प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc lesson ५ pp. १२-१३
  • असल काम गर्ने केटो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल काम गर्ने केटो
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको सेवा गर्ने सानो केटो
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तिनी ‘परमप्रभुको सामने बढ्‌न लागे’
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • यहोवा परमेश्‍वर समुएलसित बोल्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिनले निराशाको बाबजुद धैर्य गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc lesson ५ pp. १२-१३

पाठ ५

असल काम गर्ने केटो

शमूएल सानैदेखि यहोवाको बासस्थानमा सेवा गर्थ्यो। मानिसहरू बासस्थानमा यहोवाको सेवा गर्न जान्थे। शमूएल कसरी यहोवाको बासस्थानमा पुग्यो, तिमीलाई थाह छ? पहिला हामी शमूएलकी आमा हन्‍नाको कथा सुनौं है!

धेरै वर्षसम्म हन्‍नाको छोराछोरी नै थिएनन्‌। ऊ आफ्नो पनि छोराछोरी होस्‌ भन्‍ने चाहन्थी। उसले एउटा छोरा दिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गरी। आफ्नो छोरा भयो भने उसलाई यहोवाको बासस्थानमा सेवा गर्न पठाउँछु भनेर पनि उसले वाचा गरी। यहोवाले उसको प्रार्थना सुन्‍नुभयो। उसले एउटा छोरा जन्माई। उसले छोराको नाम शमूएल राखी। हन्‍नाले आफ्नो वाचा पूरा गरी। शमूएल तीन-चार वर्षको भएपछि उसले छोरालाई यहोवाको बासस्थानमा सेवा गर्न लगी।

त्यतिखेर एली नाम गरेको मुख्य पुजारी थियो। ऊ बासस्थानमा यहोवाको सेवा गर्थ्यो। उसका दुई जना छोराहरू पनि त्यहीं काम गर्ने पुजारी थिए। तिमीलाई याद छ होला, बासस्थान भनेको यहोवाको सेवा गर्ने ठाउँ हो। त्यसैले त्यहाँ बस्ने मानिसहरू असल हुनुपर्थ्यो। तर एलीका छोराहरूले असाध्यै नराम्रो काम गरिरहेका थिए। यो कुरा शमूएललाई पनि थाह थियो। त्यसोभए शमूएलले पनि एलीका छोराहरूले जस्तै नराम्रो काम गऱ्‍यो त?— गरेन। शमूएललाई बुबाआमाले असल काम मात्र गर्नू भनेर सिकाएका थिए। त्यसैले शमूएलले असल काम मात्र गऱ्‍यो।

एलीले आफ्ना छोराहरूलाई के गर्नुपर्थ्यो?— एलीले तिनीहरूलाई सजाय दिनुपर्थ्यो। तिनीहरूलाई यहोवाको मन्दिरमा काम गर्न दिनु हुँदैनथ्यो। तर एलीले छोराहरूलाई केही पनि गरेन। त्यसैले एली र तिनका छोराहरूसित यहोवा रिसाउनुभयो। यहोवाले तिनीहरूलाई सजाय दिने विचार गर्नुभयो।

सानो केटो शमूएल प्रधान पुजारी एलीसित कुरा गर्दै छन्‌

यहोवाले भनेको कुरा शमूएलले एलीलाई बतायो

एकदिनको कुरा हो। शमूएल सुतिरहेको थियो। उसले ‘शमूएल! ए, शमूएल!’ भनेर कसैले बोलाएको सुन्यो। शमूएल दौडेर एलीकहाँ गयो। तर एलीले ‘मैले तिमीलाई बोलाएको होइन’ भन्यो। अझै दुई पटक पनि त्यस्तै भयो। त्यसपछि फेरि कसैले बोलायो भने के गर्नुपर्छ भनेर एलीले शमूएललाई सिकायो। उसले शमूएललाई यसो भन्‍न सिकायो: ‘भन्‍नुहोस्‌ यहोवा! म सुन्दै छु।’ शमूएलले एलीले भनेझैं गऱ्‍यो। त्यसपछि यहोवाले शमूएललाई भन्‍नुभयो: ‘गएर एलीलाई भन, म उसलाई र उसको परिवारलाई सजाय दिन्छु, किनभने तिनीहरूले नराम्रो काम गरे।’ एकछिन सोच त, एलीलाई यो कुरा बताउन शमूएललाई सजिलो भयो होला र?— अहँ! पटक्कै सजिलो भएन! शमूएललाई डर लागिरहेको थियो। तैपनि उसले यहोवाको कुरा मान्यो। यहोवाले जे भन्‍नुभएको थियो, पछि त्यस्तै भयो। एलीका छोराहरू मारिए। एली पनि मऱ्‍यो।

हामी पनि शमूएलजस्तै हुनुपर्छ। अरूले नराम्रो काम गरे पनि शमूएलले चाहिं असल काम गरिरह्‍यो। तिमी पनि शमूएलले जस्तै असल काम गरिरहन्छौ? असल काम गरिरह्‍यौ भने तिमीले यहोवालाई र ममी-बाबालाई खुसी बनाउनेछौ।

बाइबल खोलेर पढ

  • १ शमूएल २:२२-२६; ३:१-२१

प्रश्‍न:

  • शमूएलकी आमाले कस्तो वाचा गरी?

  • बासस्थानमा एलीका छोराहरूले कस्तो काम गरिरहेका थिए?

  • यहोवाले शमूएललाई के भन्‍नुभयो?

  • शमूएलजस्तै हुन हामीले के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने