प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • od chap. १६ pp. १६२-१६८
  • एकताबद्ध सङ्‌गठन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकताबद्ध सङ्‌गठन
  • यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सोचाइमा परिवर्तन
  • हाम्रो अन्तरराष्ट्रिय एकतालाई बलियो बनाइराखौँ
  • एकअर्काको ख्याल राख्नुहोस्‌
  • यहोवाको इच्छा पूरा गर्न छुट्ट्याइएका
  • के तपाईं अरूलाई यहोवाले झैं हेर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • नयाँ संसारको पूर्वाधार अहिले बसालिंदैछ
    के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
  • साँचो मसीही एकता—कसरी?
    हाम्रो राज्य सेवकाई—२००३
  • “सबै भाइहरूलाई प्रेम गर”
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
od chap. १६ pp. १६२-१६८

अध्याय १६

एकताबद्ध सङ्‌गठन

लगभग १,५०० वर्षसम्म यहोवा परमेश्‍वरले इस्राएल राष्ट्रलाई आफ्नो नामको लागि छानिएका मानिसहरूको रूपमा स्विकार्नुभयो। त्यसपछि उहाँले “अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्‍न . . . तिनीहरूतर्फ ध्यान दिनुभयो।” (प्रेषि. १५:१४) यहोवाको नामको लागि छानिएका मानिसहरू उहाँका साक्षी हुने थिए र संसारको जुनसुकै कुनामा बसे तापनि तिनीहरूको सोचाइ र काम एउटै हुने थियो। येसुले दिनुभएको यो आज्ञा पालन गरेको खण्डमा यहोवाको नामको लागि छानिएका मानिसहरू एकतामा बाँधिने थिए: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गराओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।”—मत्ति २८:१९, २०.

अहिले तपाईँ ख्रिष्टियनहरूको विश्‍वव्यापी सङ्‌गठनको भाग हुनुहुन्छ। यस सङ्‌गठनमा भएकाहरू राष्ट्रिय, जातीय वा आर्थिक भिन्‍नताको कारण आपसमा फूट हुन दिँदैनन्‌

२ यहोवालाई आफ्नो जीवन समर्पण गरेर अनि बप्तिस्मा गरेर तपाईँ येसु ख्रिष्टको चेला बन्‍नुभएको छ। अहिले तपाईँ ख्रिष्टियनहरूको विश्‍वव्यापी सङ्‌गठनको भाग हुनुहुन्छ। यस सङ्‌गठनमा भएकाहरू राष्ट्रिय, जातीय वा आर्थिक भिन्‍नताको कारण आपसमा फूट हुन दिँदैनन्‌। (भज. १३३:१) त्यसैले तपाईँ मण्डलीका ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई माया अनि आदर गर्नुहुन्छ। तिनीहरूमध्ये कति जना त भिन्‍नै जात वा राष्ट्रका होलान्‌ अथवा तिनीहरूको शैक्षिक स्तर तपाईँको भन्दा फरक होला। यस्तै कारणहरूले गर्दा तपाईँ पहिले तिनीहरूसित सङ्‌गतै गर्नुहुन्‍नथ्यो होला। तर अहिले भने तपाईँहरूबीच एकता र भ्रातृप्रेम छ। यो प्रेमको बन्धन एउटै समाज, धर्म वा परिवारका सदस्यहरूबीच हुने सम्बन्धभन्दा धेरै बलियो छ।—मर्कु. १०:२९, ३०; कल. ३:१४; १ पत्रु. १:२२.

सोचाइमा परिवर्तन

३ कसै-कसैलाई जात, राष्ट्र, वर्ग, रूपरङ्‌ग, भाषा, धर्म वा यस्तै अन्य कुराको आधारमा भेदभाव गर्ने बानी हटाउन गाह्रो भइरहेको छ भने तिनीहरूले प्रथम शताब्दीका यहुदी ख्रिष्टियनहरूको उदाहरण सम्झिन सक्छन्‌। ती ख्रिष्टियनहरूले पनि अन्यजातिका मानिसहरूप्रति आफ्नो मनमा भएको पूर्वाग्रह हटाउनुपरेको थियो। यहोवाले पत्रुसलाई रोमी अफिसर कर्निलियसको घर जान निर्देशन दिनुहुँदा तिनीप्रति दयालु हुँदै तिनलाई त्यो जिम्मेवारी पूरा गर्न तयार पार्नुभयो।—प्रेषि., अध्या. १०.

४ यहोवाले पत्रुसलाई एउटा दर्शन देखाउनुभयो। त्यस दर्शनमा पत्रुसलाई व्यवस्थाअनुसार अशुद्ध मानिने जनावरहरू मारेर त्यसको मासु खान भनियो। पत्रुसले आपत्ति जनाउँदा स्वर्गबाट यस्तो आवाज आयो: “परमेश्‍वरले शुद्ध पार्नुभएको कुरालाई अपवित्र भन्‍न छोड।” (प्रेषि. १०:१५) स्वयम्‌ परमेश्‍वरले नै पत्रुसलाई यसरी दर्शन देखाउनुभएपछि मात्र तिनले आफ्नो सोचाइ परिवर्तन गरे अनि अन्यजातिको मानिसकहाँ जान तयार भए। यहोवाको निर्देशनअनुसार कर्निलियसको घर गएपछि त्यहाँ भेला भएका मानिसहरूलाई पत्रुसले यसो भने: “यहुदी भईकन अर्को जातिको मानिससित सङ्‌गत गर्नु वा भेट्‌नु कत्तिको अनुचित कुरा हो भनेर तपाईँहरूलाई राम्ररी थाहै छ। तैपनि कुनै मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्‍नु हुँदैन भनेर परमेश्‍वरले मलाई प्रकट गर्नुभएको छ। त्यसैले मलाई यहाँ बोलाइँदा म कुनै नाइँनास्ति नगरी आएँ।” (प्रेषि. १०:२८, २९) त्यसपछि यहोवाले कर्निलियस र तिनको घरानालाई स्विकार्नुभएको पत्रुसले आफ्नै आँखाले देखे।

५ टार्ससका सावल जो उच्च शिक्षा हासिल गरेका एक फरिसी थिए, तिनले पनि आफूलाई नम्र बनाउनुपरेको थियो। तिनी जोसित पहिला सङ्‌गतै गर्न चाहँदैनथे, तिनीहरूसितै सङ्‌गत गर्नुपऱ्‍यो। अनि तिनीहरूले दिएको निर्देशनसमेत स्विकार्नुपऱ्‍यो। (प्रेषि. ४:१३; गला. १:१३-२०; फिलि. ३:४-११) सर्गियस पौलस, डियनुसियस, डामारिस, फिलेमोन, ओनेसिमस अनि सुसमाचार स्विकारेर येसुको चेला बन्‍ने अरू थुप्रैले आफ्नो सोचाइमा कस्तो परिवर्तन गर्नुपऱ्‍यो होला, हामी कल्पना मात्र गर्न सक्छौँ।—प्रेषि. १३:६-१२; १७:२२, ३३, ३४; फिले. ८-२०.

हाम्रो अन्तरराष्ट्रिय एकतालाई बलियो बनाइराखौँ

६ तपाईँ यहोवा अनि उहाँको सङ्‌गठनतर्फ आकर्षित हुनुको एउटा कारण पक्कै पनि मण्डलीका दाजुभाइ दिदीबहिनीबीचको प्रेम हो। तपाईँले यस्तो प्रेम येसुका साँचो चेलाहरूको चिनारी हो भनेर आफैले महसुस गर्नुभयो, जसबारे येसुले यसो भन्‍नुभएको थियो: “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (युह. १३:३४, ३५) तपाईँले मण्डलीका दाजुभाइ दिदीबहिनीबीच देखेको माया यहोवाका मानिसहरूबीच रहेको अन्तरराष्ट्रिय भाइचाराको एक छेउ मात्र रहेछ भनेर महसुस गर्नुभयो। यसले गर्दा तपाईँले यहोवा र उहाँको सङ्‌गठनलाई झनै कदर गर्न थाल्नुभयो। शान्ति र एकतामा यहोवाको उपासना गर्ने मानिसहरूलाई अन्तको दिनमा जम्मा गरिनेछ भनेर बाइबलमा गरिएको भविष्यवाणी पूरा भएको तपाईँले महसुस गर्दै हुनुहुन्छ।—मिका ४:१-५.

७ आज संसार विभिन्‍न कारणले विभाजित भएको छ। तर यस्तो संसारमा पनि “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” मानिसहरू मिलेर बस्न सक्नु के अचम्मको कुरा होइन र? (प्रका. ७:९) नयाँ-नयाँ प्रविधि चलाउने समाजमा बस्ने मानिसहरू र पुरानो चलनअनुसार जीवन बिताउने मानिसहरूबीच कति ठूलो भिन्‍नता छ, विचार गर्नुहोस्‌ त। एउटै जात अनि एउटै देशका मानिसहरूसमेत धर्मको नाममा काटमार गरिरहेका छन्‌। एकातिर मानिसहरूमा देशभक्‍तिको भाव बढ्‌दै छ भने अर्कोतिर तिनीहरू राजनैतिक तवरमा झन्‌झनै विभाजित हुँदै छन्‌। साथै धनी र गरिबबीचको खाडल झन्‌ गहिरो हुँदै छ। यी सबै कुरा विचार गर्ने हो भने सबै जाति, वर्ग, कुल र भाषाका मानिसहरू एउटै समाजमा मिलेर बस्न सक्नु साँच्चै चमत्कार हो। सर्वशक्‍तिमान्‌ परमेश्‍वरले बाहेक अरू कसले मानिसहरूलाई यसरी प्रेम अनि शान्तिको अटुट बन्धनमा बाँध्न सक्ला र?—जक. ४:६.

८ तर यस्तो चमत्कार तपाईँ आफै अनुभव गर्न सक्नुहुन्छ। यहोवाको एक जना समर्पित सेवक भएपछि तपाईँ यो एकताबद्ध समाजको भाग हुनुभयो। तपाईँ अहिले यस्तो एकताबाट लाभ उठाउँदै हुनुहुन्छ। तर यो एकतालाई कायम राख्ने जिम्मेवारी तपाईँको पनि हो। प्रेषित पावलले गलाती ६:१० मा दिएको यो सल्लाह पालन गर्दै तपाईँ त्यो जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ: “मौका छँदै हामी सबैको भलाइ गरौँ, अझ विशेषगरि एउटै विश्‍वास हुने हाम्रा भाइबहिनीको।” साथै हामीले यो सल्लाह पनि पालन गर्नुपर्छ: “वैमनस्यता वा फोस्रो घमन्डले केही नगर तर नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान, तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।” (फिलि. २:३, ४) यहोवा मानिसको बाहिरी रूपरङ्‌ग हेर्नुहुन्‍न। हामीले पनि ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई उहाँको नजरले हेर्न सिक्यौँ भने उनीहरूसितको शान्तिमय र आनन्दित सम्बन्ध कायम राखिराख्न सक्छौँ।—एफि. ४:२३, २४.

एकअर्काको ख्याल राख्नुहोस्‌

९ मण्डलीका दाजुभाइ दिदीबहिनीबीच फूट होइन बरु एकता छ किनभने तिनीहरू एकअर्काको ख्याल राख्छन्‌। प्रेषित पावलले एउटा राम्रो उदाहरण दिएर यो कुरा बुझाए। (१ कोरि. १२:१४-२६) हाम्रा केही दाजुभाइ दिदीबहिनी हामीबाट धेरै टाढा छन्‌ होला। तैपनि हामी उनीहरूको ख्याल राख्छौँ। उनीहरू खेदोको सिकार हुँदा हामी सबैलाई दुःख लाग्छ। भौतिक कुराहरूको अभाव, प्रकोप वा युद्धको कारण उनीहरूले दुःख पाउँदा हामी तुरुन्तै उनीहरूलाई आध्यात्मिक अनि भौतिक तवरमा मदत गर्न अग्रसर हुन्छौँ।—२ कोरि. १:८-११.

१० हामीले हरेक दिन हाम्रा दाजुभाइ दिदीबहिनीको लागि प्रार्थना गर्नुपर्छ। तिनीहरूमध्ये कोही-कोही गलत काम गर्ने प्रलोभनसित लडिरहेका छन्‌ होला। हाम्रा दाजुभाइ दिदीबहिनीले भोगिरहेको कुनै-कुनै परीक्षाबारे हामीलाई थाह नहुन सक्छ। अरू कतिपयले भने काम गर्ने ठाउँका साथीहरू अथवा बेग्लै धर्म मान्‍ने परिवारका सदस्यहरूबाट विरोध भोगिरहेका होलान्‌। (मत्ति १०:३५, ३६; १ थिस्स. २:१४) हामी त्यस्ता दाजुभाइ दिदीबहिनीको चिन्ता गर्छौँ किनभने हामी सबै जना एउटै विश्‍वव्यापी सङ्‌गठनको भाग हौँ। (१ पत्रु. ५:९) साथै हाम्रा केही दाजुभाइले यहोवाको सेवामा कडा परिश्रम गरिरहेका छन्‌। तिनीहरूले प्रचारकार्य अनि मण्डलीमा अगुवाइ लिइरहेका छन्‌। कसै-कसैले भने संसारभरि भइरहेको आध्यात्मिक गतिविधिको निरीक्षण गरिरहेका छन्‌। हामीले यी भाइहरूको लागि प्रार्थना गर्नुपर्छ। हामी उनीहरूलाई प्रत्यक्ष रूपमा मदत गर्न सक्दैनौँ होला। तर उनीहरूको लागि प्रार्थना गरेर उनीहरूलाई साँच्चै माया गर्छौँ र उनीहरूको ख्याल राख्छौँ भनेर देखाउन सक्छौँ।—एफि. १:१६; १ थिस्स. १:२, ३; ५:२५.

११ यस अन्तको दिनमा यहोवाका साक्षीहरू एकअर्कालाई मदत गर्न सधैँ तयार रहनुपर्छ। कहिलेकाहीँ भूकम्प र बाढीजस्ता प्राकृतिक प्रकोपहरू आइपर्दा ठूलो राहतकार्यको खाँचो पर्न सक्छ र ठूलो परिमाणमा राहत सामग्री सङ्‌कलन गर्नुपर्ने हुन सक्छ। यस सन्दर्भमा प्रथम शताब्दीका ख्रिष्टियनहरूले राम्रो उदाहरण बसाले। येसुको सल्लाह सम्झँदै एन्टिओकका चेलाहरूले यहुदियाका ख्रिष्टियनहरूलाई खुसीसाथ राहत सामग्री पठाए। (प्रेषि. ११:२७-३०; २०:३५) पछि प्रेषित पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई व्यवस्थित ढङ्‌गमा भइरहेको राहतकार्यलाई सघाउन प्रोत्साहन दिए। (२ कोरि. ९:१-१५) आज पनि हाम्रा दाजुभाइ दिदीबहिनी विभिन्‍न कारणले गर्दा खाँचोमा पर्न सक्छन्‌। यस्तो अवस्थामा उनीहरूलाई तुरुन्तै मदत गर्न ख्रिष्टियनहरू सङ्‌गठनात्मक र व्यक्‍तिगत तवरमा आफै अग्रसर हुन्छन्‌ र आवश्‍यक राहत सामग्री उपलब्ध गराउँछन्‌।

यहोवाको इच्छा पूरा गर्न छुट्ट्याइएका

१२ संसारभरि रहेका यहोवाका साक्षीहरू उहाँको इच्छा पूरा गर्न सङ्‌गठित छन्‌। आज उहाँ हामीले सबै जातिका मानिसलाई साक्षी दिनका लागि राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार गरेको चाहनुहुन्छ। (मत्ति २४:१४) प्रचारकार्यमा भाग लिँदा हामी उहाँको उच्च नैतिक स्तरअनुसार चलेको उहाँ चाहनुहुन्छ। (१ पत्रु. १:१४-१६) हामी एकअर्काको अधीनमा बस्न अनि सुसमाचार फैलाउने काममा भाग लिन इच्छुक हुनुपर्छ। (एफि. ५:२१) हामीले आफ्नो रुचिका कुराहरूलाई नभई परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिनुपर्छ। यसो गर्नु पहिलेभन्दा झनै जरुरी भएको छ। (मत्ति ६:३३) यो कुरा मनमा राख्दै एकताबद्ध भई सुसमाचार प्रचार गऱ्‍यौँ भने अहिले सन्तुष्ट र खुसी हुनेछौँ अनि भविष्यमा चिरकालीन आशिष्‌हरू पाउनेछौँ।

१३ हामी यहोवाका साक्षीहरू अरूभन्दा फरक छौँ। जोसिलो भई परमेश्‍वरको सेवा गर्ने स्वच्छ मानिसहरूको रूपमा हामीलाई अरू मानिसहरूबाट अलग्गै छुट्ट्याइएको छ। (ति. २:१४) हामी यहोवाको उपासना गर्छौँ, त्यसैले अरूभन्दा फरक छौँ। पृथ्वीको चारै कुनामा छरिएर बसेका हाम्रा दाजुभाइ दिदीबहिनीसित काँधमा काँध मिलाएर काम गर्छौँ। त्यति मात्र होइन, हामी सबै जना सत्यको एउटै भाषा बोल्छौँ अनि आफूले बोल्ने सत्यअनुसार जीवन बिताउँछौँ। यसबारे यहोवाले भविष्यवक्‍ता सपन्याहमार्फत यसरी भविष्यवाणी गर्नुभएको थियो: “तब विभिन्‍न भाषा बोल्ने जातिजातिका मानिसहरूलाई म एउटा शुद्ध भाषा सिकाउनेछु, तिनीहरू सबैले यहोवाको नाम पुकार्नेछन्‌ अनि काँधमा काँध मिलाएर उहाँको सेवा गर्नेछन्‌।”—सप. ३:९.

१४ त्यसपछि यहोवाले सपन्याहलाई आज हामीमाझ भएको विश्‍वव्यापी भाइचाराको सन्दर्भमा यस्तो भविष्यवाणी गर्न लगाउनुभयो: “इस्राएलका बाँकी रहेकाहरूले खराब काम गर्न छोड्‌नेछन्‌; तिनीहरूले झूट बोल्नेछैनन्‌ अनि तिनीहरूको जिब्रोले छली कुरा गर्नेछैन। तिनीहरूले खानेछन्‌ र आराम गर्नेछन्‌ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।” (सप. ३:१३) यहोवाका साक्षीहरूले बाइबलको सही ज्ञान हासिल गरेका छन्‌, आफ्नो मन परिवर्तन गरेका छन्‌ अनि यहोवाको स्तरअनुसार जीवन बिताइरहेका छन्‌। त्यसैले तिनीहरूले एकताबद्ध भई काम गर्न सकेका छन्‌। तिनीहरूले मानिसको नजरमा असम्भव देखिने कामहरू गरेका छन्‌। साँच्चै, परमेश्‍वरका जनहरू अरूभन्दा फरक छन्‌। तिनीहरूले सारा पृथ्वीभरि उहाँको नामको महिमा गरिरहेका छन्‌।—मिका २:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने