गीत ८५
यहोवाबाट प्रशस्तै इनाम पाउने
१. ख्याल गर्छन् यहोवाले सधैंभरि
तनमनले सेवा गर्नेलाई।
था’छ उनलाई निष्ठाको पाइला चाल्दा
गर्नुपर्छ त्याग कैलेकाई।
परिवार, सङ्गीसित साइनो टुट्दा
नमान्नू सुर्ता, बुझ्छन् या’।
दिन्छन् ऐले भाइबैनीको न्यानो साथ
र जीवन नयाँ संसारमा।
(कोरस)
सान्त्वना देऊन् या’ले तिमीलाई
इनाम देऊन् तिमीलाई प्रशस्तै।
छायामा उनकै लिनू शरण।
वफादार छन् याह, छन् सत्य पनि।
२. इच्छाले होला या होला बाध्यता
विवाह गर्दैनन् कोही।
दिन्छन् पैलो स्थान याहको राज्यलाई;
पार्छन् यहोवालाई खुसी।
निराशाको बादल छाउला कैलेकाई,
अविवाहित नै रहँदा।
परिवारझैं बनौं यी भाइबैनीको;
गरौं है सदा प्रशंसा।
(कोरस)
सान्त्वना देऊन् या’ले तिमीलाई
इनाम देऊन् तिमीलाई प्रशस्तै।
छायामा उनकै लिनू शरण।
वफादार छन् याह, छन् सत्य पनि।
(न्याय. ११:३८-४०; रूथ २:१२; मत्ती १९:१२ पनि हेर्नुहोस्)