गीत ८४
“मसित इच्छा छ”
छापिएको संस्करण
१. औधी प्रेम गरे येशूले;
हाम्रो लागि स्वर्ग त्यागे,
मानिससँगै जिए,
सत्य सिकाए;
गरे बयान सदा यसको।
सान्त्वना दिए मानिसलाई,
निको पारे बिरामीलाई।
गरे पूरा याहको आज्ञा
र; भने सधैं नै “इच्छा छ”।
२. आभारी छौं या’को हामी,
दिए उनले दास विश्वासी।
गर्छौं सँगै सेवा,
बल लगाई सारा,
नम्रहरूलाई बचाउन।
पोख्नेछन् दुःखीले पीडा,
गऱ्यौं भने साँचो माया।
विधवा, अनाथलाई देऊ मदत
र, भन सधैं लौ “इच्छा छ”।
(यूह. १८:३७; एफि. ३:१९; फिलि. २:७ पनि हेर्नुहोस्)