गीत १११
जिउनेछन् मृतक फेरि
छापिएको संस्करण
१. जिन्दगी यो कर्कलाको पानी
एकैछिनमा बिलाउँछ।
जे छ आज त्यो सबै गुम्दछ।
दुःख निराशा छाउँछ।
मरेको मानिस फेरि जिउँछ र?
वाचा या’को यस्तो छ:
(कोरस)
जिउनेछन् मृतक लौ फेरि
याहको आवाज सुनी।
इच्छा हो यो याहको
आफ्नो जन हेर्ने फेरि।
साँच्चै हो, शंका नगर
याहले ब्यूँताउनेछन्।
बाँच्छौं हामी सदालाई
याहको प्यारो बनी।
२. या’का मित्र बिते पनि आज
बिर्सनेछैनन् उनले।
जो छन् आज या’को सम्झनामा
बिउँताउने छन् है उनले।
पाउनेछौं अनि साँच्चैको जीवन
सुन्दर संसारमा सदा।
(कोरस)
जिउनेछन् मृतक लौ फेरि
याहको आवाज सुनी।
इच्छा हो यो याहको
आफ्नो जन हेर्ने फेरि।
साँच्चै हो, शंका नगर
याहले ब्यूँताउनेछन्।
बाँच्छौं हामी सदालाई
याहको प्यारो बनी।
(यूह. ६:४०; ११:११, ४३; याकू. ४:१४ पनि हेर्नुहोस्)