प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • hf भाग ३ पृ. ९-११
  • समस्या कसरी सुल्झाउने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समस्या कसरी सुल्झाउने?
  • सुखी परिवार तर कसरी?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ समस्याबारे कुरा गर्नुहोस्‌
  • २ सुन्‍नुहोस्‌ र बुझ्नुहोस्‌
  • ३ निर्णय गरेअनुसार काम गर्नुहोस्‌
  • आफ्नो जोडीसित आदरपूर्वक व्यवहार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • वफादार हुनुहोस्‌
    सुखी परिवार तर कसरी?
  • परिवार सुखी बनाउन मदत खोज्नुहोस्‌
    सुखी परिवार तर कसरी?
  • सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?
    सुखी परिवार तर कसरी?
थप हेर्नुहोस्
सुखी परिवार तर कसरी?
hf भाग ३ पृ. ९-११
श्रीमतीले आफ्नो मनको कुरा बताउँदा श्रीमान्‌ ध्यान दिएर सुन्दै

अध्याय ३

समस्या कसरी सुल्झाउने?

“आपसमा प्रगाढ प्रेम गर, किनकि प्रेमले असङ्‌ख्य पापहरू ढाक्छ।”—१ पत्रुस ४:८

विवाहपछि जीवनमा अनेक समस्या देखा पर्न थाल्छ। तपाईंहरूको सोचाइ र भावना फरक-फरक भएकोले कहिलेकाहीं मनमुटाव हुन सक्छ। अथवा सोच्दै नसोचेको परिस्थिति आइपर्दा अनि अरू कसैको कारणले गर्दा पनि समस्या देखा पर्न सक्छ।

हामी समस्यादेखि भाग्न खोज्छौं होला तर बाइबलले त्यसको सामना गर्ने सल्लाह दिन्छ। (मत्ती ५:२३, २४) समस्याको समाधान गर्ने सबैभन्दा राम्रो तरिका बाइबलको सल्लाह व्यवहारमा लागू गर्नु हो।

१ समस्याबारे कुरा गर्नुहोस्‌

बाइबल के भन्छ? “सबै कुराको लागि समय छ, . . . बोल्ने एउटा समय” छ। (उपदेशक ३:१, ७) समस्याको समाधान गर्न समय दिएर कुराकानी गर्नुहोस्‌। आफूलाई लागेको कुरा नलुकाई जीवनसाथीलाई बताउनुहोस्‌। सधैं ‘सत्य बोल्नुहोस्‌।’ (एफिसी ४:२५) एकदमै रिस उठिरहेको छ भने आफूलाई काबूमा राख्ने कोसिस गर्नुहोस्‌। शान्त भएर कुरा गर्दा समस्या ठूलो हुन पाउँदैन।—हितोपदेश १५:४; २६:२०.

जीवनसाथीको कुरा चित्त बुझेन भने पनि झनक्क नरिसाउनुहोस्‌; रूखो जवाफ नफर्काउनुहोस्‌। आदर गर्दै कुराकानी गर्नुहोस्‌। (कलस्सी ४:६) बोलचालै बन्द नगर्नुहोस्‌ बरु जति सकिन्छ छिटो समस्याको समाधान गर्ने प्रयास गर्नुहोस्‌।—एफिसी ४:२६.

श्रीमान्‌ श्रीमती समस्याबारे कुरा गर्दै

यसो गरेर हेर्नुहोस्‌:

  • समस्याबारे कुरा गर्ने उपयुक्‍त समय तोक्नुहोस्‌।

  • आफ्नो पालोमा मात्र बोल्नुहोस्‌; बीचमा कुरा नकाट्‌नुहोस्‌।

२ सुन्‍नुहोस्‌ र बुझ्नुहोस्‌

बाइबल के भन्छ? “एक-दोस्रोप्रति . . . कोमल स्नेह देखाओ। एक-अर्काको आदर गर्नमा अगुवाइ लेओ।” (रोमी १२:१०) तपाईं कसरी सुन्‍नुहुन्छ, त्यो महत्त्वपूर्ण छ। ‘एक-अर्काको पीडा महसुस गर्दै अनि नम्र मनोभाव राख्दै’ जीवनसाथीको विचार बुझ्ने कोसिस गर्नुहोस्‌। (१ पत्रुस ३:८; याकूब १:१९) कुरा नसुने पनि सुन्दै गरेको जस्तो ढोङ नगर्नुहोस्‌। सकिन्छ भने आफूले गर्दै गरेको काम एकछिन छोड्‌नुहोस्‌ र ध्यान दिएर सुन्‍नुहोस्‌। अथवा पछि कुरा गर्न सकिन्छ कि भनेर सोध्नुहोस्‌। जीवनसाथीलाई शत्रु होइन, मित्र ठान्‍नुभयो भने “रीस देखाउन छिटो” गर्नुहुनेछैन।—उपदेशक ७:९.

यसो गरेर हेर्नुहोस्‌:

  • जीवनसाथीले रिसउठ्‌दो कुरा गरे तापनि एउटा कानले सुनेर अर्को कानले उडाउने नगर्नुहोस्‌; ध्यान दिएर सुन्‍नुहोस्‌।

  • शब्दलाई होइन, शब्दपछाडि लुकेको भावलाई बुझ्ने कोसिस गर्नुहोस्‌। तिनको हाउभाउ र बोलीको भाव याद गर्नुहोस्‌।

३ निर्णय गरेअनुसार काम गर्नुहोस्‌

बाइबल के भन्छ? “मेहनतको फल मीठो हुन्छ, तर कुरा मात्र गर्नाले दरिद्रता बढ्‌छ।” (हितोपदेश १४:२३) समस्याको हल निस्केपछि ‘हुन्छ यसै गरौं’ भनेर मात्र पुग्दैन, त्यसअनुसार काम पनि गर्नुपर्छ। त्यसैले निर्णय गरेअनुसार काम गर्न सक्दो गर्नुहोस्‌। तपाईंको प्रयास खेर जानेछैन। (हितोपदेश १०:४) सँगै मिलेर समस्याको हल खोज्नुभयो भने तपाईंले “मेहनतको असल इनाम” पाउनुहुनेछ।—उपदेशक ४:९.

यसो गरेर हेर्नुहोस्‌:

  • समस्या सुल्झाउन तपाईंहरू के गर्न चाहनुहुन्छ, पक्का गर्नुहोस्‌।

  • अनि निर्णय गरेअनुसार काम भइरहेको छ कि छैन, बेला-बेलामा जाँच्नुहोस्‌।

मिलेर समस्या सुल्झाउनुहोस्‌

मिलेर समस्या सुल्झाउने गर्नुभयो भने दाम्पत्य जीवन सुखमय हुनेछ। (हितोपदेश २४:३) जीवनसाथीको गल्तीलाई बिर्सनुहोस्‌; पुरानो कुरालाई कोट्ट्याइरहने नगर्नुहोस्‌। (हितोपदेश १७:९) चाहे समस्या जस्तोसुकै किन नहोस्‌, एकअर्कालाई सहयोग गर्नुभयो र बाइबलको सल्लाह लागू गर्नुभयो भने त्यो समस्या अवश्‍य सुल्झनेछ।

आफैलाई सोध्नुहोस्‌ . . .

  • मैले आफ्नो श्रीमान्‌/श्रीमतीसित सल्लाह नगरी नहुने केही समस्या छ कि?

  • यस विषयमा मेरो श्रीमान्‌/श्रीमतीको भावना म कसरी बुझ्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने