गीत ८०
भलाइ खेती गरौं
छापिएको संस्करण
१. जीवनभरि छायो खुसी,
यहोवाको भलाइले।
मायालु छन् बुबा हाम्रा,
सधैं भलाइ देखाउने।
दया गर्छन्, आशिष् दिन्छन्,
सक्दैनौं नाप्न कैल्यै।
छन् भक्तिको योग्य उनी
सेवा गर्छौं खुसीले।
२. बनाए आफ्नै स्वरूपमा
देखाउन सकौं भनी
सबै सद्गुण उनले जस्तै
र भलाइ गरौं भनी।
गरौं भलाइ या’ले जस्तै;
देखाऔं हामी सद्गुण।
मागौं हामी उनको शक्ति
असल गुणहरू देऊन्।
३. साँचो माया गर्छौं हामी;
सबैको गर्छौं भलाइ;
हाम्रा प्यारा भाइबैनी
र अरू सबैको पनि।
सुसमाचार प्रचार गर्दा,
आशा हाम्रो बताउँदा,
नगरौं है काखापाखा;
नहोस् भलाइ अधूरो।
(भज. १०३:१०; मर्कू. १०:१८; गला. ५:२२; एफि. ५:९ पनि हेर्नुहोस्)