प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 सेप्टेम्बर p. १९
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • येसु ७० जना चेलालाई प्रचार गर्न पठाउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येशूका बिदाइ शब्दहरूलाई ध्यान दिंदै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “एउटा स्मरणीय दिन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • सेदर देखिन्‌ मुक्‍ति तर्फ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 सेप्टेम्बर p. १९
येसु आफ्ना वफादार प्रेषितहरूसित प्रभुको साँझको भोजको सुरुवात गर्दै हुनुहुन्छ।

पाठकहरूको प्रश्‍न

येसुले प्रभुको साँझको भोजको सुरुवात गर्नुहुँदा उहाँले छान्‍नुभएका ७० जना चेलाहरू कहाँ थिए? के तिनीहरूले उहाँलाई त्यागेका थिए?

अहँ, त्यसो त होइन। अनि येसुले पनि तिनीहरूलाई त्याग्नुभएको थिएन। येसु आफ्ना सबै चेलाहरूसित होइन बरु आफ्ना प्रेषितहरूसित मात्र प्रभुको साँझको भोज मनाउन चाहनुहुन्थ्यो।

येसुले आफ्ना चेलाहरूमध्येबाट १२ जनालाई प्रेषितहरूको रूपमा छान्‍नुभयो। (लुका ६:१२-१६) उहाँले गालिलमा छँदा ‘ती १२ जनालाई बोलाउनुभयो’ र “परमेश्‍वरको राज्यको प्रचार गर्न र मानिसहरूलाई निको पार्न पठाउनुभयो।” (लुका ९:१-६) पछि यहुदियामा छँदा उहाँले “अरू ७० जना चेला छान्‍नुभयो” र साक्षी दिन ‘दुई-दुई गरी पठाउनुभयो।’ (लुका ९:५१; १०:१) यसबाट सुसमाचार सुनाउन येसुका चेलाहरू विभिन्‍न ठाउँमा गए भनेर बुझ्न सक्छौँ।

येसुको चेला बनेका यहुदीहरूले पहिलाजस्तै हरेक वर्ष सायद आफ्नो परिवारसितै निस्तार चाड मनाउँथे। (प्रस्थ. १२:६-११, १७-२०) आफ्नो मृत्यु हुनुभन्दा थोरै समयअघि येसु आफ्ना प्रेषितहरूसित यरुसलेम जानुभयो। तर उहाँले त्यहाँ यहुदिया, गालिल र पेरियाका सबै चेलाहरूलाई एकसाथ निस्तार चाड मनाउन बोलाउनुभएन। यसबाट येसु त्यो चाड आफ्ना प्रेषितहरूसित मात्र मनाउन चाहनुहुन्थ्यो भनेर बुझ्न सक्छौँ। उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मैले दुःख भोग्नुअघि तिमीहरूसित निस्तार चाडको यो भोज खाने अति इच्छा गरेको थिएँ।”—लुका २२:१५.

येसुले त्यस्तो इच्छा गर्नुको खास कारण थियो। उहाँको मृत्यु हुने दिन नजिकै थियो। बाइबलमा उहाँलाई ‘संसारको पाप हटाउनुहुने परमेश्‍वरको पाठो’ भनिएको छ। (युह. १:२९) उहाँलाई यरुसलेममा मारिने थियो, जहाँ पहिल्यैदेखि परमेश्‍वरको निम्ति बलिदानहरू चढाइँदै आएको थियो। निस्तारको पाठो खाँदा इस्राएलीहरूले यहोवाले तिनीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुभएको कुरा सम्झन्थे। तर येसुले आफ्नो जीवन बलिदान दिनुभएर सम्पूर्ण मानिसजातिलाई पाप र मृत्युबाट छुटकारा दिनुहुने थियो। (१ कोरि. ५:७, ८) येसुको बलिदानले गर्दा ती १२ जना प्रेषित ख्रिष्टियन मण्डलीको जग बन्‍न सम्भव हुने थियो। (एफि. २:२०-२२) रोचक कुरा, पवित्र सहर यरुसलेमको “जगमा १२ वटा ढुङ्‌गा थिए र ती ढुङ्‌गाहरूमा पाठोका १२ जना प्रेषितको १२ नाम लेखिएका थिए।” (प्रका. २१:१०-१४) हो, परमेश्‍वरको इच्छा पूरा गर्नमा ती वफादार प्रेषितहरूले महत्त्वपूर्ण भूमिका खेल्ने थिए। त्यसैले येसुले अन्तिम निस्तार चाड र त्यसलगत्तै प्रभुको साँझको भोज तिनीहरूसितै मनाउन चाहनुको कारण हामी बुझ्न सक्छौँ।

हुनत येसुले प्रभुको साँझको भोज सुरु गर्नुहुँदा ती ७० जना र अरू चेलाहरू येसुसित थिएनन्‌। तर वफादार रहिरहने सबै चेलाहरूले त्यस भोजबाट लाभ उठाउने थिए। पछि सबै अभिषिक्‍त जनहरू राज्य करारको भाग हुने थिए, जुन करारबारे येसुले त्यस रात प्रेषितहरूलाई बताउनुभएको थियो।—लुका २२:२९, ३०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने