गीत १७
“म इच्छा गर्छु”
छापिएको संस्करण
१. दया प्रेम धीरजका खानी
येसु आए स्वर्ग त्यागी।
बैरो, अन्धो अनि बिरामीलाई
निको पारे दया गरी।
दीन-दुःखीको आँसु पुछी
मनको घाउ निको पारे।
पूरा गरे याहको आज्ञा
र भने सधैँ नै: ‘इच्छा छ।’
२. पछ्याउँछौँ येसुको पाइला
जीवनको हरेक पक्षमा।
सबैसित राम्रो व्यवहार गर्छौँ।
बाइबलको सत्य सिकाउँछौँ।
बोली, कामले मदत गर्छौँ।
पछि कहिल्यै हट्दैनौँ।
विधवा, अनाथलाई देऔँ मदत
र भनौँ सधैँ नै: ‘इच्छा छ।’
(युह. १८:३७; एफि. ३:१९; फिलि. २:७ पनि हेर्नुहोस्)