गीत १५
सृष्टि गाउँछ यहोवाको महिमा
छापिएको संस्करण
(भजन १९)
१. याह पिता जान्दछ यो प्राणले;
गाउँछ तिम्रो महिमा ताराले।
हर दिन, हर रात सुरताल सबै मिलाई;
मौन भाकामा ज्ञान दिन्छ सोझालाई।
हर दिन हर रात सुर ताल सबै मिलाई;
मौन भाकामा ज्ञान दिन्छ सोझालाई।
२. बनायौ ती घाम, जून अनि तारा;
नाघ्दैन सागर कोरेको सीमा।
हेर आकास भव्यताको खानी;
भला तिमी, सम्झ्यौ हामीलाई।
हेर आकास भव्यताको खानी;
भला तिमी, सम्झ्यौ हामीलाई।
३. आज्ञा चोखो सच्चा तिम्रो विधि;
देऊ न है दिनहुँ अर्ती तिमी।
पाउनेछौं ज्ञान सुनभन्दा नि दामी;
पक्री राख्न पाऊँ हे यहोवा ती।
पाउनेछौं ज्ञान सुनभन्दा नि दामी;
पक्री राख्न पाऊँ हे यहोवा ती।