प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh पृ. २२२-पृ. २२३
  • के हामीले चाडपर्व मनाउनु हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के हामीले चाडपर्व मनाउनु हुन्छ?
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका साक्षीहरू किन कुनै-कुनै चाडपर्व र उत्सव मनाउँदैनन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • इस्टर वा स्मरणार्थ—यीमध्ये कुन चाहिं मनाउनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • १३. के सबै किसिमको चाडपर्व तथा उत्सव परमेश्‍वरलाई स्वीकार्य छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • के मानिसहरूले मनाउने सबै चाडपर्व र उत्सवले परमेश्‍वरलाई खुसी बनाउँछ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh पृ. २२२-पृ. २२३

अतिरिक्‍त लेख

के हामीले चाडपर्व मनाउनु हुन्छ?

आज थुप्रै ठाउँमा मनाइने लोकप्रिय चाडपर्व बाइबलमा आधारित छैन। ती चाडपर्व कसरी सुरु भए? पुस्तकालयमा गएर चाडपर्वबारे अनुसन्धान गर्नुभयो भने तपाईं छक्कै पर्नुहोला। केही उदाहरण विचार गरौं।

भ्यालेन्टाइन डे: “भ्यालेन्टाइन डेमा (प्रेम दिवस) भ्यालेन्टाइन नाम गरेका दुई जना सन्तको सम्झना गरिन्छ। तर यो दिवस . . . सम्भवतः प्राचीन रोमीहरूले फेब्रुअरी १५ मा मनाउने लुपरकालिया भनिने पर्वसित सम्बन्धित छ। यस पर्वमा रोमीहरू विवाह तथा स्त्रीहरूकी देवी जुनो र प्रकृतिको देव पानको उपासना गर्थे।”—द वर्ल्ड बूक इन्साइक्लोपीडिया (१९७३), खण्ड २०, पृष्ठ २०४.

नयाँ वर्ष: नयाँ वर्ष मनाउने मिति र यससित सम्बन्धित चलनहरू देशअनुसार फरक-फरक छन्‌। यस उत्सवको सुरुवातबारे द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “ईसापूर्व ४६ मा रोमी शासक जुलियस सिजरले जनवरी १ लाई नयाँ वर्ष मनाउने दिनको रूपमा घोषणा गरे। रोमीहरूले यो दिन जानुस देवलाई समर्पण गरे, जो ठूलठूला गेट र ढोकाको देव अनि कुनै कुरा सुरु गर्दा पुजिने देव थिए। जानुस देवकै नामबाट जनवरी राखिएको थियो र यस देवको अगाडि र पछाडि फर्केको दुइटा अनुहार थियो।” त्यसैले नयाँ वर्षको उत्सव गैर-ख्रीष्टियन धर्मसित सम्बन्धित छ।

अन्य चाडपर्व: संसारको सबै चाडपर्वबारे छलफल गरेर साध्य छैन। तैपनि कुनै मानिस वा मानव सङ्‌गठनको गुणगान गर्ने चाडपर्व यहोवाको लागि स्वीकार्य छैन। (यर्मिया १७:५-७; प्रेषित १०:२५, २६) यो कुरा पनि नबिर्सनुहोस्‌, कुनै पनि चाडपर्व परमेश्‍वरलाई स्वीकार्य छ कि छैन भन्‍ने कुरा ती चाडपर्वको सुरुवात कसरी भयो, त्यसमा भर पर्छ। (यशैया ५२:११; प्रकाश १८:४) अध्याय १६ मा बताइएका बाइबल सिद्धान्तहरूले गैर-ख्रीष्टियन चाडपर्वमा भाग लिने सन्दर्भमा परमेश्‍वरको दृष्टिकोण बुझ्न मदत गर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने