प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp2 अध्या. ३७
  • के मैले बप्तिस्मा गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के मैले बप्तिस्मा गर्नुपर्छ?
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ खण्ड २
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जीवनलाई नयाँ मोड दिने कदम
  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • बप्तिस्मा—ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • जवानहरू हो—के तपाईं बप्तिस्मा गर्न तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • बप्तिस्माले तपाईंलाई परमेश्‍वरसित अझ नजिक बनाउँछ
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ खण्ड २
yp2 अध्या. ३७

अध्याय ३७

के मैले बप्तिस्मा गर्नुपर्छ?

तल दिइएका भनाइहरू ठीक हुन्‌ कि बेठिक, चिन्ह लगाउनुहोस्‌:

ख्रिष्टियन हुन बप्तिस्मा गर्नै पर्छ।

□ ठीक

□ बेठिक

बप्तिस्माको मुख्य उद्देश्‍य तपाईँलाई पाप गर्नबाट जोगाउनु हो।

□ ठीक

□ बेठिक

बप्तिस्माले तपाईँलाई उद्धार पाउन मदत गर्छ।

□ ठीक

□ बेठिक

बप्तिस्मा गर्नुभएको छैन भने तपाईँले गर्नुभएको कामको लागि परमेश्‍वरलाई लेखा दिनुपर्दैन।

□ ठीक

□ बेठिक

तपाईँका साथीहरू बप्तिस्मा गर्न तयार छन्‌ भने तपाईँ पनि तयार हुनुहुन्छ।

□ ठीक

□ बेठिक

तपाईँ परमेश्‍वरको स्तरअनुरूप जीवन बिताउँदै हुनुहुन्छ, उहाँसितको मित्रता बलियो बनाउँदै हुनुहुन्छ अनि आफ्नो विश्‍वासबारे अरूलाई पनि बताउँदै हुनुहुन्छ भने बप्तिस्माबारे सोच्नु स्वाभाविकै हो। तर आफू बप्तिस्माको लागि तयार भएको कुरा तपाईँ कसरी थाह पाउन सक्नुहुन्छ? यस प्रश्‍नको जवाफ पाउन माथि दिइएका भनाइहरूबारे विचार गरौँ।

● ख्रिष्टियन हुन बप्तिस्मा गर्नै पर्छ।

ठीक। येसुले उहाँको चेला बन्‍न बप्तिस्मा गर्नुपर्छ भन्‍नुभयो। (मत्ति २८:१९, २०) येसु आफैले पनि बप्तिस्मा गर्नुभयो। येसुको अनुकरण गर्दै तपाईँले पनि साँच्चै इच्छुक भएपछि अनि त्यो निर्णय गर्न सक्ने भएपछि मात्र बप्तिस्मा गर्नुपर्छ।

● बप्तिस्माको मुख्य उद्देश्‍य तपाईँलाई पाप गर्नबाट जोगाउनु हो।

बेठिक। बप्तिस्मा गर्नु भनेको तपाईँले यहोवालाई जीवन समर्पण गरेको कुरा जनसमक्ष प्रकट गर्नु हो। समर्पण भनेको आफूले गोप्य रूपमा गर्न चाहेको कुरा गर्नदेखि रोक्ने करारनामा होइन। बरु यहोवाको इच्छाअनुसार चल्न इच्छुक भएपछि मात्र उहाँलाई आफ्नो जीवन समर्पण गर्नुपर्छ।

● बप्तिस्माले तपाईँलाई उद्धार पाउन मदत गर्छ।

ठीक। उद्धार पाउन चाल्नुपर्ने एउटा महत्त्वपूर्ण कदम भनेको बप्तिस्मा गर्नु हो भनेर बाइबल बताउँछ। (१ पत्रुस ३:२१) तर बप्तिस्मा भनेको विपत्ति आइपरेमा जोगिनको लागि गरिने बिमाजस्तो होइन। यहोवाप्रतिको तपाईँको प्रेम र सधैँभरि उहाँको सेवा गर्ने इच्छाले तपाईँलाई बप्तिस्मा गर्न उत्प्रेरित गर्छ।—मर्कुस १२:२९, ३०.

● बप्तिस्मा गर्नुभएको छैन भने तपाईँले गर्नुभएको कामको लागि परमेश्‍वरलाई लेखा दिनुपर्दैन।

बेठिक। याकुब ४:१७ यसो भन्छ: “यदि कसैले सही काम गर्न जानेर पनि गर्दैन भने उसले पाप गरिरहेको हुन्छ।” यो कुरा सबैलाई लागू हुन्छ, चाहे कसैले बप्तिस्मा गरेको होस्‌ वा नहोस्‌। त्यसैले यदि तपाईँलाई के सही हो भनेर थाह छ र जीवनमा के गर्ने भनेर गम्भीरतापूर्वक सोच्दै हुनुहुन्छ भने आमाबुबा वा कुनै परिपक्व ख्रिष्टियनसित यस विषयमा कुरा गर्नुहोस्‌। यसो गर्नुभयो भने बप्तिस्माको लागि तयार हुन तपाईँले के गर्नुपर्छ भनेर बुझ्न सक्नुहुन्छ।

● तपाईँका साथीहरू बप्तिस्मा गर्न तयार छन्‌ भने तपाईँ पनि तयार हुनुहुन्छ।

बेठिक। तपाईँले बप्तिस्मा गर्ने निर्णय राजीखुसीले गर्नुपर्छ। (भजन ११०:३) यहोवाको साक्षी हुनुमा के समावेश छ भनेर तपाईँले राम्ररी बुझ्नुभएको छ अनि त्यो जिम्मेवारी वहन गर्न आफू तयार भएको कुरामा पक्का हुनुहुन्छ भने मात्र तपाईँले बप्तिस्मा गर्नुपर्छ।—उपदेशक ५:४, ५.

जीवनलाई नयाँ मोड दिने कदम

बप्तिस्माले तपाईँको जीवनलाई नयाँ मोड दिन्छ अनि तपाईँले थुप्रै आशिष्‌ पाउन सक्नुहुन्छ। साथै यसमा तपाईँले यहोवालाई गरेको समर्पणअनुसारै जीवन बिताउने गम्भीर जिम्मेवारी वहन गर्नु पनि समावेश छ।

के तपाईँ समर्पण गर्न तयार हुनुहुन्छ? त्यसो हो भने तपाईँ खुसी हुन सक्नुहुन्छ किनभने तपाईँले तनमनले यहोवाको सेवा गर्ने अनि उहाँलाई समर्पण गरेअनुसारै जीवन बिताउने मौका पाउनुहुनेछ। यो तपाईँले पाउन सक्ने सबैभन्दा ठूलो सुअवसर हो।—मत्ति २२:३६, ३७.

अर्को अध्यायमा

जीवनमा बुद्धिमानी निर्णयहरू गर्न मदत गर्ने व्यावहारिक लक्ष्यहरू राख्न सिक्नुहुनेछ।

मुख्य शास्त्रपद

“आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण गर। यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर पवित्र सेवा चढाउन सक्नेछौ।”—रोमी १२:१.

सुझाव

मण्डलीमा तपाईँलाई आध्यात्मिक उन्‍नति गर्न मदत गर्न सक्ने कोही भेट्टाउन आमाबुबासित मदत माग्नुहोस्‌।—प्रेषित १६:१-३.

के तपाईँलाई थाह थियो . . . ?

बप्तिस्मा गर्नु भनेको तपाईँलाई उद्धार गर्न लगाइएको “चिन्ह”-को एउटा महत्त्वपूर्ण भाग हो।—इजकिएल ९:४-६.

योजना बनाऔँ!

बप्तिस्माको लागि उन्‍नति गर्न म निम्न बाइबल शिक्षा अझ राम्ररी बुझ्न चाहन्छु: ․․․․․

बप्तिस्माबारे म आमाबुबालाई यी कुराहरू सोध्न चाहन्छु: ․․․․․

तपाईँलाई कस्तो लाग्छ?

● बप्तिस्मा किन एउटा गम्भीर कदम हो?

● कुनै जवान व्यक्‍तिले कस्ता कारणले बप्तिस्मा गर्ने निर्णय हतारमा गर्न सक्छन्‌?

● कस्ता कारणले कुनै जवान व्यक्‍ति समर्पण र बप्तिस्मा गर्नदेखि पछि हट्‌न सक्छन्‌?

[ठूलो अक्षरको क्याप्सन]

“आफूले बप्तिस्मा गरिसकेको कुरा मनमा राखेकोले मैले बुद्धिमानी निर्णयहरू गर्न सकेँ अनि दुःखदायी नतिजा निम्त्याउने कामहरूदेखि अलग रहन मदत पाएँ।”—हली

[पेटी/चित्र]

बप्तिस्माबारे अक्सर सोधिने प्रश्‍नहरू

बप्तिस्माले केलाई चित्रण गर्छ? पानीमा डुबेर निस्कनुको अर्थ आफ्नो स्वार्थी जीवन अन्त गर्नु र परमेश्‍वरको इच्छाअनुसार चल्न फेरि जीवित हुनु हो।

परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नुको अर्थ के हो? यसको अर्थ आत्मत्यागी मनोभाव देखाउनु र कुनै पनि कुरालाई भन्दा परमेश्‍वरको इच्छालाई पहिलो स्थान दिने प्रतिज्ञा गर्नु हो। (मत्ति १६:२४) तपाईँले बप्तिस्मा गर्नुभन्दा केही समय अघि यहोवालाई प्रार्थनामा तोकेरै समर्पण गर्नु उपयुक्‍त छ।

बप्तिस्मा गर्नु अघि तपाईँले कसरी जीवन बिताएको हुनुपर्छ? तपाईँले परमेश्‍वरको वचनमा दिइएको स्तरअनुरूप जीवन बिताउनुपर्छ अनि आफ्नो विश्‍वासबारे अरूलाई बताउनुपर्छ। साथै तपाईँले परमेश्‍वरलाई प्रार्थना गरेर अनि उहाँको वचन अध्ययन गरेर उहाँसित मित्रता गाँस्नुपर्छ। तपाईँले स्वेच्छाले यहोवाको सेवा गर्नुपर्छ, अरूको दबाबमा परेर होइन।

के बप्तिस्मा गर्न कुनै निश्‍चित उमेर पुगिसकेको हुनुपर्छ? बप्तिस्मा गर्नको लागि कुनै निश्‍चित उमेर तोकिएको छैन तर तपाईँ समर्पणको अर्थ बुझ्ने हदसम्म मानसिक र भावनात्मक रूपमा परिपक्व भइसकेको हुनुपर्छ।

तपाईँ बप्तिस्मा गर्न चाहनुहुन्छ तर तपाईँका आमाबुबा तपाईँ केही समय पर्खेको चाहनुहुन्छ भने नि? सायद उहाँहरू तपाईँ ख्रिष्टियनको रूपमा जीवन बिताउन थप अनुभव हासिल गरेको चाहनुहुन्छ। उहाँहरूको सल्लाह सुन्‍नुहोस्‌ र त्यतिन्जेल यहोवासितको मित्रता बलियो बनाउने प्रयास गरिरहनुहोस्‌।—१ समुएल २:२६.

[पेटी]

अभ्यास सामाग्री

के तपाईँ बप्तिस्मा गर्नेबारे सोच्दै हुनुहुन्छ?

तपाईँ बप्तिस्माको लागि तयार हुनुहुन्छ कि हुनुहुन्‍न भनी बुझ्न तल दिइएका प्रश्‍नहरूबारे विचार गर्नुहोस्‌। जवाफ लेख्नुअघि दिइएका बाइबल पदहरू पढ्‌नुहोस्‌।

यहोवामा भरोसा गरेको कुरा तपाईँ के-कस्ता तरिकामा देखाउँदै हुनुहुन्छ?—भजन ७१:५. ․․․․․

तपाईँले सोच्ने-बुझ्ने क्षमता चलाएर सही र गलत छुट्ट्याउन सक्नुहुन्छ भन्‍ने कुरा कसरी देखाउनुभएको छ?—हिब्रू ५:१४. ․․․․․

के तपाईँ नियमित रूपमा प्रार्थना गर्नुहुन्छ? ․․․․․

के तपाईँ कुनै विषयबारे तोकेरै प्रार्थना गर्नुहुन्छ अनि त्यसमा तपाईँको यहोवाप्रतिको प्रेम कसरी झल्किन्छ?—भजन १७:६. ․․․․․

प्रार्थना गर्ने सन्दर्भमा तपाईँले राख्न सक्ने लक्ष्यहरू तल लेख्नुहोस्‌। ․․․․․

के तपाईँ नियमित रूपमा व्यक्‍तिगत बाइबल अध्ययन गर्नुहुन्छ?—यहोसु १:८. ․․․․․

तपाईँ कस्ता विषयहरूबारे व्यक्‍तिगत अध्ययन गर्नुहुन्छ? ․․․․․

व्यक्‍तिगत अध्ययन गर्ने सन्दर्भमा तपाईँले राख्न सक्ने लक्ष्यहरू तल लेख्नुहोस्‌। ․․․․․

के तपाईँ साक्षीकार्यमा प्रभावकारी तरिकामा भाग लिँदै हुनुहुन्छ? (उदाहरणको लागि, के तपाईँ बाइबलका आधारभूत शिक्षाहरू अरूलाई बुझाउन सक्नुहुन्छ? के तपाईँ चासो देखाउनेहरूलाई फेरि भेट्‌न जानुहुन्छ? के तपाईँ कसैसित बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्दै हुनुहुन्छ?)

□ छु □ छैनँ

आमाबुबा तपाईँसित जानुहुन्‍न भने पनि के तपाईँ साक्षीकार्यमा भाग लिनुहुन्छ?—प्रेषित ५:४२.

□ लिन्छु □ लिन्‍नँ

साक्षीकार्यको सन्दर्भमा तपाईँले राख्न सक्ने लक्ष्यहरू तल लेख्नुहोस्‌।—२ तिमोथि २:१५. ․․․․․

मण्डलीका सभाहरूमा तपाईँको उपस्थिति नियमित छ कि अनियमित?—हिब्रू १०:२५. ․․․․․

तपाईँ सभाहरूमा कुन-कुन तरिकामा भाग लिनुहुन्छ? ․․․․․

आमाबुबा सभामा जान सक्नुभएन भने पनि के तपाईँ जानुहुन्छ (उहाँहरूले तपाईँलाई अनुमति दिनुभएको छ भने)?

□ जान्छु □ जान्‍नँ

के तपाईँ परमेश्‍वरको इच्छा पूरा गर्न पाउँदा रमाउनुहुन्छ?—भजन ४०:८. ․․․․․

□ रमाउँछु □ रमाउँदिनँ

साथीहरूको दबाबको प्रतिरोध गरेको कुनै घटनाबारे तल लेख्नुहोस्‌।—रोमी १२:२. ․․․․․

यहोवाप्रतिको प्रेमलाई बलियो बनाइरहन तपाईँले के गर्ने योजना बनाउनुभएको छ?—यहुदा २०, २१. ․․․․․

तपाईँका आमाबुबा र साथीहरूले यहोवाको सेवा गर्न छोडे पनि के तपाईँले उहाँको सेवा गरिरहनुहुनेछ?—मत्ति १०:३६, ३७.

□ गरिरहनेछु □ गर्नेछैनँ

[चित्र]

विवाहले जस्तै बप्तिस्माले पनि तपाईँको जीवनलाई नयाँ मोड दिन्छ, त्यसैले यसलाई हल्कासित लिनु हुँदैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने