प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ypq प्रश्‍न २ पृ. ६-८
  • आफ्नो रूपरङ्‌गबारे मलाई किन चिन्ता लाग्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो रूपरङ्‌गबारे मलाई किन चिन्ता लाग्छ?
  • युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरो वजनप्रतिको चिन्ताबाट कसरी मुक्‍तहुनसक्छु?
    ब्यूँझनुहोस्‌!—१९९९
  • मलाई आफ्नो वजनको किन अचाक्ली चिन्ता लाग्या होला?
    ब्यूँझनुहोस्‌!—१९९९
  • म किन यस्तो दुब्लो?
    ब्यूँझनुहोस्‌!—२०००
  • म कसरी आफ्नो तौल घटाउन सक्छु?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
युवाहरूको १० प्रश्‍नका जवाफहरू
ypq प्रश्‍न २ पृ. ६-८
एक युवती फ्यासन म्यागजिन हेर्दै

प्रश्‍न २

आफ्नो रूपरङ्‌गबारे मलाई किन चिन्ता लाग्छ?

यसबारे किन चासो राख्नुपर्छ?

ऐनामा देख्ने आफ्नो बाहिरी रूपभन्दा अझ महत्त्वपूर्ण कुरा पनि छ।

तपाईं के गर्नुहुन्छ?

कल्पना गर्नुहोस्‌: जीना ऐना अगाडि उभिरहेकी छिन्‌। आफू असाध्यै मोटो छु जस्तो उनलाई लाग्छ। त्यसैले उनी वजन घटाउने विचार गर्छिन्‌। तर उनको आमाबाबु र साथीहरूले भने उनी “बाँस”-जस्तै दुब्ली छिन्‌ भन्छन्‌।

उनी “जम्मा २-३ किलो” घटाउनको लागि केही दिन भोकै बस्ने विचार गर्छिन्‌।

तपाईं जीनाजस्तै महसुस गर्दै हुनुहुन्छ भने के गर्नुहुन्छ?

एकछिन सोच्नुहोस्‌!

एक युवती ऐनामा आफ्नो प्रतिबिम्ब हेर्दा आफूलाई ज्यादै मोटो देख्छिन्‌

कुनै-कुनै ऐनामा आफ्नो प्रतिविम्ब बाङ्‌गोटिङ्‌गो देखिएजस्तै आफ्नो बारेमा तपाईंको सोच सही नहुन सक्छ

आफ्नो बाहिरी रूपबारे चासो राख्नु स्वाभाविकै हो। बाइबलमा सारा, राहेल, यूसुफ, दाऊद र अबीगेलजस्ता थुप्रै पुरुष र स्त्रीको सुन्दरताको बयान गरिएको छ। अबीशग नाम गरेकी एक स्त्री “अत्यन्त सुन्दरी” थिइन्‌ भनी बाइबलमा बताइएको छ।—१ राजा १:४.

थुप्रै युवा आफ्नो रूपरङ्‌गको विषयमा अचाक्ली चिन्ता गर्छन्‌। यसले गम्भीर समस्याहरू निम्त्याउन सक्छ। केही कुराहरू विचार गरौं।

  • एउटा अध्ययनले पत्ता लगाएअनुसार ५८ प्रतिशत केटीहरूले आफ्नो वजन धेरै भएको महसुस गरे तर वास्तवमा तीमध्ये १७ प्रतिशत केटीहरूको मात्रै वजन धेरै थियो।

  • अर्को एउटा अध्ययनले पत्ता लगाएअनुसार वजन कम भएका ४५ प्रतिशत महिलाहरूले आफू धेरै मोटो छु भन्ठाने।

  • वजन कम गर्ने धुनमा केही युवाहरू एनोरेक्सीयाको सिकार भएका छन्‌। एनोरेक्सीया भन्‍ने रोग वजन घटाउनको लागि भोकै बसेर जीवन खतरामा पार्ने हदसम्म पुऱ्‍याउने मानसिक रोग हो।

यदि तपाईंमा एनोरेक्सीयाका लक्षणहरू देखा परेमा मदत लिनुहोस्‌। मदतको लागि आफ्नो आमाबाबु वा भरोसायोग्य कुनै वयस्क व्यक्‍तिसित कुरा गर्नुहोस्‌। बाइबल भन्छ: “मित्र सब समय एक प्रेमी साथी हुन्छ, औ दाजुभाइचाहिं दु:खमा सहभागी हुनलाई जन्मेको हुन्छ।”—हितोपदेश १७:१७.

सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

मानिसलाई उसको बाहिरी रूपले नभई उसको व्यक्‍तित्वले आकर्षक बनाउँछ। राजा दाऊदका छोरा अब्शालोमलाई विचार गरौं। बाइबल बताउँछ:

“सुन्दरतामा सारा इस्राएलमा अब्शालोम जत्तिकै प्रशंसाको योग्य कोही थिएन।. .  तिनमा कुनै खोट थिएन।”—२ शमूएल १४:२५.

तर अब्शालोम निकै घमन्डी, महत्त्वाकाङ्‌क्षी र छली थिए। बाइबलले तिनलाई धोकेबाज र हत्यारा भनेर चिनाएको छ।

बाइबलले हाम्रै फाइदाको लागि यो सल्लाह दिएको छ:

“नयाँ व्यक्‍तित्व धारण गर।”—कलस्सी ३:१०.

“तिमीहरूको सिंगार बाहिरी सिंगार नहोस्‌ . . . बरु तिमीहरूको सिंगार मनको सिंगार होस्‌।”—१ पत्रुस ३:३, ४.

सुन्दर देखिन चाहनुमा कुनै खराबी छैन तर रूपरङ्‌गभन्दा तपाईंको व्यक्‍तित्व कता हो कता महत्त्वपूर्ण छ। बलियो शरीर वा चिटिक्क परेको जीउडालले भन्दा तपाईंको असल गुणहरूले गर्दा अरू तपाईंप्रति आकर्षित हुन्छन्‌। श्रेया नाम गरेकी केटी भन्छिन्‌, “हुन त सुन्दरताले छिट्टै अरूको ध्यान खिच्छ। तर मानिसहरूले याद गर्ने मुख्य कुरा तपाईंको व्यक्‍तित्व र असल गुणहरू हुन्‌।”

म कस्तो छु?

तपाईं आफ्नो रूपरङ्‌ग देखेर अक्सर निराश हुनुहुन्छ?

तपाईंले कहिल्यै प्लास्टिक सर्जरी गर्ने वा कडा डाइटिंग गर्ने विचार गर्नुभएको छ?

तपाईं आफ्नो रूपरङ्‌गमा के-के बदल्न चाहनुहुन्छ? (छान्‍नुहोस्‌।)

  • उचाइ

  • वजन

  • कपाल

  • शरीरको आकार

  • अनुहार

  • रङ्‌ग

यदि तपाईंले पहिलो र दोस्रो प्रश्‍नको जवाफ छु भनेर दिनुभयो अनि तेस्रो प्रश्‍नको जवाफमा तीन वा सोभन्दा बढी छान्‍नुभयो भने यो कुरा विचार गर्नुहोस्‌: तपाईं आफूप्रति नकारात्मक दृष्टिकोण राख्दै हुनुहुन्छ तर अरूले भने तपाईंबारे त्यस्तो दृष्टिकोण नराख्न पनि सक्छन्‌। आफ्नो रूपरङ्‌गबारे अचाक्ली चिन्ता गऱ्‍यौं भने आफैलाई हानि पुऱ्‍याउने हदसम्म पुग्न केही बेर लाग्दैन।—१ शमूएल १६:७.

योजना बनाऔं!

  • स्वस्थ रहन म के-के गर्न सक्छु?

  • के-कस्ता व्यायामहरू गर्न सक्छु?

  • मेरो साथीले वजन घटाउन कडा डाइटिंङ्‌ गर्ने कुरा बताइन्‌ भने म उसलाई के भन्छु?

थप कुराहरू हेर्नुहोस्‌!

तपाईंका साथीहरू के भन्छन्‌—⁠शारीरिक बनौट

www.jw.org मा तपाईंका साथीहरू के भन्छन्‌—शारीरिक बनौट भन्‍ने अङ्‌ग्रेजी भिडियो हेर्नुहोस्‌। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने