अतिथिसत्कार गरेर ‘असल थोकहरू’ बाँडचुँड गर्नुहोस् (मत्ती १२:३५क)
हामी सबै जना ‘अतिथिसत्कार गर्ने बानी बसालेर’ अरूसित ‘असल थोकहरू’ बाँडचुँड गर्न चाहन्छौं। (रोमी १२:१३) मण्डलीमा भाषण दिन आउने अतिथि वक्ताको यात्रा खर्च र अतिथिसत्कारको प्रबन्ध गर्न एल्डरहरूले नेतृत्व लिनुपर्छ। तर कोही-कोही ख्रीष्टियन भने अतिथिसत्कार गर्न हिचकिचाउन सक्छन्। सायद अरूलाई आफ्नो घरमा बोलाउँदा धेरै कुरामा फिक्री गर्ने भएकोले वा भौतिक रूपमा त्यत्ति सम्पन्न नभएकोले तिनीहरू हिचकिचाउँछन्। येशूले मार्थालाई दिनुभएको सल्लाह गम्भीर भई विचार गऱ्यौं भने त्यस्ता भावना हटाउन सक्छौं। (लूका १०:३९-४२) अतिथिसत्कार गर्नुको “असल भाग” भनेको सरसङ्गत र प्रोत्साहनको आदानप्रदान हो, धेरै परिकारको खाना वा थुप्रै सामानले सजिसजाउ गरेको घर होइन भन्ने कुरामा येशूले जोड दिनुभयो। यो सल्लाह लागू गर्ने हो भने हामी सबैले परमेश्वरको वचनले भनेझैं आफ्ना ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसित ‘असल थोकहरू’ बाँड्न सक्छौं।—३ यूह. ५-८.