गीत ५३
एकतामा बाँधिएर गरौं काम
छापिएको संस्करण
१. हामी याहको बगालमा;
रम्छौं उनको ती वाणीमा।
एकता र शान्ति हामीमा;
छायो खुसी यहाँ।
गर्छौं मोल एकताको!
मिलाप छ मीठो!
या’को काम गर्नु छ धेरै;
येशूद्वारा बोल्छन् उनी।
सेवामा आऊ मिलीजुली;
आज्ञाकारी भई।
२. एकै मन होस्, गर्छौं बिन्ती;
दया गर्न छौं प्रयासी।
प्रेम र महिमा बढ्नेछ;
हर्षोल्लास छाउनेछ।
शान्ति कत्ति शीतल;
सुखको खानी!
देखाउँदा भाइचारा साँचो;
मिल्नेछ शान्ति माथिको।
उनको मदतले एकतामा;
हाजिर छौं सेवामा।
(मीका २:१२; सप. ३:९; १ कोरि. १:१० पनि हेर्नुहोस्)