प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ६७ p. १६०-p. १६१ par. ४
  • “यो मानिसले जस्तो त कसैले बोलेको छैन”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यो मानिसले जस्तो त कसैले बोलेको छैन”
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरू उहाँलाई पक्रन असफल हुन्छन्‌
    सबैभन्दा महान्‌ पुरुष
  • तिनीहरू उहाँलाई गिरफ्तार गर्न असफल हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • निकोदेमसबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • येसु निकोदेमसलाई राती शिक्षा दिनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ६७ p. १६०-p. १६१ par. ४
येसुलाई पक्रन पठाइएका सिपाहीहरू उहाँलाई नलिई फर्कन्छन्‌

अध्याय ६७

“यो मानिसले जस्तो त कसैले बोलेको छैन”

युहन्‍ना ७:३२-५२

  • येसुलाई पक्रन मन्दिरका पहरेदारहरू पठाइन्छ

  • निकोदेमस येसुको पक्षमा बोल्छन्‌

येसु झुप्रोबासको चाडको लागि अझै पनि यरुसलेममै हुनुहुन्छ। ‘भीडमा हुनेहरूमध्ये धेरैले उहाँमाथि विश्‍वास गरेको’ देखेर उहाँ खुसी हुनुहुन्छ। तर धर्मगुरुहरू भने पटक्कै खुसी छैनन्‌। त्यसैले तिनीहरूले उहाँलाई पक्रन मन्दिरका पहरेदारहरू पठाउँछन्‌। (युहन्‍ना ७:३१, ३२) तर येसु लुक्ने प्रयास गर्नुहुन्‍न।

बरु उहाँ यरुसलेममा यसो भन्दै खुलेआम शिक्षा दिइरहनुहुन्छ: “जसले मलाई पठाउनुभयो, उहाँकहाँ जानुअघि अब केही बेर म तिमीहरूसित हुनेछु। तिमीहरूले मलाई खोज्नेछौ तर फेला पार्नेछैनौ र म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।” (युहन्‍ना ७:३३, ३४) तर यहुदीहरू येसुको कुरा बुझ्दैनन्‌। त्यसैले आपसमा यसो भन्‍न थाल्छन्‌: “हामीले फेला पार्न नसक्नेगरि यो मानिस कहाँ जाँदै छ? ग्रीकहरूमाझ छरिएका यहुदीहरूकहाँ गएर यसले ती ग्रीकहरूलाई सिकाउने विचार गर्दै छ कि कसो? अनि ‘तिमीहरूले मलाई खोज्नेछौ तर फेला पार्नेछैनौ र म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेर यसले के भन्‍न खोजेको?” (युहन्‍ना ७:३५, ३६) तर येसु आफ्नो मृत्यु हुने र आफू जीवित भएपछि स्वर्ग जाने विषयमा कुरा गर्दै हुनुहुन्छ र उहाँका शत्रुहरूले उहाँलाई त्यहाँसम्म पछ्याउन सक्नेछैनन्‌।

चाडको सातौँ दिन सुरु हुन्छ। चाडको प्रत्येक बिहान एक जना पुजारीले सिलोआमको कुण्डबाट ल्याइएको पानी वेदीको फेदसम्मै बग्नेगरि खन्याउने चलन छ। सम्भवतः मानिसहरूलाई यही चलनको सम्झना दिलाउँदै येसु ठूलो स्वरले यसो भन्‍नुहुन्छ: “यदि कसैलाई तिर्खा लागेको छ भने ऊ मकहाँ आओस्‌ र पिओस्‌। जसले ममाथि विश्‍वास गर्छ, धर्मशास्त्रले भनेजस्तै ‘उसको मनको गहिराइबाट जीवन दिने पानीको खोला बग्नेछ।’”—युहन्‍ना ७:३७, ३८.

आफ्ना चेलाहरू पवित्र शक्‍तिले अभिषेक भएपछि र उनीहरूले स्वर्गीय जीवनको बोलावट पाएपछि के हुनेछ भनेर येसु बताउन खोज्दै हुनुहुन्छ। यसरी अभिषेक गर्ने काम येसुको मृत्युपछि हुनेछ। अर्को वर्षको पेन्तिकोसको चाडमा पवित्र शक्‍तिद्वारा अभिषेक भएका चेलाहरूले मानिसहरूलाई सुसमाचार बाँड्‌न थाल्दा जीवन दिने पानीको खोला बग्न सुरु हुन्छ।

येसुको शिक्षा सुनेपछि कोही-कोही यसो भन्छन्‌: “यी मानिस पक्कै पनि भविष्यवक्‍ता हुनुपर्छ।” सायद तिनीहरू मोसाभन्दा पनि महान्‌ भविष्यवक्‍ताबारे गरिएको भविष्यवाणीलाई सङ्‌केत गर्दै छन्‌। अरूचाहिँ “यी मानिस ख्रिष्ट हुन्‌” भन्छन्‌। तर कोही भने यस्तो तर्क गर्छन्‌: “ख्रिष्ट पनि कहीँ गालिलबाट आउँछन्‌ र? ख्रिष्ट दाउदको सन्तानबाट अनि दाउदको गाउँ अर्थात्‌ बेतलेहेमबाट आउनेछन्‌ भनेर के धर्मशास्त्रले बताएको छैन र?”—युहन्‍ना ७:४०-४२.

यसले गर्दा भीडमा फूट उत्पन्‍न हुन्छ। केही मानिसहरू येसुलाई पक्राउ गरिएको चाहन्छन्‌ तर कसैले पनि येसुलाई हात हाल्ने हिम्मत गर्दैनन्‌। मन्दिरका पहरेदारहरू येसुलाई नलिई फर्केको देखेर मुख्य पुजारीहरू र फरिसीहरू यसरी सोध्छन्‌: “तिमीहरूले किन उसलाई पक्रेर ल्याएनौ?” पहरेदारहरू यसो भन्छन्‌: “यो मानिसले जस्तो त कसैले बोलेको छैन।” यो सुनेर धर्मगुरुहरू रिसले चूर हुन्छन्‌ अनि निन्दा गर्दै र अपशब्द बोल्दै यसो भन्छन्‌: “तिमीहरू पनि बहकियौ कि कसो? शासक वा फरिसीहरूमध्ये के कसैले त्यसमाथि विश्‍वास गरेको छ र? तर मोसाको व्यवस्था नजान्‍ने यो भीड श्रापित हो।”—युहन्‍ना ७:४५-४९.

निकोदेमस येसुको पक्षमा बोल्छन्‌

तर एक जना फरिसी र न्यायपरिषद्‌को सदस्य निकोदेमस हिम्मत जुटाएर येसुको पक्षमा बोल्छन्‌। लगभग साढे दुई वर्षअघि निकोदेमसले रातको समयमा येसुकहाँ आएर उहाँमाथि आफ्नो विश्‍वास व्यक्‍त गरेका थिए। अब निकोदेमस यसो भन्छन्‌: “हाम्रो व्यवस्थाअनुसार कसैलाई दोष लगाउनुअघि उसको कुरा सुन्‍नु अनि उसले के गर्दै छ, त्यो बुझ्नु आवश्‍यक छैन र?” तिनीहरू यसो भन्दै आफ्नो कुरालाई माथि पार्न खोज्छन्‌: “के तिमी पनि गालिलकै हौ र? धर्मशास्त्रमा खोजेर हेर, गालिलबाट भविष्यवक्‍ता आउनेछ भनेर कतै लेखिएको छैन।”—युहन्‍ना ७:५१, ५२.

गालिलबाट एक जना भविष्यवक्‍ता आउनेछन्‌ भनेर धर्मशास्त्रमा कतै पनि सीधै बताइएको छैन। तर परमेश्‍वरको वचनले ख्रिष्ट गालिलबाट आउने सङ्‌केत भने दिएको थियो। परमेश्‍वरको वचनले “जातिजातिहरूको गालिल”-मा “चहकिलो ज्योति” देखापर्ने विषयमा भविष्यवाणी गरेको थियो। (यसैया ९:१, २; मत्ति ४:१३-१७) यसबाहेक भविष्यवाणी गरिएअनुसारै येसु बेतलेहेममा जन्मनुभएको थियो र उहाँ दाउदको सन्तान हुनुहुन्छ। फरिसीहरूलाई यो कुरा थाह भए तापनि मानिसहरूमाझ येसुबारे यस्तो अफवाह फैलाउनुमा धेरै हदसम्म तिनीहरूकै हात छ जस्तो देखिन्छ।

  • चाडको प्रत्येक बिहान गरिने एउटा कुरातर्फ येसु मानिसहरूको ध्यान कसरी खिच्नुहुन्छ?

  • मन्दिरका पहरेदारहरू येसुलाई किन पक्रँदैनन्‌? धर्मगुरुहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌?

  • ख्रिष्ट गालिलबाट आउनुहुने थियो भन्‍ने कुरा केले सङ्‌केत गर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने