गीत १४२
सबै जातिका मानिसलाई प्रचार गरौं
१. यहोवाजस्तै बन्न चाहन्छौं।
गर्दैनौं पक्षपात कसैलाई नि।
इच्छा छ या’को सबै बचेको;
दिन्छन् निम्तो बन्न सेवक उनको।
(कोरस)
सबै मानिसजातिलाई
या’को सन्देश सुनाऔं,
रूपरङ हैन हृदय हेरेर।
माया गर्छौं सबैलाई;
सुनाउँछौं यो सबैलाई:
“बन्न सक्छौ साथी यहोवाको।”
२. यहोवा हेर्छन् भित्री मन तिनको,
हेर्दैनन् बाइरबाट छन् कस्तो।
चाहे जहाँसुकै बसून् तिनी,
चाहे जस्तोसुकै होऊन् तिनी।
(कोरस)
सबै मानिसजातिलाई
या’को सन्देश सुनाऔं,
रूपरङ हैन हृदय हेरेर।
माया गर्छौं सबैलाई;
सुनाउँछौं यो सबैलाई:
“बन्न सक्छौ साथी यहोवाको।”
३. यहोवा गर्छन् स्वागत सबैलाई,
जसले त्याग्छ संसारको मार्गलाई।
सिक्यौं यही, चाहन्छौं बाँड्नलाई।
गर्छौं प्रचार कसैलाई नछुटाई।
(कोरस)
सबै मानिसजातिलाई
या’को सन्देश सुनाऔं,
रूपरङ हैन हृदय हेरेर।
माया गर्छौं सबैलाई;
सुनाउँछौं यो सबैलाई:
“बन्न सक्छौ साथी यहोवाको।”
(यूह. १२:३२; प्रेषि. १०:३४; १ तिमो. ४:१०; ती. २:११ पनि हेर्नुहोस्।)