गीत १०३
“घर-घरमा”
छापिएको संस्करण
१. घर घरमा हामी सुनाउँछौं
यहोवाको वचन।
सहर सहर गाउँ गाउँ
भेडालाई देऊ भोजन।
राज्यको यो सुसमाचार
येशूले भनेझैं
संसारभरि सुनाउँदैछन्
बालक, वृद्ध सबै।
२. घर घरमा हामी सुनाउँछौं
उद्धार दिने सन्देश।
यहोवाको नाउँ पुकार्ने
योग्य छन् मुक्तिको।
तर नसुनी कसरी
पुकार्ने नाउँ उनको।
सुन्नैपर्छ त्यसैले नै
पवित्र नाउँ उनको।
३. लिई जाऔं है घर घरमा
सन्देश त्यो राज्यको।
चाहे सुनुन् या नसुनून्
रोजाइ हो तिनैको।
चाहे जे होस् यहोवा नाउँ
तिनलाई बताउनेछौं।
घरघर जाँदा हामी सबै
भेडालाई भेट्टाउँछौं।
(प्रेषि. २:२१; रोमी १०:१४ पनि हेर्नुहोस्)