राज्य समाचार न. ३७
पूरै संसारलाई सन्देश
धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?
▪ धर्मको नाउँमा किन खराब कुराहरू गरिन्छ?
▪ यी खराब कुराहरूको अन्त कसरी हुनेछ?
▪ तपाईंलाई यसले कसरी असर पार्नेछ?
धर्मको नाउँमा किन खराब कुराहरू गरिन्छ?
धर्मको नाउँमा गरिएका अपराध देखेर के तपाईं खिन्न हुनुहुन्छ? ईश्वर मान्छु भन्नेहरू नै युद्धमा मुछिएको, तिनीहरूले नै भ्रष्टचार गरेको र आतंक मच्चाएको देख्दा कस्तो अन्याय भएको भन्नेजस्तो तपाईंलाई लाग्छ? यत्ति धेरै समस्याको जड धर्म नै हो जस्तो किन देखिन्छ?
दोष सबै धर्मलाई जाँदैन, तर गलत कुराहरू गर्न सिकाउने धर्महरूलाई जान्छ। जसरी “बिग्रेको रूखले खराब फल फलाउँछ” त्यसरी नै यस्ता धर्मले पनि खराब फल फलाउँछ भनी धेरैले इज्जत गरेका धर्म गुरु, येशू ख्रीष्टले भन्नुभयो। (मत्ती ७:१५-१७) झूटो धर्मले कस्तो खराब फल फलाउँछ?
धर्मको नाउँमा गरिएका कुराहरू
◼ युद्ध र राजनीतिमा हात हाल्छ: एसियावीक पत्रिका लेख्छ: “एसिया तथा अन्य ठाउँमा शक्तिको भोका धर्म गुरुहरूले आफ्नो स्वार्थ पूरा गर्न मानिसहरूको धार्मिक आस्थाको फाइदा उठाइरहेका छन्।” नतिजा? सोही पत्रिका बताउँछ: “संसार सम्हाल्नै नसकिने गरी गन्जागोलको भुमरीमा फस्न लागेको छ।” नाउँ चलेका अमेरिकाको एउटा धर्म गुरुले यसो भने: “आतंककारीहरूबाट हत्या हुन नदिने हो भने तिनीहरूलाई नमारी हुन्न, मार्नैपर्छ। प्रभुको नाउँमा तिनीहरूलाई सखाप पारिहाल्नुपर्छ।” यसको ठीक उल्टा, बाइबल भन्छ: “यदि कसैले ‘म परमेश्वरलाई प्रेम गर्छु,’ भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो।” (१ यूहन्ना ४:२०) येशूले यसो पनि भन्नुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गर।” (मत्ती ५:४४) विचार गर्नुहोस् त, कुन चाहिं धर्मले युद्धमा भाग लिएको छैन र?
◼ झूटो शिक्षा सिकाउँछ: धेरैजसो धर्मले प्राण वा आत्मा भनेको शरीरभित्र रहने अदृश्य भाग हो जुन मरेपछि पनि जीवित रहन्छ भनेर सिकाउँछ। यही शिक्षाको आडमा थुप्रै धर्मले आफ्ना सदस्यलाई ठग्ने गर्छन्। कसरी? मरेको मान्छेको प्राणको लागि प्रार्थना गरिदिएबापत पैसा लिएर। तर प्राणबारे बाइबलले यस्तो सिकाउँदैन। “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्।” (उपदेशक ९:५) मरेकाहरूलाई फेरि ब्यूँताइनेछन् भनेर येशूले बताउनुभयो। प्राण कहिल्यै नमर्ने हुँदो हो त त्यसरी ब्यूँताइनुको के अर्थ? (यूहन्ना ११:११-२५) के तपाईंको धर्मले पनि प्राण मर्दैन भनेर सिकाउँछ?
◼ यौन अनैतिकताप्रति आँखा चिम्लिन्छ: पश्चिमी मुलुकहरूमा चर्चले समलिंगीहरूलाई पादरी बनाउनुमा कुनै आपत्ति ठान्दैनन्। उल्टै, समलिंगी विवाहलाई मान्यता दिनू भनी सरकारलाई आग्रह गर्छन्। अर्कोतिर, अनैतिकताको निन्दा गर्ने चर्चहरूले पनि बाल यौन दुर्व्यवहार गर्ने पादरीहरूलाई केही गर्दैनन्। तर, यौन अनैतिकताबारे बाइबलले के सिकाउँछ? बाइबलले स्पष्टै बताएको छ: “न ठगियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरूषगामीहरू, . . . परमेश्वरको राज्यको हकदार हुनेछैन।” (१ कोरिन्थी ६:९, १०) सोच्नुहोस् त, कुन चाहिं धर्मले यौन अनैतिकतालाई गम्भीरतापूर्वक लिएको छ?
खराब फल फलाउने धर्महरूको भविष्यबारे के भन्न सकिन्छ? येशूले यस्तो चेतावनी दिनुभयो: “बढिया फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।” (मत्ती ७:१९) हो, झूटो धर्मलाई काटी ढालिन्छ, नष्ट पारिन्छ! तर यो कसरी र कहिले हुनेछ? बाइबलमा ‘प्रकाश’ भनिने भाग छ, त्यसको अध्याय १७ र १८ मा लिपिबद्ध भविष्यसूचक दर्शनमा यसको जवाफ पाइन्छ।
खराब कुरा गर्न सिकाउने धर्महरूको अन्त कसरी हुनेछ?
कल्पना गर्नुहोस्, एउटी वेश्या डरलाग्दो जनावरमाथि चढेको छ। त्यस जनावरको सातवटा शिर र दसवटा सीङ छ। (प्रकाश १७:१-४) वेश्याले केलाई चित्रण गर्छ? त्यसले “पृथ्वीका राजाहरूमाथि” अधिकार जमाउँछ। त्यसले बैजनी रंगको कपडा लगाउँछ, सुगन्धित वस्तुहरू चलाउँछ र त्यो असाध्यै धनी छ। त्यति मात्र होइन, आफ्नो जादुगरीले ‘सारा जातिलाई ठगेको छ।’ (प्रकाश १७:१८; १८:१२, १३, २३) त्यो वेश्याले विश्वभरिका धर्महरूको एउटा सिंगो जमातलाई बुझाउँछ भनेर बाइबल बताउँछ। यसले कुनै एउटा धर्मलाई होइन, खराब फल फलाउने सबै धर्मलाई बुझाउँछ।
वेश्या चढेको जनावरले चाहिं संसारको राजनैतिक शक्तिहरूलाई बुझाउँछ।a (प्रकाश १७:१०-१३) यो राजनैतिक जनावरमाथि झूटो धर्म चढ्नुको अर्थ हो, झूटो धर्मले राजनैतिक शक्तिहरूलाई हातमा नचाउन र तिनीहरूले गर्ने निर्णयमा हात हाल्न प्रयास गर्छ।
तर अब चाँडै अचम्मको घटना हुनेछ। “तिमीले देखेका ती दश सीङ र त्यस जानवरले त्यस वेश्यासँग दुश्मनी गर्नेछन्, र त्यसलाई उजाड र नाङ्गो पार्नेछन्। औ त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्।” (प्रकाश १७:१६) संसारका राजनैतिक शक्तिहरूले अचानक, स्तब्ध पार्नेगरि झूटो धर्मलाई आक्रमण गर्नेछ र त्यसको नामोनिसान मेटिदिनेछ! यसको पछाडि कसको हात छ? ‘प्रकाश’ भनिने बाइबलको भागमा यस्तो लेखिएको छ: ‘परमेश्वरका वचन पूरा गर्न . . . परमेश्वरले तिनीहरूलाई त्यस्तो मन दिनुभएको हो।’ (प्रकाश १७:१७) परमेश्वरले झूटो धर्मलाई दोषी ठहराउनुहुनेछ। केको लागि? झूटो धर्मले परमेश्वरको नाउँमा गरेका जम्मै घीनलाग्दा कामहरूका लागि। झूटो धर्ममाथि सही न्याय गर्न परमेश्वरले वेश्यालाई उसैको प्रेमी राजनैतिक शक्तिद्वारा नाश गराउनुहुनेछ।
झूटो धर्म सँगसँगै नाश नहुन के गर्नुपर्छ? परमेश्वरका दूत यस्तो आग्रह गर्छन्: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ।” (प्रकाश १८:४) हो, झूटो धर्मबाट निस्केर आउने समय अहिल्यै हो। तर त्यसबाट निस्केपछि कतातिर लाग्ने? ईश्वरै छैन भनेर भौंतारिनु त भएन। किनभने यसो गर्नेहरूको पनि भविष्य अन्धकार छ। (२ थिस्सलोनिकी १:६-९) साँचो धर्म नै शरणस्थान हो। त्यसोभए, तपाईं साँचो धर्म कसरी चिन्न सक्नुहुन्छ?
साँचो धर्म कसरी चिन्ने?
साँचो धर्मले कस्ता असल फल फलाउँछ?—मत्ती ७:१७.
साँचो धर्मले . . .
◼ प्रेम व्यवहारमा उतार्छ: साँचो धर्म मान्नेहरू ‘संसारका भाग होइनन्,’ तिनीहरू जातपात छुट्याउँदैनन् र ‘आपसमा प्रेम गर्छन्।’ (यूहन्ना १३:३५; १७:१६; प्रेरित १०:३४, ३५) तिनीहरू अरूको ज्यान लिंदैनन्। बरु, अरूको लागि ज्यान दिन तयार हुन्छन्।—१ यूहन्ना ३:१६.
◼ परमेश्वरको वचन बाइबलमा विश्वास गर्छ: साँचो धर्मले ‘मानिसको रीति र सिद्धान्त’ सिकाउँदैन। यसको शिक्षा परमेश्वरको वचन बाइबलमा आधारित हुन्छ। (मत्ती १५:६-९) किन? किनभने “परमेश्वरबाट प्रेरणा भएको . . . धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नलाई उपयोगी हुन्छ।”—२ तिमोथी ३:१६.
◼ पारिवारिक सम्बन्ध बलियो बनाउँछ र उच्च नैतिक स्तर कायम राख्छ:
साँचो धर्मले पतिहरूलाई ‘आफ्ना पत्नीलाई आफ्नै शरीर झैं प्रेम गर्न’ सिकाउँछ। पत्नीहरूलाई ‘आफ्ना पतिको आदर गर्न’ मदत गर्छ। अनि छोराछोरीलाई ‘आफ्ना आमाबाबुको आज्ञा पालन गर्न’ शिक्षा दिन्छ। (एफिसी ५:२८, ३३; ६:१) यसबाहेक, साँचो धर्मका अगुवाहरूको नैतिक स्तर उदाहरणीय हुनै पर्छ।—१ तिमोथी ३:१-१०.
यी स्तरहरू कुन चाहिं धर्मले कायम गरेको छ? नाजी विध्वंश सम्बन्धी सन् २००१ मा प्रकाशित होलोकस्ट पलिटिक्स् भन्ने किताबले भन्छ: “यहोवाका साक्षीहरूको शिक्षा र कामअनुसार मानिसहरू चलेको भए नाजी विध्वंश रोक्न सकिने थियो र संसारमा अबउसो नरसंहार हुने थिएन।”
हो, २३५ मुलुकमा यहोवाका साक्षीहरूले बाइबलका नैतिक स्तरहरू प्रचार गरिरहेका मात्र छैनन्। तर ती स्तरहरूअनुसार जीवन पनि बिताइरहेका छन्। परमेश्वर तपाईंबाट के चाहनुहुन्छ, सो बुझ्न यहोवाका साक्षीहरूसित सम्पर्क राखे कसो होला? परमेश्वरले चाहनुहुने कुरा थाह पाएपछि तपाईं उहाँलाई स्वीकार्य हुने ढंगमा उपासना चढाउन सक्नुहुन्छ। ढिलो नगर्नुहोस्। अहिले नै पाइला चालिहाल्नुहोस्। झूटो धर्मको अन्त हुनै लागेको छ!—सपन्याह २:२, ३.
यहोवाका साक्षीहरूले सुनाउने बाइबल आधारित सन्देशबारे थप जानकारी चाहनुहुन्छ भने, तल दिइएको ठेगानामा सम्पर्क राख्नुहोस्।
□ जागा रहो! पुस्तिकाबारे म थप जानकारी निश्शुल्क चाहन्छु।
□ निश्शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्।
[फुटनोट]
a यसबारे विस्तृत जानकारीका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! किताब हेर्नुहोस्।
[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]
झूटो धर्मले “पृथ्वीका राजाहरूमाथि” अधिकार जमाउँछ
[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]
“हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ”