गीत ६६
सारा ज्यानले यहोवाको सेवा गर्ने
छापिएको संस्करण
१. हे प्रभु राजा यहोवा,
आज्ञा मान्छु, प्रेम गर्छु तिम्लाई।
भक्तिको योग्य छौ तिमी;
धोका दिनेछैन म कैल्यै।
वफादार भई मान्दछु आज्ञा;
गर्नेछु हर इच्छा पूरा।
(कोरस)
हे यहोवा प्यारो पिता;
सारा ज्यानले गर्नेछु सेवा।
२. धर्ती, गगन, चन्द्र, तारा
गाउँछन् सबै तिम्रै महिमा।
अर्पण छ यो जीवन मेरो;
फैलाउँछु नाम, बल लगाई सारा।
समर्पण मेरो पूरा गर्न,
प्रयासमा हुनेछु सदा।
(कोरस)
हे यहोवा प्यारो पिता;
सारा ज्यानले गर्नेछु सेवा।
(व्यव. ६:१५; भज. ४०:८; ११३:१-३; उप. ५:४; यूह. ४:३४ पनि हेर्नुहोस्)