प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc lesson १३ pp. २८-२९
  • अरूलाई मदत गर्ने केटो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूलाई मदत गर्ने केटो
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • पावल र तिमोथि
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिमोथी “विश्‍वासमा . . . सच्चा छोरा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सत्यलाई ठीकसँग प्रयोग गर्न हामीलाई कुन कुराले मदत गर्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • जवान हो—परमेश्‍वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc lesson १३ pp. २८-२९
सानो केटो तिमोथी आफ्नी आमा युनिस र हजुरआमा लोइसबाट सिक्दै छन्‌

पाठ १३

अरूलाई मदत गर्ने केटो

अरूलाई मदत गर्न पाउँदा तिमोथी रमाउँथ्यो। उसले टाढा-टाढा गएर अरूलाई मदत गऱ्‍यो। उसको जीवन धेरै रमाइलो थियो। अब तिमोथीको कथा सुन्‍ने हो त?—

तिमोथीलाई आमा र हजुरआमाले यहोवाको कुरा सिकाए

तिमोथी लिस्त्रा भन्‍ने सहरमा हुर्कियो। सानो छँदादेखिनै तिमोथीकी आमा र हजुरआमाले उसलाई यहोवाको कुरा सिकाए। ठूलो हुँदै जाँदा तिमोथीले अरूलाई पनि यहोवाको कुरा भन्‍न थाल्यो।

पावलले तिमोथीलाई ‘टाढा प्रचार गर्न म सँगै हिंड न बाबु’ भन्यो। त्यतिखेर तिमोथी जवानै थियो। तिमोथीले पनि “हुन्छ नि, म जान्छु” भन्यो। तिमोथी टाढा-टाढा गएर अरूलाई मदत गर्न चाहन्थ्यो।

तिमोथी पावलसँगै थिस्सलोनिका भन्‍ने सहरमा गयो। त्यो सहर म्यासिडोनियामा पर्थ्यो। त्यहाँ पुग्न तिनीहरू धेरै दिन हिंडे र डुङ्‌गा पनि चढे। अन्तमा तिनीहरू थिस्सलोनिका पुगे। त्यहाँ पुगेपछि तिनीहरूले धेरै मानिसहरूलाई यहोवा परमेश्‍वरको कुरा सिकाए। तर त्यहाँका केही मानिसहरू पावल र तिमोथीसँग रिसाए र तिनीहरूलाई कुट्‌न खोजे। त्यसैले पावल र तिमोथी त्यहाँबाट अन्तै गएर प्रचार गर्न थाले।

तिमोथी पावलसँगै डुङ्‌गामा यात्रा गर्दै छन्‌

तिमोथीको जीवन रमाइलो थियो

केही महिनापछि पावलले तिमोथीलाई भन्यो, ‘तिमोथी, थिस्सलोनिकामा फेरि जाऊ र त्यहाँ हाम्रा भाइबहिनीहरूको हालखबर बुझेर आऊ!’ पहिला मानिसहरूले कुट्‌न खोजेको त्यो सहरमा फेरि जाने? कत्ति डर लाग्छ नि, होइन र? तर तिमोथी थिस्सलोनिकामा भएका भाइबहिनीलाई धेरै माया गर्थ्यो। त्यसैले ऊ नडराईकन गयो। थिस्सलोनिकामा भएका भाइबहिनीहरूले धेरै राम्ररी यहोवाको सेवा गर्दै थिए। त्यहाँबाट फर्केर तिमोथीले पावललाई राम्रो खबर सुनायो।

तिमोथीले धेरै वर्षसम्म पावलसँगै काम गऱ्‍यो। तिमोथी यहोवालाई र मानिसहरूलाई पनि धेरै माया गर्थ्यो। त्यसैले ‘मण्डलीलाई मदत गर्न तिमोथीलाई पठाउँछु’ भनेर पावलले भन्यो।

तिमी पनि मान्छेहरूलाई माया गर्छौ? अनि यहोवाको कुरा सिकाउँछौ?— तिमीले अरूलाई माया गऱ्‍यौ र यहोवाको कुरा सिकायौ भने तिमोथीजस्तै तिमी पनि खुसी हुनेछौ र तिम्रो जीवन पनि रमाइलो हुनेछ।

बाइबल खोलेर पढ

  • २ तिमोथी १:५; ३:१५

  • प्रेषित १६:१-५; १७:१-१०

  • १ थिस्सलोनिकी ३:२-७

  • फिलिप्पी २:१९-२२

प्रश्‍न:

  • तिमोथी कहाँ बस्थ्यो?

  • तिमोथी पावलसँग जान मान्यो कि मानेन? किन मानेको?

  • तिमोथी किन फेरि थिस्सलोनिकामा गयो?

  • तिमी पनि तिमोथीजस्तै खुसी हुन चाहन्छौ? त्यसोभए तिमीले के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने