गीत १३०
जीवन एउटा चमत्कार हो
छापिएको संस्करण
(भजन ३६:९)
१. कलिला नानी, अन्नका बाला,
सुनौलो त्यो बिहानी, रिमझिम वर्षा;
सबै या’कै देन र उनकै कला।
जीवन हाम्रो चल्छ उनकै चमत्कारमा।
(कोरस)
हो जीवन उपहार, छ अति विशेष;
प्रेम देखाऔं यसका मुहानलाई, सम्हालौं जीवन।
हाम्रो हातको कुरा होइन जीवन पाउनु।
इनाम हो यो जीवन; अमूल्य चमत्कार!
२. मान्छन् हार कोही, भन्दछन् कोही
अय्यूबकी पत्नीलेझैं: ‘मर्नु जाति!’
छैनौं तिनीझैं, प्रशंसा गर्छौं।
हरपल हामी धन्य भन्छौं यहोवालाई।
(कोरस)
हो जीवन उपहार, छ अति विशेष;
गरौं है माया सबैलाई; सम्हालौं जीवन।
हाम्रो हातको कुरा होइन जीवन पाउनु।
इनाम हो यो जीवन; अमूल्य चमत्कार!
(अय्यू. २:९; भज. ३४:१२; उप. ८:१५; मत्ती २२:३७-४०; रोमी ६:२३ पनि हेर्नुहोस्)