प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv p. २४९-p. २५० par. १
  • हस्तमैथुन गर्ने कुलतमाथि विजय हासिल गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हस्तमैथुन गर्ने कुलतमाथि विजय हासिल गर्नुहोस्‌
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • मिल्दोजुल्दो सामग्री
  • हस्तमैथुन—कत्तिको गम्भीर कुरा हो?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • म हस्तमैथुन गर्ने बानी कसरी त्याग्न सक्छु?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ खण्ड १
  • हस्तमैथुन गर्न सकसक लाग्दा कसरी थेग्ने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • हामी कसरी परमेश्‍वरको नजरमा स्वच्छ रहन सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv p. २४९-p. २५० par. १

अतिरिक्‍त लेख

हस्तमैथुन गर्ने कुलतमाथि विजय हासिल गर्नुहोस्‌

हस्तमैथुन यस्तो घिनलाग्दो बानी हो जसलाई यहोवा मन पराउनुहुन्‍न। यस्तो बानी भएको व्यक्‍तिले आफ्नो मात्रै इच्छा पूरा गर्न खोज्छ र दिमागलाई भ्रष्ट बनाउँछ।a हस्तमैथुन गर्ने व्यक्‍तिले अरूलाई आफ्नो यौन इच्छा पूरा गर्न सकिने वस्तुको रूपमा हेर्छ—मानौं अरू व्यक्‍ति आफ्नो यौन इच्छा पूरा गर्ने खेलौना हुन्‌। यस्तो व्यक्‍तिको लागि यौनसम्बन्ध र प्रेमको कुनै सम्बन्ध हुँदैन, यौन उत्तेजनाबाट मुक्‍ति पाउने तरिका मात्र हुन्छ। तर यस्तो आनन्द क्षणिक मात्र हो। वास्तवमा हस्तमैथुन गर्दा त्यसले “अवैध यौनसम्बन्ध, अशुद्धपन, [अनुचित किसिमको] कामवासना”-सित सम्बन्धित शारीरिक अङ्‌गका लालसाहरूलाई मार्ने त होइन बरु उल्टै जगाइदिन्छ।—कलस्सी ३:५.

प्रेषित पावलले लेखे: “ए प्रियहरू हो, . . . तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराहरूबाट आफूलाई शुद्ध पारौं र परमेश्‍वरको डर राख्दै पूर्णतया पवित्र होऔं।” (२ कोरिन्थी ७:१) यो सल्लाह पालन गर्न तपाईंलाई गाह्रो भइरहेको छ भने निराश नहुनुहोस्‌। किनभने यहोवा ‘क्षमा गर्न’ र मदत दिन सधैं तयार हुनुहुन्छ। (भजन ८६:५; लूका ११:९-१३) वास्तवमा आफैलाई दोष लगाउने तपाईंको हृदय र हस्तमैथुन गर्ने कुलत छोड्‌न तपाईंले गरेको प्रयास—केही पटक असफल भएको भए पनि—त्यसले तपाईं यो कुलत छोड्‌न चाहनुहुन्छ भनेर देखाउँछ। यो पनि नबिर्सनुहोस्‌, “परमेश्‍वर हाम्रो मनभन्दा महान्‌ हुनुहुन्छ र उहाँलाई सबै कुरा थाह छ।” (१ यूहन्‍ना ३:२०) परमेश्‍वर हाम्रो पाप मात्र हेर्नुहुन्‍न तर हाम्रो पूरै व्यक्‍तित्व पनि हेर्नुहुन्छ। त्यसैले त मदतको लागि पुकार्दा उहाँ सहानुभूति देखाउँदै हाम्रो पुकारा सुन्‍न सक्नुहुन्छ। त्यसैले आपत्‌ परेको बेला बच्चाले आफ्नो बुबालाई गुहारेझैं नम्र भएर परमेश्‍वरलाई बारम्बार पुकार्न नछोड्‌नुहोस्‌। यहोवाले तपाईंलाई सफा अन्तस्करण दिनुहुनेछ। (भजन ५१:१-१२, १७; यशैया १:१८) अनि तपाईंले पुकारा गरेअनुरूपै आवश्‍यक कदम पनि चाल्नै पर्छ। जस्तै: तपाईंले सबै किसिमका अश्‍लील सामाग्री र खराब सङ्‌गतबाट टाढा रहने प्रयास गर्नुपर्छ। b

हस्तमैथुन गर्ने बानी छोड्‌न तपाईंलाई गाह्रो भइरहेको छ भने यसबारे आफ्ना ख्रीष्टियन बुबाआमासँग कुरा गर्नुहोस्‌ वा आध्यात्मिक रूपमा परिपक्व अनि तपाईंको ख्याल राख्ने साथीलाई भन्‍नुहोस्‌। c—हितोपदेश १:८, ९; १ थिस्सलोनिकी ५:१४; तीतस २:३-५.

a हस्तमैथुन भनेको यौन अङ्‌गहरूलाई खेलाउनु वा रगड्‌नु हो। अनि अन्तमा यसले यौन उत्तेजनाको चरम सीमामा पुऱ्‍याउँछ।

b घरमा राखिएको कम्प्युटरको गलत प्रयोग नहोस्‌ भनेर धेरै परिवारले यसलाई सबैले देख्ने ठाउँमा राखेर व्यावहारिक कदम चाल्छन्‌। कसै-कसैले चाहिं आफ्नो कम्प्युटरमा अनावश्‍यक जानकारी आउनदेखि रोक्ने प्रविधि राखेका छन्‌। तर जस्तोसुकै प्रविधि अपनाए पनि शतप्रतिशत सुरक्षित प्रविधि त कुनै पनि छैन।

c हस्तमैथुन गर्ने कुलत कसरी हटाउन सकिन्छ भन्‍नेबारे ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी), नोभेम्बर २००६, “युवा जनहरू सोध्छन्‌ . . . म यो कुलत कसरी हटाउन सक्छु?” शीर्षकको लेख र युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड १, पृष्ठ २०५-२११ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने