गीत २७
यहोवाको पक्ष लेऊ!
१. झूटो धर्ममा फसेको थियो,
मन यो अलमलमा परेको थियो;
तर गद्गद भो खुसीले मन यो,
राज्यसन्देश त्यो सुनी।
(कोरस)
होऊ मग्न याहमै;
लेऊ पक्ष उनकै।
साथ कैल्यै नछोड्ने;
वाचा यो उनकै।
सुसन्देश यो फैलाऊ
शान्ति, मुक्तिको।
बढ्छ सधैं शासन
या’कै पुत्रको।
२. यहोवाको सेवामा रमाउँछौं;
सत्यलाई कुना कुनामा छर्छौं।
सब मिली याहको गुनगान गाउँछौं;
पुकार्छौं त्यो महान् नाउँ।
(कोरस)
होऊ मग्न याहमै;
लेऊ पक्ष उनकै।
साथ कैल्यै नछोड्ने;
वाचा यो उनकै।
सुसन्देश यो फैलाऊ
शान्ति, मुक्तिको।
बढ्छ सधैं शासन
या’कै पुत्रको।
३. नडराऊ, सैतानले के गर्छ र!
याहको सुरक्षा के कम छ र!
कम हामी, धेरै ती छन्, के भो र!
या’सामु को टिक्छ र!
(कोरस)
होऊ मग्न याहमै;
लेऊ पक्ष उनकै।
साथ कैल्यै नछोड्ने;
वाचा यो उनकै।
सुसन्देश यो फैलाऊ
शान्ति, मुक्तिको।
बढ्छ सधैं शासन
या’कै पुत्रको।
(भज. ९४:१४; हितो. ३:५, ६; हिब्रू १३:५ पनि हेर्नुहोस्)