गीत ७०
योग्य व्यक्तिहरू खोजौँ!
छापिएको संस्करण
१. प्रचार कसरी गर्ने हो,
सिकाउँदै भने येसुले हामीलाई:
‘खोज मेहनत गरी घरघर जाँदा,
याहको खाँचो बुझ्नेहरूलाई।
योग्य व्यक्तिलाई गर अभिवादन;
शान्ति चिताउनू घरलाई तिनको।
तिरस्कार गर्ने मान्छे भेट्यौ भने
फर्कनू टकटकाउँदै धुलो।’
२. जसले स्वागत गरे तिम्लाई मनदेखि
स्वीकार गर तिनलाई पनि।
गर्नेछन् तिनले पनि याहको सेवा,
जीवन पाउन चाहन्छन् भने।
दिनेछन् मदत याहले बोल्नलाई,
नगर औधी पीर त्यसैले।
दयालु भै प्रचारमा बोल्यौ भने
सुन्नेछन् पक्कै नम्र जनले।
(प्रेषि. १३:४८; १६:१४; कल. ४:६ पनि हेर्नुहोस्)