प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. ९७ पृ. २२६-पृ. २२७ अनु. २
  • अङ्‌गुर बगानका खेतालाहरूको उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अङ्‌गुर बगानका खेतालाहरूको उदाहरण
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • दाखबारीका खेतालाहरू
    सबैभन्दा महान्‌ पुरुष
  • अङ्‌गुर बगानसम्बन्धी दुई वटा उदाहरण
    येसु—बाटो, सत्य र जीवन
  • दाखबारीका दृष्टान्तहरूद्वारा पर्दाफास हुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • पहिले “उहाँको धार्मिकता” खोजिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
येसु—बाटो, सत्य र जीवन
jy अध्या. ९७ पृ. २२६-पृ. २२७ अनु. २
मानिसहरू अङ्‌गुर बगानमा काम गर्दै

अध्याय ९७

अङ्‌गुर बगानका खेतालाहरूको उदाहरण

मत्ति २०:१-१६

  • अङ्‌गुर बगानका “पछिल्ला” खेतालाहरू “पहिला” हुन्छन्‌

येसुले पेरियामा भर्खरै मात्र आफ्नो श्रोतालाई “धेरै जना जो पहिला छन्‌, ती पछिल्ला हुनेछन्‌ र जो पछिल्ला छन्‌, ती पहिला हुनेछन्‌” भनेर बताउनुभएको छ। (मत्ति १९:३०) यस कुरालाई जोड दिँदै उहाँ अङ्‌गुर बगानका खेतालाहरूको एउटा उदाहरण बताउनुहुन्छ:

“स्वर्गको राज्य अङ्‌गुर बगानको मालिकजस्तै हो, जो ज्यालादारी खेतालाहरू खोज्न बिहान सबेरै निस्क्यो। अनि उसले एक दिनको ज्याला एक दिनार दिने कबुल गरेर खेतालाहरूलाई अङ्‌गुर बगानमा पठायो। तेस्रो घडीतिर बाहिर जाँदा उसले केही खेतालाहरू काम नपाएर बजारमा त्यत्तिकै उभिरहेको देख्यो। अनि उसले तिनीहरूलाई भन्यो: ‘तिमीहरू पनि मेरो अङ्‌गुर बगानमा जाओ र म तिमीहरूलाई त्यसको उचित ज्याला दिऊँला।’ त्यसैले तिनीहरू गए। ऊ फेरि छैटौँ घडीतिर र नवौँ घडीतिर बाहिर गयो र त्यसै गऱ्‍यो। अन्तमा, ऊ एघारौँ घडीतिर फेरि गयो र केही खेतालाहरू उभिरहेका देख्यो र उसले तिनीहरूलाई सोध्यो: ‘तिमीहरू किन दिनभरि काम नगरेर त्यत्तिकै उभिरहेका छौ?’ तिनीहरूले उसलाई भने: ‘किनभने कसैले पनि हामीलाई काममा लगाएन।’ अनि उसले तिनीहरूलाई भन्यो: ‘त्यसोभए तिमीहरू पनि मेरो अङ्‌गुर बगानमा जाओ।’”—मत्ति २०:१-७.

“स्वर्गको राज्य” र “अङ्‌गुर बगानको मालिक” भन्‍ने अभिव्यक्‍ति सुन्दा येसुको श्रोताले यहोवा परमेश्‍वरलाई सम्झेको हुनुपर्छ। धर्मशास्त्रमा यहोवालाई अङ्‌गुर बगानको मालिकको रूपमा चित्रण गरिएको छ र अङ्‌गुर बगानले इस्राएल राष्ट्रलाई सङ्‌केत गर्छ। (भजन ८०:८, ९; यसैया ५:३, ४) व्यवस्थाको करारको अधीनमा भएकाहरूलाई बगानका खेतालाहरूसित तुलना गरिएको छ। तर येसुले यतिबेला विगतको कुरा बताइरहनुभएको होइन। उहाँ आफ्नो समयको एउटा अवस्थाबारे बताउँदै हुनुहुन्छ।

सम्बन्धविच्छेदको विषयमा भर्खरै येसुको परीक्षा लिन खोजेका फरिसीहरूजस्तै धर्मगुरुहरू पनि आफूहरूले परमेश्‍वरको सेवामा धेरै मेहनत गरिरहेका छौँ भन्ठान्छन्‌। तिनीहरू दिनभरि काम गर्ने खेतालाहरूजस्तै हुन्‌, जसले आफ्नो दिनभरिको ज्याला अर्थात्‌ एक दिनार पाउने आशा गर्छन्‌।

पुजारीहरू र अरू धर्मगुरुहरू सर्वसाधारण यहुदीहरूलाई अङ्‌गुर बगानमा केही घण्टा मात्र काम गर्ने खेतालाहरूको रूपमा हेर्छन्‌। तिनीहरूको विचारमा यी मानिसहरूले परमेश्‍वरको सेवामा थोरै मात्र गरिरहेका छन्‌। यिनीहरू येसुको उदाहरणका ती खेतालाहरूजस्ता छन्‌, जसलाई “तेस्रो घडीतिर” (बिहान नौ बजे) वा अझै ढिला, जस्तै छैटौँ घडीतिर, नवौँ घडीतिर अथवा सबैभन्दा अन्तमा एघारौँ घडीतिर (साँझ पाँच बजे) काममा लगाइन्छ।

येसुको पछि लागेका पुरुष र स्त्रीहरूलाई “श्रापित” मानिसहरूको रूपमा हेरिन्छ। (युहन्‍ना ७:४९) यिनीहरूले आफ्नो जीवनको धेरैजसो समय माछा मार्ने काम वा ज्यालादारी काम गरेर बिताएका छन्‌। इस्वी संवत्‌ २९ को शरद्‌ ऋतुमा “अङ्‌गुर बगानको मालिक”-ले यस्ता तुच्छ ठानिएका मानिसहरूलाई बोलाउन येसुलाई पठाउनुभयो। यिनीहरूले ख्रिष्टको चेलाको रूपमा परमेश्‍वरको लागि काम गर्नेथिए। येसुले उल्लेख गर्नुभएको “पछिल्ला”-हरू अर्थात्‌ अङ्‌गुर बगानमा एघारौँ घडीमा काममा लगाइएकाहरू यिनीहरू नै हुन्‌।

दिनको अन्तमा के हुन्छ भनेर बताउँदै येसु आफ्नो उदाहरण यसरी टुङ्‌ग्याउनुहुन्छ: “जब साँझ पऱ्‍यो, तब अङ्‌गुर बगानको मालिकले आफ्नो घरको रेखदेख गर्ने नाइकेलाई भन्यो: ‘खेतालाहरूलाई बोलाऊ अनि काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिला आउनेहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’ तब एघारौँ घडीमा काम सुरु गर्ने खेतालाहरू आए र तिनीहरू हरेकले एक दिनार पाए। सुरुमा काम थाल्नेहरू पनि आए। तिनीहरूले बढी ज्याला पाउँछौँ भन्ठानेका थिए तर तिनीहरूले पनि एक-एक दिनार नै पाए। एक दिनार मात्र पाएपछि तिनीहरूले अङ्‌गुर बगानको मालिकसित यसो भन्दै गुनासो गर्न थाले: ‘यी पछि आउनेहरूले एक घण्टा मात्र काम गरे। हामीले भने दिनभरि घाममा जोतिएर काम गऱ्‍यौँ तैपनि तपाईँले तिनीहरूलाई हामीसरह ज्याला दिनुभयो।’ अनि तिनीहरूमध्ये एक जनालाई मालिकले यस्तो जवाफ दियो: ‘हेर भाइ, मैले तिमीलाई केही अन्याय गरेको छैनँ। के तिमीले मसित एक दिनारमै काम गर्ने कबुल गरेका होइनौ? तिम्रो जे हो, लिएर जाऊ। पछि आउने यस खेतालोलाई पनि म तिमीलाई जति नै दिन चाहन्छु। मेरो सम्पत्ति म जेसुकै गरूँ, के त्यो मेरो अधिकार होइन? अथवा मैले भलाइ गरेको देखेर तिमीलाई डाह लाग्यो?’ यसरी पछिल्लाहरूचाहिँ पहिला अनि पहिलाहरूचाहिँ पछिल्ला हुनेछन्‌।”—मत्ति २०:८-१६.

येसुले उदाहरणको अन्तमा भन्‍नुभएको कुराको अर्थ के होला जस्तो चेलाहरूलाई लागेको हुनुपर्छ। आफूलाई “पहिला” ठान्‍ने यहुदी धर्मगुरुहरू कसरी “पछिल्ला” हुनेछन्‌? अनि येसुका चेलाहरू कसरी “पहिला” हुनेछन्‌?

फरिसीहरूलगायत अरूले “पछिल्ला” ठानेका येसुका चेलाहरू “पहिला” हुन लागेका छन्‌। तिनीहरूले पूरै ज्याला पाउनेछन्‌। येसुको मृत्युपछि इस्राएल राष्ट्र नाश हुनेछ र परमेश्‍वरले नयाँ राष्ट्र, “परमेश्‍वरको इस्राएल” स्थापना गर्नुहुनेछ। (गलाती ६:१६; मत्ति २३:३८) बप्तिस्मा गराउने युहन्‍नाले पवित्र शक्‍तिद्वारा बप्तिस्मा गराइनेबारे बताउँदा तिनीहरूलाई नै सङ्‌केत गर्दै थिए। “पछिल्ला” भएकाहरू यस्तो किसिमको बप्तिस्मा गर्ने पहिलो व्यक्‍तिहरू हुनेछन्‌ र तिनीहरूले “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” येसुको साक्षी दिने मौका पाउनेछन्‌। (प्रेषित १:५, ८; मत्ति ३:११) यो ठूलो परिवर्तनबारे चेलाहरूले जे-जति बुझे, त्यसबाट “पछिल्ला” हुने धर्मगुरुहरूले आफूहरूलाई भीषण खेदो गर्नेछन्‌ भनेर तिनीहरूलाई पूर्वाभास भएको हुनुपर्छ।

  • “अङ्‌गुर बगानको मालिक” यहोवा हुनुहुन्छ भन्‍नु किन तार्किक छ र “खेतालाहरू” को हुन्‌?

  • यो उदाहरणमा येसु कुन ठूलो परिवर्तनलाई सङ्‌केत गर्दै हुनुहुन्छ?

  • यो परिवर्तन कहिलेदेखि प्रस्ट देखिन थाल्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने