भाग ९
पृथ्वी कहिले प्रमोदवन हुनेछ?
पृथ्वीमा भइरहेका नराम्रा कुराहरूले परमेश्वरको राज्यले चाँडै कदम चाल्नेछ भन्ने प्रमाण दिन्छ। लुका २१:१०, ११; २ तिमोथि ३:१-५
अहिले भइरहेका धेरै कुराबारे बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो। मानिसहरू पैसालाई प्रेम गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, निष्ठुर र सुखविलासलाई प्रेम गर्ने हुनेछन् भनेर बाइबलमा बताइएको थियो।
ठाउँ-ठाउँमा ठूलठूला भूकम्प, लडाइँ, अनिकाल अनि महामारी हुने थिए। अहिले यी सब भइरहेका छन्।
परमेश्वरको राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ भनेर पनि येसुले बताउनुभएको थियो।—मत्ति २४:१४.
परमेश्वरको राज्यले सबै दुष्टता हटाउनेछ। २ पत्रुस ३:१३
यहोवा परमेश्वरले अब चाँडै सबै दुष्टलाई नाश गर्नुहुनेछ।
सैतान र त्यसका प्रेतहरूले दण्ड पाउनेछन्।
परमेश्वरको कुरा सुन्नेहरू बचाइनेछन् र डर-त्रास नभएको नयाँ संसारमा बस्नेछन्। त्यहाँ मानिसहरूले एकअर्कालाई भरोसा गर्नेछन् र माया गर्नेछन्।