प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • hf भाग ४ पृ. १२-१४
  • पैसाको सदुपयोग कसरी गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पैसाको सदुपयोग कसरी गर्ने?
  • सुखी परिवार तर कसरी?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ राम्ररी योजना बनाउनुहोस्‌
  • २ घाँटी हेरेर हाड निल्नुहोस्‌
  • पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
  • के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पैसाप्रति कस्तो दृष्टिकोण राख्नु बुद्धिमानी हो?
    ब्यूँझनुहोस्‌!—२००७
  • तपाईं रूपैयाँपैसा चाहनुहुन्छ कि जीवन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
सुखी परिवार तर कसरी?
hf भाग ४ पृ. १२-१४
के-कस्तो कुरामा पैसा खर्च गर्ने भनेर योजना बनाउँदै

अध्याय ४

पैसाको सदुपयोग कसरी गर्ने?

“धेरै सोचेर गरेको योजना सफल हुन्छ।”—हितोपदेश १५:२२

परिवारको आवश्‍यकता पूरा गर्न हामी सबैलाई पैसा चाहिन्छ। (हितोपदेश ३०:८) त्यसैले बाइबलले “रुपियाँपैसा एउटा आश्रय हो” भन्छ। (उपदेशक ७:१२, NRV) तर पैसा तपाईंहरूको वैवाहिक जीवनमा समस्याको पोको बन्‍न सक्छ। त्यसैले पैसाको विषयमा छलफल गर्न अप्ठ्यारो नमान्‍नुहोस्‌। (एफिसी ४:३२) तपाईंहरूले एकअर्कालाई भरोसा गर्नुभयो र मदत गर्नुभयो भने पैसा के-कस्तो कुरामा खर्च गर्ने भनेर निर्णय गर्न सजिलो हुनेछ।

१ राम्ररी योजना बनाउनुहोस्‌

बाइबल के भन्छ? “तिमीहरूमध्ये को यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि, त्यो बनाइसिद्धयाउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन?” (लूका १४:२८) के-कस्तो कुरामा पैसा खर्च गर्ने भनेर निर्णय गर्न दुवैले मिलेर योजना बनाउनुपर्छ। (आमोस ३:३) के-के किन्‍नुपर्छ अनि कतिसम्म खर्च गर्न सकिन्छ, हिसाब गर्नुहोस्‌। (हितोपदेश ३१:१६) पैसा छ भन्दैमा खर्च गर्नै पर्छ भन्‍ने छैन। उधारो लिने बानी नगर्नुहोस्‌। आफूसित भएको पैसा मात्र चलाउनुहोस्‌।—हितोपदेश २१:५; २२:७.

यसो गरेर हेर्नुहोस्‌:

  • महिनाको अन्तमा केही पैसा बच्यो भने त्यो पैसा के गर्ने भनेर दुवै मिलेर छलफल गर्नुहोस्‌।

  • आम्दानीभन्दा खर्च बढी भइरहेको छ भने खर्च कसरी कम गर्न सकिन्छ, योजना बनाउनुहोस्‌। जस्तै, बाहिर खानुभन्दा घरमै खाए कसो होला?

धेरै पैसा खर्च हुने कुराहरू के-के हुन्‌ भनेर विचार गर्दै

२ घाँटी हेरेर हाड निल्नुहोस्‌

बाइबल के भन्छ? ‘यहोवाको नजरमा मात्र होइन तर मानिसहरूको नजरमा पनि सबै कुरा इमानदारीसाथ गर।’ (२ कोरिन्थी ८:२१) तपाईं कति कमाउनुहुन्छ र कति खर्च गर्नुहुन्छ, त्यो कुरा जीवनसाथीलाई बताउनुहोस्‌; कुरा लुकाउने नगर्नुहोस्‌।

धेरै पैसा खर्च हुने विषयमा सधैं जीवनसाथीसित सरसल्लाह गर्नुहोस्‌। (हितोपदेश १३:१०) यसो गर्दा पैसाको कारण परिवारमा किचलो हुनेछैन। आफ्नो कमाइ आफ्नै लागि मात्र हो भनेर नसोच्नुहोस्‌, पूरै परिवारको लागि हो भनेर सोच्नुहोस्‌।—१ तिमोथी ५:८.

किन्‍ने सामानको सूची हेर्दै

यसो गरेर हेर्नुहोस्‌:

  • एकअर्कालाई नसोधीकन कतिसम्म पैसा खर्च गर्न सकिन्छ, दुवै मिलेर पक्का गर्नुहोस्‌।

  • समस्यालाई चर्किन नदिन सरसल्लाह गरिहाल्नुहोस्‌।

पैसालाई कुन रूपमा लिनुपर्छ?

पैसा महत्त्वपूर्ण छ तर यसले वैवाहिक सम्बन्धमा फाटो ल्याउन सक्छ; अनावश्‍यक चिन्ता-फिक्री थोपर्न सक्छ। (मत्ती ६:२५-३४) त्यसैले पैसालाई नै सब थोक नसम्झनुहोस्‌। खुसी हुन धेरै पैसा हुनै पर्छ भन्‍ने छैन। बाइबल भन्छ, “हर प्रकारको लालचबाट आफूलाई जोगाओ।” (लूका १२:१५) पैसाले थुप्रै कुरा किन्‍न सकिन्छ होला तर परिवारको खुसी किन्‍न सकिंदैन। त्यसैले आफूसित भएको कुरामा सन्तुष्ट हुनुहोस्‌ अनि परमेश्‍वरसितको सम्बन्धलाई कहिल्यै हल्का नठान्‍नुहोस्‌। यी सबै कुरामा ध्यान दिनुभयो भने तपाईंको परिवार सुखी हुनेछ अनि यहोवा पनि तपाईंहरूदेखि खुसी हुनुहुनेछ।—हिब्रू १३:५.

आफैलाई सोध्नुहोस्‌ . . .

  • उधारो नलिई कसरी खर्च टार्ने?

  • मैले श्रीमान्‌/श्रीमतीसित खर्चबारे कुरा नगरेको धेरै भयो कि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने