प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ७२ p. १७०-p. १७१ par. १
  • येसु ७० जना चेलालाई प्रचार गर्न पठाउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु ७० जना चेलालाई प्रचार गर्न पठाउनुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशूले ७० जनालाई पठाउनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • “उहाँको समय अझै आइपुगेको थिएन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येसु परमेश्‍वरको राज्यको सन्देश प्रचार गर्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ७२ p. १७०-p. १७१ par. १
सत्तरी जनामध्ये केही राज्य प्रचारक प्रचार अभियानमा बटुलेका अनुभवहरू येसुलाई खुसी हुँदै सुनाउँदै

अध्याय ७२

येसु ७० जना चेलालाई प्रचार गर्न पठाउनुहुन्छ

लुका १०:१-२४

  • येसु ७० जना चेला छान्‍नुहुन्छ र तिनीहरूलाई प्रचार गर्न पठाउनुहुन्छ

कुरा इस्वी संवत्‌ ३२ को अन्ततिरको हो। येसुले बप्तिस्मा गर्नुभएको झन्डै तीन वर्ष भएको छ। उहाँ र उहाँका चेलाहरू हालसालै झुप्रोबासको चाड मनाउन यरुसलेममा हुनुहुन्थ्यो। उहाँहरू अझै यरुसलेमनजिकैको इलाकामा हुनुहुन्छ जस्तो देखिन्छ। (लुका १०:३८; युहन्‍ना ११:१) वास्तवमा येसु आफ्नो सेवाको कामको बाँकी छ महिना यहुदियामा वा यर्दन नदीपारि पेरिया जिल्लामा बिताउनुहुन्छ। यी इलाकाहरूमा पनि प्रचार गर्नु आवश्‍यक छ।

इस्वी संवत्‌ ३० को निस्तार चाडपछि पनि येसुले केही महिना यहुदियामा प्रचार गर्नुभएको थियो अनि सामरिया हुँदै गालिल जानुभएको थियो। अनि इस्वी संवत्‌ ३१ को निस्तार चाडतिर यरुसलेममा यहुदीहरूले उहाँलाई मार्न खोजेका थिए। त्यसपछिको साढे एक वर्ष येसुले मुख्यगरि उत्तरतिर पर्ने गालिलमा प्रचार गर्नुभयो। यस समयावधिमा धेरै जना उहाँको अनुयायी बने। गालिलमै छँदा येसुले प्रेषितहरूलाई प्रशिक्षण दिनुभयो र तिनीहरूलाई यस्तो निर्देशन दिएर पठाउनुभयो: “यसो भन्दै प्रचार गर: ‘स्वर्गको राज्य नजिकै आएको छ।’” (मत्ति १०:५-७) अब उहाँ यहुदियामा प्रचार अभियान सुरु गर्नुहुन्छ।

यस अभियानको लागि येसु ७० जना चेला छान्‍नुहुन्छ र तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुहुन्छ। यसरी राज्य प्रचारकहरूको ३५ वटा टोलीले यस इलाकामा प्रचार गर्न थाल्छ, जहाँ “फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्‌।” (लुका १०:२) पछि येसु जानुहुने इलाकाहरूमा तिनीहरू जानुपर्ने थियो। तिनीहरूले बिरामीहरूलाई निको पार्नुका साथै येसुले सुनाइरहनुभएको सन्देश नै सुनाउनुपर्ने थियो।

ती चेलाहरूले सभाघरहरूमा गएर सिकाउनुपर्ने थिएन। बरु येसु तिनीहरूलाई घरघरमा गएर प्रचार गर्न निर्देशन दिनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब सुरुमा यसो भन: ‘यो घरमा शान्ति छाओस्‌।’ यदि शान्ति चाहने व्यक्‍ति त्यहाँ रहेछ भने तिमीहरूले कामना गरेको शान्ति ऊमाथि रहनेछ।” अनि तिनीहरूले सुनाउनुपर्ने सन्देश चाहिँ के हो? येसु यसो भन्‍नुहुन्छ: “‘परमेश्‍वरको राज्य तिमीहरूको नजिकै आइपुगेको छ’ भनेर तिनीहरूलाई सुनाओ।”—लुका १०:५-९.

उहाँले अहिले ७० जना चेलालाई दिनुभएको निर्देशन झन्डै एक वर्षअघि १२ प्रेषितलाई दिनुभएको निर्देशनसित मिल्दोजुल्दो छ। सबैले तिनीहरूलाई स्वागत गर्नेछैनन्‌ भनेर उहाँ तिनीहरूलाई सम्झाउनुहुन्छ। तर तिनीहरूको यस्तो प्रयासले गर्दा असल हृदय भएकाहरू तयार रहन सक्नेछन्‌, जसले गर्दा केही समयपछि येसु आउनुहुँदा उनीहरू मालिकलाई भेट्‌न र उहाँबाट सिक्न उत्सुक हुनेछन्‌।

केही समयपछि राज्य प्रचारकहरूको ३५ वटा टोली येसु हुनुभएको ठाउँमा फर्कन्छ। खुसी हुँदै तिनीहरू उहाँलाई यस्तो कुरा सुनाउँछन्‌: “प्रभु, हामीले तपाईँको नाम लिँदा प्रेतहरूसमेत हाम्रो वशमा आए।” तिनीहरूको यस्तो रिपोर्ट सुनेर येसु पनि खुसी हुनुहुन्छ र यसो भन्‍नुहुन्छ: “बिजुली चम्केजस्तै सैतान आकाशबाट खसेको मैले देखेँ। हेर! मैले तिमीहरूलाई सर्प अनि बिच्छीहरूलाई आफ्नो पैतालामुनि कुल्चने . . . अख्तियार दिएको छु।”—लुका १०:१७-१९.

येसु आफ्ना अनुयायीहरूलाई तिनीहरू प्रतीकात्मक अर्थमा सर्प र बिच्छीहरूलाई पैतालामुनि कुल्चन सफल हुनेछन्‌ अर्थात्‌ तिनीहरू हानि पुऱ्‍याउने कुराहरूमाथि विजयी हुनेछन्‌ भनेर आश्‍वासन दिनुहुन्छ। यसबाहेक, भविष्यमा सैतान स्वर्गबाट फ्याँकिने कुरामा पनि तिनीहरू पक्का हुन सक्छन्‌। येसु ती ७० जनालाई अझ महत्त्वपूर्ण कुरा के हो भनेर बुझ्न पनि मदत गर्नुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “प्रेतहरू तिमीहरूको वशमा आए भनी नरमाओ बरु तिमीहरूको नाम स्वर्गमा लेखियो भनेर रमाओ।”—लुका १०:२०.

परमेश्‍वरले यी नम्र सेवकहरूलाई यस्तो प्रभावकारी तरिकामा चलाउनुभएकोमा येसु असाध्यै खुसी हुनुहुन्छ र सबैको अगाडि आफ्नो बुबाको प्रशंसा गर्नुहुन्छ। आफ्ना चेलाहरूतिर फर्केर उहाँ यसो भन्‍नुहुन्छ: “धन्य हुन्‌ ती आँखाहरू, जसले तिमीहरूले देखिरहेका कुराहरू देख्छन्‌। म तिमीहरूलाई भन्छु, धेरै भविष्यवक्‍ता र राजाहरूले तिमीहरूले देखिरहेका कुराहरू हेर्ने इच्छा गरेका थिए तर हेर्न पाएनन्‌ अनि तिमीहरूले सुनिरहेका कुराहरू सुन्‍ने इच्छा गरेका थिए तर सुन्‍न पाएनन्‌।”—लुका १०:२३, २४.

  • अन्तिम छ महिना येसु कहाँ प्रचार गर्नुहुन्छ र उहाँले त्यहाँ प्रचार गर्नुको कारण के हो?

  • सत्तरी जना चेलाले मानिसहरूलाई कहाँ खोज्नुपर्ने थियो?

  • सत्तरी जना चेला सफल भए तापनि येसु कुन कुरा अझ महत्त्वपूर्ण छ भन्‍नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने