गीत ५७
सबै किसिमका मानिसलाई प्रचार गरौँ!
१. यहोवाजस्तै बन्न चाहन्छौँ।
गर्दैनौँ पक्षपात कसैलाई नि।
इच्छा छ याहको सबै बचेको;
दिन्छन् निम्तो बन्न सेवक उनको।
(कोरस)
सबै मानिसजातिलाई
याहको सन्देश सुनाऔँ,
रूपरङ हैन हृदय हेरेर।
माया गर्छौँ सबैलाई;
सुनाउँछौँ यो सबैलाई:
“बन्न सक्छौ साथी यहोवाको।”
२. यहोवा हेर्छन् भित्री मन तिनको,
हेर्दैनन् बाइरबाट छन् कस्तो।
चाहे जहाँसुकै बसून् तिनी,
चाहे जस्तोसुकै होऊन् तिनी।
(कोरस)
सबै मानिसजातिलाई
याहको सन्देश सुनाऔँ,
रूपरङ हैन हृदय हेरेर।
माया गर्छौँ सबैलाई;
सुनाउँछौँ यो सबैलाई:
“बन्न सक्छौ साथी यहोवाको।”
३. यहोवा गर्छन् स्वागत सबैलाई,
जसले त्याग्छ संसारको मार्गलाई।
सिक्यौँ यही, चाहन्छौँ बाँड्नलाई।
गर्छौँ प्रचार कसैलाई नछुटाई।
(कोरस)
सबै मानिसजातिलाई
याहको सन्देश सुनाऔँ,
रूपरङ हैन हृदय हेरेर।
माया गर्छौँ सबैलाई;
सुनाउँछौँ यो सबैलाई:
“बन्न सक्छौ साथी यहोवाको।”
(युह. १२:३२; प्रेषि. १०:३४; १ तिमो. ४:१०; ति. २:११ पनि हेर्नुहोस्)