गीत ९६
योग्य व्यक्तिहरू खोज
छापिएको संस्करण
१. प्रचार कसरी गर्ने हो,
सिकाउँदै भने येशूले हामीलाई:
‘खोज मेहनत गरी घरघर जाँदा,
या’को खाँचो बुझ्नेहरूलाई।
योग्य व्यक्तिलाई गर अभिवादन;
शान्ति चिताउनू घरलाई तिनको।
तिरस्कार गर्ने मान्छे भेट्यौ भने
फर्क है टकटकाउँदै धुलो।’
२. स्वागत गर्नेलाई स्वीकार गर तिमी।
मन तिनको खोल्नेछन् या’ले।
गर्नेछन् तिनले पनि या’को सेवा,
जीवन पाउने इच्छा छ भने।
दिनेछन् मदत याहले बोल्नलाई,
नगर औधी पीर त्यसैले।
दयालु भई प्रचारमा बोल्यौ भने
सुन्नेछन् पक्कै नम्र जनले।
(प्रेषि. १३:४८; १६:१४; कल. ४:६ पनि हेर्नुहोस्)