गीत २१
कृपालुहरू आनन्दित!
छापिएको संस्करण
१. कृपालु कत्ति छ खुसी!
या’को नजरमा सुन्दर ती।
न्याय प्रेमीलाई भन्छ ऊ:
रमाउँछन् याह कृपामा।
पुत्रमा कृपा देखाए;
फिरौतीको मोल चुकाए।
देखाउँछन् कृपा नम्रलाई;
हामी माटो नै हौं जानी।
२. पाउँछ आशिष् कृपालुले;
पापको माफी पाउँछ उसले।
ल्याउनेछ लाभ कृपाले यो;
या’सामु येशू हाजिर भो।
कृपा देखाउँछौं खुसीले;
प्रचार चारैतिर गरी।
भन्दै मानिसलाई ‘रमाओ,
राज्य छ नजिकै या’को।’
३. देख्छ प्रेम या’को नम्रले;
जब न्याय गर्छन् उनले।
देखाउँछ कृपा जो साँचो;
पाउँछ साँच्चै कृपा उनको।
त्यसैले कृपालु बनौं;
यो गुणको खेती लौ गरौं।
या’ र येशूले गरेझैं;
देखाऔं कृपा दिन दिनै।
(लूका ६:३६; रोमी १२:८; याकू. २:१३ पनि हेर्नुहोस्)