूका २४:३९; मत्ती १८:१०; यूहन्‍ना ४:२४.

  • परमेश्‍वरले दिनुभएको काम पूरा गर्न पृथ्वीमा आउँदा स्वर्गदूतहरू कहिलेकाहीं मानिसको भेषमा देखा पर्थे अनि काम पूरा भएपछि फेरि आत्मिक शरीर धारण गर्थे।—न्यायकर्त्ता ६:११-२३; १३:१५-२०.

  • बाइबलमा स्वर्गदूतहरूबारे चर्चा गरिंदा तिनीहरूलाई पुरुषको रूपमा प्रस्तुत गरिएको छ। तिनीहरू मानिसको रूप धारण गर्दा पनि पुरुषकै भेषमा देखा पर्थे। तर वास्तवमा तिनीहरूमा पुरुष वा स्त्री भन्‍ने हुँदैन। तिनीहरू विवाह गर्दैनन्‌ र बच्चा पनि जन्माउँदैनन्‌। तिनीहरू पृथ्वीमा मानिसको रूपमा सृष्टि भएर पछि स्वर्गदूत भएका होइनन्‌। बरु यहोवाले तिनीहरूलाई सीधै स्वर्गदूतको रूपमा सृष्टि गर्नुभएको थियो। त्यसकारण बाइबलमा तिनीहरूलाई “परमेश्‍वरका छोराहरू” भनेर सम्बोधन गरिएको छ।—अय्यूब १:६, TBS; भजन १४८:२, ५.

  • बाइबलमा “मानिसहरूको र स्वर्गदूतहरूको भाषा”-बारे उल्लेख गरिएको छ। यसबाट स्वर्गदूतहरूको पनि आफ्नो छुट्टै भाषा छ भनेर देखिन्छ। परमेश्‍वरले मानिसहरूसँग कुराकानी गर्न स्वर्गदूतहरू प्रयोग गर्नुभए तापनि तिनीहरूको उपासना गर्न वा तिनीहरूलाई प्रार्थना गर्न भने निषेध गर्नुभएको छ।—१ कोरिन्थी १३:१; प्रकाश २२:८, ९.

  • स्वर्गदूतहरू करोडौं-करोड अर्थात्‌ अरबौंको सङ्‌ख्यामा छन्‌।—दानियल ७:१०; प्रकाश ५:११.

  • स्वर्गदूतहरू “शक्‍तिशाली” छन्‌। तिनीहरू शारीरिक र बौद्धिक तवरमा मानिसहरूभन्दा कता हो कता श्रेष्ठ छन्‌। तिनीहरू असाध्यै द्रुत गतिमा एक ठाउँदेखि अर्को ठाउँमा जान सक्छन्‌, तिनीहरू कुनै भौतिक नियमको अधीनमा छैनन्‌।—भजन १०३:२०, NRV; दानियल ९:२०-२३.

  • स्वर्गदूतहरू मानिसहरूभन्दा बुद्धिमान्‌ र शक्‍तिशाली भए तापनि तिनीहरूको सीमितता छ। तिनीहरूले थाह पाउन नसक्ने कुराहरू पनि छन्‌।—मत्ती २४:३६; १ पत्रुस १:१२.

  • स्वर्गदूतहरू विभिन्‍न व्यक्‍तित्व र गुणका साथै स्वतन्त्र इच्छासहित सृष्टि भएका थिए। त्यसकारण मानिसहरूजस्तै तिनीहरूसँग सही र गलत छनौट गर्ने स्वतन्त्रता छ। तर दुःखको कुरा केही स्वर्गदूतहरूले परमेश्‍वरको विरुद्धमा खडा हुने छनौट गरे।—यहूदा ६.

परमेश्‍वरले आफ्ना दूतहरूलाई कसरी व्यवस्थित पार्नुभएको छ?

प्रधान दूत, माइकललाई अरू सबै स्वर्गदूतहरूभन्दा धेरै शक्‍ति र अख्तियार दिइएको छ। बाइबलले येशूको अर्को नाम माइकल हो भनेर स्पष्टसँग बताएको छ।—१ थिस्सलोनिकी ४:१६; यहूदा ९. 

सराफहरूले अरू स्वर्गदूतहरूभन्दा उच्च ओहदा र आदर पाएका छन्‌। तिनीहरू परमेश्‍वरको सिंहासनको वरिपरि खडा भइरहन्छन्‌।—यशैया ६:१-३.

करूबहरूलाई पनि उच्च ओहदा दिइएको छ। तिनीहरू सर्वशक्‍तिमान्‌ परमेश्‍वरको नजिकै रहेर उहाँको सेवा गर्छन्‌ र खास जिम्मेवारीहरू वहन गर्छन्‌। बाइबलमा तिनीहरूलाई परमेश्‍वरसँगै उपस्थित भएको देखाइएको छ।—उत्पत्ति ३:२४; इजकिएल ९:३; ११:२२.

अरू करोडौं स्वर्गदूतहरू सर्वोच्च परमेश्‍वरको इच्छा पूरा गर्न उहाँको सन्देशवाहक र प्रतिनिधिको रूपमा सेवा गर्छन्‌।a—हिब्रू १:७, १४.

a स्वर्गदूतहरूबारे थप जानकारीका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १० हेर्नुहोस्‌ साथै “प्रधान दूत माइकल को हुन्‌?” शीर्षकको अतिरिक्‍त लेख पनि हेर्नुहोस्‌। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने