गीत १२४
अतिथि-सत्कार गर
छापिएको संस्करण
१. गर्छन् यहोवाले सत्कार सबैलाई,
गर्दैनन् काखा र पाखा कसैलाई।
दिन्छन् घाम र पानी
नछुटाई कसैलाई;
दिन्छन् भोजन अनि आनन्द।
सिको गर्न प्यारो पिता याहको,
दयालु भई गरौं मदत दुःखीको।
देख्छन् त्यो याहले, भर्नेछन् आशिष्ले,
गरेमा मदत साँचो मनले।
२. मदत गर्दा खाँचोमा परेकालाई,
हुनेछ पक्कै हाम्रो आफ्नै भलाई।
चिन्नै पर्ने होइन सहयोग गर्नलाई,
दिन्छौं मदत सबै मानिसलाई।
“घरमा आउनु” भन्छौं लिडियाले झैं,
घरमा हाम्रो मिल्छ आनन्द तिनलाई।
गर्दछन् जो भलाइ,
प्यारा छन् याहलाई;
बिर्संदैनन् यहोवा तिनलाई।
(प्रेषि. १६:१४, १५; रोमी १२:१३; १ तिमो. ३:२; हिब्रू १३:२; १ पत्रु. ४:९ पनि हेर्नुहोस्)